लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-०९-०५
- A
- A-
- A+
१. सर्लाही, मिति २०८०।०९।०४ गते अं. १६:५० बजेको
समयमा जिल्ला सर्लाही मलंगवा न.पा.-८ स्थित प्रहरी चौकी गोरखकाली सर्लाही अगाडी
प्र.स.नि. को कमाण्डमा खटिएको चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा भारतको
सोनबरसाबाट नेपाल तर्फ आउँदै गरेको पैदल यात्री जि.सर्लाही हरिवन न.पा.-११ बस्ने
बर्ष ३२ को साजिद हुसेनले बोकि ल्याएको कालो प्लाष्टिकको झोलामा राखेको सुकेको
खुर्सानीमा लुकाई छिपाई ल्याएको ला.औ.CODEYL-T लेखेको ६ वटा सिसि (100 ML)
फेला परेकोले ला.औ. सहित निजलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी जि.प्र.का.सर्लाहीमा
पठाईएको ।
सिरहा, मिति २०८०।०९।०४ गते अं. ११:०० बजेको समयमा जिल्ला सिरहा भगवानपुर
गा.पा.२ गमहरिया स्थितमा अस्थाई प्रहरी पोष्ट भगवानपुर सिरहाबाट प्र.स.नि. को कमाण्डमा
खटिएको चेकिङ टोलिले ठाडिबाट भगवानपुर तर्फ आउँदै गरेको प्र.२-०१-००४ प १५४९ नं.को
मो.सा.लाई चेकजाँच गर्ने क्रममा मो.सा.चालक जिल्ला सप्तरी सुरुङगा न.पा. ९ बस्ने
रामसागर मण्डलको छोरा बर्ष अं. २८ को रामअपतार मण्डलले लगाएको जिन्स पाईन्टको
गोजिमा phenergan लेखिएको ६ एम्पुल, Diazepam लेखिएको ६ एम्पुल र Buprenrphine लेखिएको ६ एम्पुल
समेत गरी जम्मा १८ एम्पुल लागु औषध फेला परेकोले, उक्त मो.सा. र मो.सा.को पछाडी
सवार ऐ.ऐ. बस्ने दुखन मण्डलको छोरा बर्ष अं. २१ को रामप्रकाश मण्डल समेतलाई
नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कार्वाहीको लागि ई.प्र.का. लहान सिरहा
पठाएको ।