प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस नियन्त्रणमा

२०८०-१०-२६

  • A
  • A-
  • A+
Share

१.      पर्सा, मिति २०८०।१०।२५ गते २२:४५ बजेको समयमा जि.पर्सा पटेर्वा सुगौली गा.पा.५ स्थित निचुटा गाउँ बस्ने भिखम मुखियाको छोरा वर्ष २० को पुलेमन मुखियाको घरमा ब्राउन सुगर सेतो हेरोईनको कारोवार हुँदैछ भन्ने खबर प्राप्त हुना साथ ई.प्र.का. पटेर्वा सुगौलीबाट प्र.नि. को कमाण्डमा ५ जना टोली खटिगई निज पुलेमन मुखियालाई नियन्त्रणमा लिई निम्न समानहरु बरामद गरी थप अनुसन्धानको लागि जि.प्र.का. पर्सा पठाएको ।

निम्न समानहरु बरामत भएको:

 (१) ब्राउन सुगर जस्तो देखिने पदार्थ प्लास्टिक सहित २ ग्राम ४३ मिली ग्राम, प्लास्टिक बाहेक २ ग्राम १३ मिलीग्राम ।

 (२) चरेश जस्तो देखिने पदार्थ १३ ग्राम ५४ मिलीगाम, प्लास्टिक सहित १४ ग्राम ४७ मिलीग्राम ।

 (३) सेतो सुगर जस्तो देखिने पदार्थ प्लास्टिक सहित १ ग्राम ९४ मिलीग्राम ।

 (४) डिजिटल तराजु सानो नाप तौल गर्ने १ थान,

 (५) रु. १,०००/- को १२ थान, रु.५००/- को २८ थान, रु.१००/- को २१ थान, रु. ५०/- को १४ थान, रु.२०/- को ४ थान, रु.१०/- को ३ थान गरी जम्मा रु. २८,९१०/- (अट्ठाईस हजार नौ सय दश रुपैयाँ) नेपाली र रु. १००/- (भा.रु.) १ थान सहित लाईटर १ थान, शिखर आईस चुरोट १ थान, खुकुरी चुरोट ४ थान बरामद भएको ।

 

२.      पर्सा, मिति २०८०।१०।२५ गते २०:२० बजेको समयमा जि. पर्सा बिरगंज म.न.पा.२१ हनुमान चोक स्थित प्र.चौ. परवानीपुर पर्साबाट प्र.ब.ना.नि.को कमाण्डमा खटिएको चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा बिरगंजबाट काठमाण्डौं तर्फ जाँदै गरेको ना ६ ख ८९६८ नं.को यात्रुवाहक बसलाई रोकी चेकजाँच गर्दा उक्त बसमा सवार जि. पर्सा बिरगंज म.न.पा. २१ परवानीपुर बस्ने असलम देवानको श्रीमती बर्ष २० की फुलसन खातुनको साथमा रहेको कालो ब्याग भित्र लुकाई छिपाई राखेको ला.औ. ब्राउन सुगर जस्तो देखिने पदार्थ २० प्याकेट (१०५ ग्राम २६ मि.ली. ग्राम पलास्टिक सहित) सहित निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि व.प्र.का.श्रीपुरमा पठाईएको ।

 

३.      बारा, मिति २०८०।१०।२५ गते १४:४० बजेको समयमा जि. बारा परवानिपुर गा.पा. ४ चैनपुर चोक स्थितमा ई.प्र.का. परवानीपुरबाट प्र.ना.नि. को कमाण्डमा खटिएको चेकिङ टोलिले हेटौंडाबाट बिरगंज तर्फ जाँदै गरेको भे १ ज १२०४ नं. को हाईस गाडीलाई चेकजाँच गर्दा उक्त गाडीमा सवार जि. पर्सा बहुदरमाई न.पा.२ बैरिया टोल बस्ने मोस्तकिम मिया अंसारीको छोरा बर्ष २७ को अरुण मिया अंसारीले कालो झोला भित्र लुकाई छिपाई ल्याउँदै गरेको अं. ८ (आठ) किलो लागु औषध गाँजा सहित निजलाई नियन्त्रणमा लिई ई.प्र.का. परवानीपुरमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

 

