लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-१०-१६
- A
- A-
- A+
१. पर्सा,
मिति २०८०।१०।१५ गते १५:३० बजेको समयमा बिरगंज म.न.पा. १६ रजत जयन्ती चोक स्थित ला.औ.नि.
ब्युरो शाखा कार्यालय बिरगंज र प्र.चौ. ईनर्वाबाट प्र.ब.ना.नि.को कमाण्डमा खटिएको
संयुक्त टोलिले बिशेष सुचनाको आधारमा रक्सौलबाट बिरगंज तर्फ पैदल आउँदै गरेको जि.बारा
जितपुर सिमरा उ.म.न.पा. १४ बस्ने बिरबहादुर बि.क.को छोरा बर्ष २० को आशिष बि.क.लाई
चेकजाँच गर्ने क्रममा निजले बोकेको कालो रंगको ब्यागबाट नाईट्राभेट ट्याब्लेट - ३०
पत्तामा १६५ पिस ट्याब्लेट र Pyronix spas capsules लेखिएको
६८ पिस ट्याब्लेट गरी जम्मा -२३३ पिस ला.औ. फेला परेकोले निजलाई ला.औ. सहित
नियन्त्रणमा लिई थप अनुसन्धानको लागि व.प्र.का. बिर्ता पठाईएको ।
२. सर्लाही,
मिति २०८०।१०।१५ गते अं. १६:०० बजेको समयमा जि.सर्लाही मलंगवा न.पा. १० घर भई ऐ.ऐ.
न.पा.-८ मलंगवा बजार स्थित अभय यादवको घर कोठामा भाडा लिई बस्ने महादेव राउतको
छोरा वर्ष ३४ को मनोज राउतले आफ्नै घर कोठा भित्र ला.औ. बिक्री वितरण गर्दै
आईरहेको छ भन्ने सुचनाको आधारमा जि.प्र.का. सर्लाहीबाट प्र.नि. को कमाण्डमा ६ जना
टोली खटि गई घर कोठामा रित पुर्वक चेकजाँच गर्दा कोठा भित्र रहेको खाट मुनी पहेंलो
रङ्गको झोला भित्र प्रतिबन्धित Wincerex-८ बोतल, Codedyl-T -६ बोतल, Spasmo-proxyvon plus लेखिएको-५ पिस क्याप्सुल, Nitravet-10 लेखिएको-११ पत्तामा
३१० पिस ट्याब्लेट, गाँजा-९०० ग्राम फेला परेको हुँदा निज मनोज राउत र कोठा भित्र
ला.औ. खरिद बिक्री गरिरहेको ऐ. वडा नं. ६ बस्ने अब्दुल गफार मिकरानीको छोरा वर्ष
३२ को समसुदिन मिकरानी समेतलाई नियन्त्रणमा लिई जि.प्र.का. सर्लाहीमा ल्याई थप
अनुसन्धान कार्य भईरहेको ।