फरार प्रतिवादी नियन्त्रणमा
२०८०-०८-२२
- A
- A-
- A+
१. रौतहट,
मिति २०८०/०८/२० गते अं. १५:०० बजेको समयमा जिल्ला रौतहट देवाहिगोनाहि न.पा.५
बस्ने कर्तव्य ज्यान मुद्दाको (चालु मुद्दा)
फरार प्रतिवादीहरु जि.रौतहट देवाहिगोनाहि न.पा.५ बस्ने अं. वर्ष ३६ को
राजेश तिवारी, ऐ. ऐ. बस्ने अं. वर्ष ३४ को रमेश तिवारी, ऐ. ऐ. बस्ने अं.वर्ष २८ को
रन्जित तिवारी र ऐ. ऐ. बस्ने अं. वर्ष ५९ को सुरेश तिवारी गरुडा बजार एरियामा
घुमफिर गरिरहेको छ भन्ने खबर ईलाका प्रहरी कार्यालय गरुडा रौतहटमा प्राप्त हुनासाथ
ईलाका प्रहरी कार्यालय गरुडाबाट प्र.नि.को कमाण्डमा टोलि खटि गई नियन्त्रणमा लिई
ई.प्र.का. गरुडा रौतहटमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।