लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-०८-११
- A
- A-
- A+
१.
पर्सा, मिति २०८०।०८।१० गते
अं.१८:०० बजेको समयमा जिल्ला पर्सा बिरगंज म.न.पा.२१ परवानीपुर चोक स्थित प्रहरी चौकी
परवानीपुर पर्साबाट प्र.ब.ना.नि.को कमाण्डमा खटिएको टोलिले चेकजाँच गर्ने क्रममा
यात्रु बाहक म्याजिकमा सवार जिल्ला सुनसरी बनचल चोक न.पा.८ बस्ने पुरुषोतम
कार्कीको छोरी अ.बर्ष २४ की ईशा कार्कीको साथबाट लागु औषध ब्राउन सुगर जस्तो
देखिने १ पुरिया (१ ग्राम), एसपात १० पिस,
प्रेगलिन १० पिस लागु औषध फेला परेकोले निजको साथीसंगै रहेको जिल्ला मकवानपुर हेटौंडा
उ.म.न.पा.१५ बस्ने सानु कन्छाको छोरा अ. बर्ष २७ को सुमन रुम्बा समेतलाई
नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी जि.प्र.का.पर्सामा पठाईएको ।
२.
धनुषा, मिति २०८९०/०८/१० गते
अं. १५:४५ बजेको समयमा जिल्ला धनुषा
मिथिला बिहारी न.पा.६ सिर्सिया स्थित भित्री सडकखण्डमा ईलाका प्रहरी
कार्यालय तारापट्टी धनुषाबाट प्र.ना.नि.को कमाण्डमा खटिएको गस्ति टोलीले पूर्वबाट
पश्चिम तर्फ जाँदै गरेको ज.९प.६१७८ नं.को मो.सा.लाई रोकी चेकजाँच गर्दा मो.सा.
चालक जिल्ला धनुषा लक्ष्मिनिया गा.पा. ५ बनिनिया बस्ने बौकी यादवको छोरा अं.वर्ष
३० को हरीराम यादवको ज्याकेटबाट NITROVET-10 ३१ पिस, Bluespas plus -१५ पिस र Exiplon -100
ml १.५ पिस लागु औषध फेला
परेको हुँदा लागु औषध सहित निजलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय तारापट्टी
धनुषामा ल्याई राखिएको ।