लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-१०-१४
- A
- A-
- A+
१. पर्सा,
मिति २०८०।१०।१३ गते अं.२०:०० बजेको समयमा जि. पर्सा पोखरीया न.पा. ४ स्थितमा ई.प्र.का.
पोखरीयाबाट खटिएको गस्ति टोलीले एक जना अपरिचित व्यक्ति माथि शंका लागी चेक जाँच
गर्दा जि. पर्सा बिन्दवासनी गा.पा. ३ झौवा बस्ने बिधयान्चल प्रसाद गुप्ताको छोरा बर्ष
२० को विश्वजित प्रसाद गुप्ताको साथबाट ला.औ. DIAZEPAM ७५
एम्पुल, नुर्फिन ९० एम्पुल, फेनार्गन
१०० एम्पुल गरी जम्मा २६५ एम्पुल फेला पारी ला.औ. सहित निजलाई नियन्त्रणमा लिइ
आवश्यक कारवाहीको लागी ई.प्र.का.पोखरियामा ल्याइ राखिएको ।
२. बारा,
मिति २०८०।१०।१३ गते १४:३० बजेको समयमा जि. बारा कलैया उ.म.न.पा.१२ सितलपुर स्थितमा
विशेष सुचनाको आधारमा प्र.चौ. मटिअर्वाबाट प्र.व.ना.नि.को कमाण्डमा खटिएको प्रहरी
टोलीले ऐ.ऐ. बस्ने रुदन साहको छोरा बर्ष ४० को मनोज साहले किराना पसलमा गाँजा
बेचिरहेको अवस्थामा निजलाई ६ पुरीया गाँजा सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको
लागी जि.प्र.का.बारा पठाईएको ।
३. रौतहट,
मिति २०८०।१०।१३ गते ०७:३० बजेको समयमा जि. रौतहट मौलापुर न.पा. ०५ IT चोक स्थितमा ई.प्र.का. मौलापुरबाट खटिएको प्र.स.नि. को टोलीले बिशेष
सुचनाको आधारमा बाराको पटेर्वाबाट बिजयपुर तर्फ जाँदै गरेको ना.१३ प. ४१९२ न.को मो.सा.मा
सवार ऐ. फतुवा बिजयपुर न.पा. ८ बस्ने कुलदिप दासको छोरा बर्ष २८ को संजय कुमार
दासलाई शंका लागि चेकजाँच गर्दा निजले लगाएको ज्याकेटबाट ला.औ. (Nitravet-10) २८९ पिस सहित नियन्त्रणमा लिइ ई.प्र.का. मौलापुरमा ल्याई राखिएको ।
४. सिरहा,
मिति २०८०।१०।१३ गते १९:३० बजेको समयमा जि. सिरहा धनगढीमाई न.पा. ५ तेंतिस बिघा
माछा फर्म स्थित जिरोमाईलबाट सुखिपुर तर्फ जाँदै गरेको छ भन्ने गोप्य सुचनाको
आधारमा ई.प्र.का. धनगढीबाट प्र.ना.नि.को कमाण्डमा खटिएको गस्ति टोलिले चेकजाँच
गर्ने क्रममा ऐ. ऐ. न.पा. १३ भोर्लेनि बस्ने गुलाम महतोको छोरा बर्ष ४८ को राम
सुफल महतोले साईकलमा प्लाष्टिकको झोला भित्र कपडामा बेरी राखेको अं. २ के.जी. लागु
औषध गाँजा र नगद रु. ६,४४५/- (छ हजार चार सय पैंतालिस रुपैयाँ) सहित निजलाई नियन्त्रणमा
लिई ई.प्र.का. धनगढीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।