लागु औषध सहित मानिस पक्राउ
२०८०-०८-२६
- A
- A-
- A+
सिरहा, मिति २०८०।०८।२५
गते अं. १५:४० बजेको समयमा जिल्ला सिरहा औरही गा.पा.१ दरैया स्थितमा ई.प्र.का.
बरियारपट्टी सिरहाबाट प्र.ना.नि. को कमाण्डमा खटिएको गस्ती टोलिले भारतबाट नेपाल
तर्फ आउँदै गरेको को. १८ प. २१३१ नं. को मो.सा.लाई रोकी चेक जाँच गर्दा मो.सा.
चालक जिल्ला सिरहा बिष्णुपुर गा.पा. २ बस्ने गंगा प्रसाद यादवको छोरा अं. वर्ष ४६
को बसन्त कुमार यादवको साथबाट लागु औषध (Codiwell 100 ml Syrup) ८ बोतल फेला पारी मो.सा. सहित निजलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको
लागी जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाईएको ।