प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस नियन्त्रणमा

२०८०-०८-२७

  • A
  • A-
  • A+
Share


१.      पर्सा, मिति २०८०।०८।२६ गते अं. १३:४५ बजेको समयमा जिल्ला पर्सा बिरगंज म.न.पा. १६ बसपार्क फुलबारी टोल स्थितमा ला.औ. गाँजा बेचिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट प्र.नि.को कमाण्डको टोलि खटिगई ऐ.ऐ. बस्ने शेख अहमद मियाँको छोरा वर्ष २३ को शेख सदामलाई सोही स्थानबाट ६.५ किलो गाँजा सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

सर्लाही, मिति २०८०।०८।२६ गते अं. १६:२० बजेको समयमा जिल्ला सर्लाही कबिलासी न.पा. ८ कार्यालय अगाडी जि.प्र.का. सर्लाहीबाट खटिएको टोली र प्र.चौ. कबिलासी सर्लाहीबाट प्र.स.नि. को कमाण्डमा खटिएको संयुक्त टोलिले चेक जाँच गर्ने क्रममा मलंगवाबाट  हरिपुर तर्फ आउँदै गरेको ना. १९ प. १३४५ नं.को मो.सा.ले ना.३६प. २७२८ नं.को मो.सा.लाई टुचन गरी ल्याउँदै गरेको अवस्थामा शंका लागी चेकजाँच गर्दा ना.१९प. १३४५ नं.को मो.सा.को फिल्टर भित्र लुकाई छिपाई राखेको ला.औ. Wincerex-१०० ml को सिरप १५ बोतल फेला परेकोले मो.सा. चालक जिल्ला सर्लाही बागमती न.पा.१ मिलनचोक बस्ने अं. वर्ष ३७ को सन्त बहादुर मोक्तान, टुचन गरी ल्याएको ना.३६प. २७२८ नं. मो.सा., मो.सा. चालक जिल्ला सर्लाही बागमती न.पा.११ बस्ने वर्ष ४२ को विष्णु बहादुर लोपचन र सोही मो.सा. पछाडी सवार ऐ.ऐ. बस्ने वर्ष ३३को प्रवेश महत्त समेतलाई नियन्त्रणमा लिई  जि.प्र.का. सर्लाही तर्फ पठाइ थप अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार
फरार प्रतिवादी पक्राउ
२०८१-०२-१७

१.      सिरहा, लेनदेन विगो मुद्दामा १ महिना कैद तोकिएको फरार प्रतिवादी जिल्ला सिरहा सुखिपुर नगरपालिका ३ चरारी बस्ने सुखिया यादबको श्रीमती अं.बर्ष ५५ की दलानवती यादबलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । इ.प्र.का. सुखिपुरबाट खटिएको प्रहरी टोलीले निजलाई पक्राउ गरी सम्मानित सिरहा जिल्ला अदालतमा बुझाएको छ । २.      सप्तरी, लागु औषध मुद्दामा १ महिना २७ दिन कैद सजाय भएको जिल्ला सप्तरी सप्तकोशी नगरपालिका १ बस्ने बर्ष २४ को हरि श्रेष्ठ र कर्तब्य ज्यान मुद्दामा १० बर्ष कैद सजाय भएको सप्तकोशी नगरपालिका ३ बस्ने बर्ष ४५ को बलराम मुसहरलाई बुधवार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी फत्तेपुरबाट खटिएको प्रहरी टोलीले दुवैजनालाई निजहरुको घर वतनबाटै पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  ३.      बारा, भ्रष्टाचार मुद्दामा ३ महिना कैद र रु. ४०,०००/- जरिवाना भएको फरार प्रतिबादी जिल्ला बारा निजगढ नगरपालिका ४ बस्ने बर्ष ४७ को  लालबाबु प्रसाद साहलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको प्रहरी टोलीले निजलाई आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरी सम्मानित बारा जिल्ला अदालतमा उपस्थित गराईएको छ ।

लागू औषध सहित गाडी र मानिस नियन्त्रणमा
२०८१-०२-१३

१.      धनुषा, जनकपुर उ.म.न.पा.१३ पिराडी चोकबाट लागु औषध गाँजा जस्तो देखिने पदार्थ अं. २५० किलो सहित जिल्ला सर्लाही हरिवन न.पा.८ स्कुलटोल बस्ने अं. वर्ष ३० को नेत्र बहादुर श्रेष्ठ सहित हरिवन न.पा. २ अत्रौली बस्ने अं. वर्ष २१  को अर्पन थोकर र  अं. वर्ष २२ को बिशाल थोकरलाई शनिवार राती प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले बा.प्र.०१-०२७ च १९७७ नं.को स्कार्पियो गाडीलाई चेकजाँच गर्ने क्रममा लागु औषध सहित निजहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।२.     धनुषा, जनकपुर उप-महानगरपालिका -१९ शिवपुरबाट लागु औषध गाँजा जस्तो देखिने पदार्थ अं. ५०० ग्राम र नगद रु. ११,६१०/- सहित शिवपुर टोल बस्ने अं. वर्ष ६८ को दशरथ ठाकुरलाई शनिवार बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रेल्वेबाट खटिएको प्रहरी चेकिङ टोलिले निजलाई उक्त लागु औषध र नगद सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।३.     पर्सा, बिरगंज .म.न.पा. १६ रजयजयन्ती चोकबाट लागू औषध NITRAVET-10 लेखिएको ४६ पिस ट्याव्लेट सहित जिल्ला काठमाण्डौ का.म.न.पा. ३ बस्ने अं. वर्ष २१ को हेनिस अधिकारीलाई आइतवार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वा तथा लागू औषध नियन्त्रण व्यूरोबाट खटिएको संयुक्त प्रहरी टोलीले रक्सौलबाट विरगंज बजार तर्फ पैदल आईरहेको अवस्थामा शंका लागी चेकजाँच गर्दा उक्त लागु औषध सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धनमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । ४.     पर्सा, बिरगंज .म.न.पा. १६ रजयजयन्ती चोकबाट लागू औषध NITRAVET-10 लेखिएको ट्याब्लेट ३ पत्तामा १५ पिसका दरले जम्मा ४५ पिस ट्याव्लेट सहित जिल्ला सप्तरी राजविराज न.पा. ८ बस्ने वर्ष ३० को रुपेश यादवलाई आइतवार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले रक्सौलवाट बिरगंज बजार तर्फ आईरहेको ना. २५ प. ४०४० नम्बरको सुपर स्पलेन्डर मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा लागू औषध सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

हतियार सहित मानिस नियन्त्रणमा
२०८१-०२-१३

१.      सप्तरी, SEMI AUTOMATIC पेस्तोल १ थान, सोहि पेस्तोलको म्यागजिन २ थान  र सो पेस्तोलमा लाग्ने (७६५ नं.) २ राउण्ड गोली सहित जि. सप्तरी सुरुङ्गा नगरपालिका ६ श्रीपुर बस्ने बर्ष ४५ को बिशेश्वर प्रसाद साह र जिल्ला काठमाण्डौ टोखा नगरपालिका ८ बस्ने बर्ष ४२ को बम बहादुर तामाङलाई शुक्रवार राती प्रहरीले पक्राउ गरेको छ । इ.प्र.का. कल्याणपुरबाट खटिएको प्रहरी टोलिले जिल्ला सप्तरी खडक नगरपालिका ८ भदिया स्थित बोदेबर्साईनबाट बिसनपुर तर्फ आउँदै गरेको स. ६ प. ५९०८ नं. को मोटरसाईकललाई चेक जाँच गर्दा उक्त हतियार सहित निजहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।