प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

"खुन डाका" मुद्धामा जन्म कैद सजाय तोकिएको फरार प्रतिवादी पक्राउ

२०८०-०९-१२

  • A
  • A-
  • A+
Share


 

जिल्ला, सिरहा साविक बेल्हा गा.वि.स वडा नं.०३ हाल कल्याणपुर नगरपालिका वडा नं.१२ बस्ने अं.बर्ष ५६ को मो. ईब्राहिम मियालाई सम्मानित उच्च अदालत जनकपुर राजविराज ईजलासको मिति २०७५।०९।१८ गतेको फैसलाले खुन डाका मुद्धामा २० बर्ष कैद सजाय (जन्म कैद) तोकिएकोमा निज फरार प्रतिवादीलाई गोप्य सुचनाको आधारमा मिति २०८०।०९।१० गते अं.११:३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी  टोलीले जिल्ला सिरहा सिरहा नगरपालिका वडा नं. ०७ अस्पताल स्थितबाट पक्राउ गरि जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई थप अनुसन्धान पश्चात मिति २०८०।०९।११ गते सम्मानित सिरहा जिल्ला अदालमा पेस गरि सम्मानित अदालतको आदेश अनुसार निज मो. ईब्राहिम मियालाई कैद भुक्तानको लागि मिति २०८०।०९।११ गते सिरहा कारागार पठाईएको । 

सम्बन्धित समाचार
अवैध समान सहित पिकअप नियन्त्रणमा
२०८३-०२-१२

१.      सर्लाही, बागमती नगरपालिका-१२ स्थित चेक प्वाईन्टबाट अबैध भन्सार छली (VCTS अनुसारको बिल बिजक नभएको ) कुरियरको सामानहरु गरी अन्दाजि मुल्य रु. ६,००,०००।- (छव लाख ) बराबरको समान सहित बा.प्र. ०१-०३० च.१५८० नम्बरको पिकअप सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कर्मैया सर्लाहीबाट खटिएको प्रहरी चेकिङ टोलिले काठमाण्डौंबाट झापा तर्फ जाँदै गरेको उक्त पिकअपलाई चेक जाँच गर्ने क्रममा बिल बिजक भन्दा फरक समानहरु भएकोले सामान सहित उक्त ट्रकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको छ ।

लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-११

१.      सर्लाही, बसबरिया गाउँपालिका ०२ ढापटोलबाट अवैध लागूऔषध ४३० ग्राम गाँजा सहित सोहि स्थान बस्ने जयलाल सहनीको छोरा अन्दाजी बर्ष २० को अभिषेक सहनीलाई आइतबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बरहथवा र मानपुरबाट खटिएको प्रहरी टोलिले उक्त गाँजा सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   २.      पर्सा, पोखरिया नगरपालिका ०९ स्थितबाट अवैध लागूऔषध ५.५ ग्राम ब्राउन सुगर सहित सोहि स्थानको शिवबर्वा बस्ने बिजुल राउत कम्करको छोरा अन्दाजी बर्ष २० को बिशाल राउत कम्करलाई आइतबार राति प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलिले उक्त लागू पदार्थ सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।