लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-०८-२२
- A
- A-
- A+
१. पर्सा,
मिति २०८०।०८।२१ गते अं. २०:३० बजेको समयमा जिल्ला पर्सा बि.म.न.पा १६ रजतजयन्ती
चोक स्थितमा प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको चेकिङ टोली र लागु औषध नियन्त्रण
ब्युरो पर्साबाट खटिएको संयुक्त टोलीले चेक जाँच गर्ने क्रममा भारतबाट बिरगंज तर्फ
आउँदै गरेको पैदल यात्री जिल्ला बारा करैया गा.पा. वडा नं ८ औनिया बस्ने बर्ष २१
को अनज चौधरीलाई चेक जाँच गर्दा निजको साथबाट ३५ पिस नाईट्राभेट बरामद भएकोमा ला.औ.
सहित निजलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी व.प्र.का बिर्तामा बुझाएको ।
२. सर्लाही,
मिति २०८०।०८।२१ गते अं. १९:३० बजेको समयमा जिल्ला
सर्लाही हरिपुर न.पा.२ स्थित ईलाका प्रहरी कार्यालय हरिपुर सर्लाहीबाट प्र.नि.को
कमाण्डमा ५ जनाको टोली खटि गई चेकजाँच गर्ने क्रममा ऐ. वडा नं. ६ बस्ने वर्ष ३३ को
जाकिर मंसुरलाई चेकजाँच गर्दा निजको साथबाट ला.औ. गाँजा २०० ग्राम सहित फेला
परेकोले सोधपुछ गर्दा उक्त ला.औ. गाँजा ऐ. हरिपुर न.पा. ८ बस्ने अं. वर्ष ५८ को
जुगेश्वर दास कथबनियाबाट खरिद गरी ल्याएको भनि बताएकोले निजलाई साथमा लिई जुगेश्वर
दास कथबनियालाई खो.त.गर्दै जाने क्रममा निजकै घरबाटै फेला पारी निजको घर नजिकै
रहेको परालको कुन्यु खानतलासी गर्दा कुन्युमा लुकाई छिपाई राखेको ४ किलो ५०० ग्राम
ला.औ. गाँजा सहित दुवै जनालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय सर्लाहीमा
ल्याई थप अनुसन्धान कार्य भईरहेको ।
३. सर्लाही,
मिति २०८०।०८।२१ गते अं. २०:०० बजेको समयमा जिल्ला सर्लाही
मलंगवा न.पा. ८ स्थित ऐ. ऐ. बस्ने अं. वर्ष ४४ को दुलार राय र ऐ. ३ बस्ने अं. वर्ष
३८ को चन्दन पासवान दुवै जना मिलि पालैपालो टाउकोमा बोकी भारतबाट नेपाल तर्फ आउँदै
गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्र.नि.को कमाण्डमा खटिएको
टोलीले शंका लागि चेकजाँच गर्दा प्लाष्टिकको बोरा भित्र ला.औ. Wincerex-१२० बोतल फेला पारी ला.औ. सहित दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान
कार्य भईरहेको ।
४. सप्तरी,
मिति २०८०/०८/२० गते अं. १९:३० बजेको समयमा जिल्ला
सप्तरी सुरुङ्गा न.पा. वडा नं ६ कडरबोना चोक स्थित पुर्व पश्चिम लोकमार्ग सडक छेउमा
मोटरसाईकल सहित मानिस लडिरहेको सूचना प्राप्त हुनासाथ ई.प्र.का. कडरबोना सप्तरीबाट
प्र.स.ह. को कमाण्डमा खटिगएको प्रहरी टोलीले उक्त स्थानमा गई चेकजाँच गर्दा जिल्ला
उदयपुर त्रियुगा न.पा. वडा नं ६ जलजले बस्ने मो. काशिमको छोरा वर्ष अं. २५ को मो. कादिर
प्र-१-०५-००१प ३८२७ नम्बरको मोटरसाइकलबाट लडी घाईते अवस्थामा फेला परेकोले निजलाई
तत्काल उपचारको लागि जिनिस अस्पताल कुशाहा सप्तरीमा पठाई प्रहरीको निग्रानीमा उपचार
गराई मिति २०८०/०८/२१ गते अं. १०:३० बजेको समयमा ई.प्र.का.
कडरबोनामा ल्याई निजलाई सोधपुछ गर्दा निजले सो समयमा नसालु पदार्थको सेवन गरि
मो.सा. चलाई जाँदै गरेको अवस्थामा आफै अनियन्त्रित भई लडेको भनि बताएको हुँदा
निजको शरीरको तलासी लिंदा निजले लगाएको पाईन्टको अगाडीको दाहिने गोजीबाट Diazepam
2 ml, Abuprenorphine injection 2 ml र phenergan 25 ml समेत २/२ पिस गरि जम्मा ६ पिस लागु औषध फेला परेको हुँदा निजलाई
मो.सा.सहित पक्राउ गरि थप अनुसन्धान कार्य भईरहेको ।