इलेक्ट्रिक सिगरेट (भेप्स) सहित मानिस नियन्त्रणमा
२०८३-०१-०३
- A
- A-
- A+
१. सर्लाही,
मलंगवा नगरपालिका-३ डुमरिया टोलबाट अवैध भन्सार छली गरी राखेको अन्दाजि मुल्य रु.
३३,००,०००/- (तेंतिस लाख रुपैयाँ) बराबरको इलेक्ट्रिक सिगरेट (भेप्स) सहित १
जनालाई सोमबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सर्लाही
मलंगवा नगरपालिका-३ बस्ने मोहमद फकिरा सेखको छोरा अन्दाजि बर्ष २० को मोहमद सबिर
सेख रहेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी चेकिङ्ग टोलिले
उक्त पदार्थ सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।