४.      महोत्तरी, मिति  २०८०।१०।२५ गते १७:३० बजेको समयमा जि. महोत्तरी जलेश्वर न.पा. ३ खैरा स्थितमा ला.औ. नियन्त्रण ब्युरो शाखा कार्यालय जनकपुरबाट प्र.स.नि. को कमाण्डमा  खटिएको टोलि र अ.प्र. पोष्ट नगरपालिकाबाट प्र.ब.ना.नि.को कमाण्डमा खटिएको संयुक्त टोलिले चेकजाँच गर्ने क्रममा BR06CA3506 नं.को मो.सा. चालक भारत जिल्ला सितामाढी श्रीखण्डी भिठ्ठा थाना सुरसण्ड बस्ने बर्ष ४५ को बिनय कुमार मुखियाको साथबाट नाईट्रोभेट ट्याब्लेट १५०० पिस सहित निज र BR30L2116  नं.को मो.सा. समेत नियन्त्रणमा लिई जि.प्र.का. महोत्तरीमा बुझाईएको । BR30L2116  नं.को  मो.सा. चालक फरार रहेकोमा निजको खो.त. कार्य भईरहेको ।

 

५.      धनुषा, मिति २०८०।१०।२५ गते अं. ०४:३० बजेको समयमा जि.धनुषा लक्ष्मिनिया गा.पा.४ सपही बस्ने लुखी साहको छोरा बर्ष ४२ को सिकिन्द्र साहको घरमा ला.औ. गाँजा जस्तो देखिने बस्तु लुकाई छिपाई राखिएको छ भन्ने खबर प्राप्त हुना साथ प्र.चौ. लक्ष्मिनियाबाट प्र.स.नि. को कमाण्डमा ३ जनाको टोली खटि गई २.५ के.जी. गाँजा सहित निजलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि ई.प्र.का. महेन्द्रनगर पठाईएको ।

 

६.      सिरहा, मिति २०८०।१०।२५ गते अं. १५:०० बजेको समयमा जि. सिरहा भगवानपुर गा.पा. ३ धाति स्थित भित्रि सडक खण्डमा प्र.चौ. ठाडीबाट प्र.व.ना.नि. को कमाण्डमा खटिएको गस्ती टोलीले शंका लागी चेकजाँच गर्दा भारतबाट नेपाल तर्फ आउँदै गरेको जि.सप्तरी सुरुङ्गा न.पा. ७ बस्ने शम्भु चौधरीको छोरा वर्ष २० को रुपेश चौधरीले बोकेको कालो प्लास्टिकमा Promethozine Hydrochloride १७ एम्पुल, Buprenorphine १७ एम्पुल, Diazepam १७ एम्पुल ला.औ. सहित निजलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी ई.प्र.का. लहान पठाईएको ।

सम्बन्धित समाचार
लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-०७

धनुषा, जनकपुर उपमहानगरपालिका ९ मुख्यमन्त्री कार्यालय स्थितबाट लागु औषध NATRAMP- ३ पतामा (३० पिस र २ पिस गरी जम्मा ३२ पिस), SPASMO- ३ पतामा (३० पिस), PRENURA- ३ वटा ट्याब्लेट र गाँजा जस्तो देखिने बस्तु अन्दाजी २/३ ग्राम सहित जिल्ला महोत्तरी बर्दिबास नगरपालिका २ गौरीडाँडा घर भई हाल जिल्ला धनुषा जनकपुर उपमहानगरपालिका १ श्यामचोकमा डेरा गरी बस्दै आएको श्याम भुजेलको छोरा वर्ष २८ को संजय कुमार भुजेललाई शनिवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको प्रहरी चेकिंङ टोलीले मधेश प्र.०२-००७ प ३७९८ नम्बरको स्कुटरमा सवार निजलाई चेक जाँच गर्ने क्रममा उक्त परिमाण बराबरको लागु औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फरार प्रतिवादी पक्राउ
२०८२-०३-०६

१.      सिरहा, कल्याणपुर नगरपालिका-४ स्थितबाट लेनदेन बिगो मुद्दामा १ वर्ष कैद तोकिएको फरार प्रतिबादी सोही स्थान बस्ने महाबिर यादवको छोरा अन्दाजी बर्ष ४० को धनबिर यादवलाई बिहिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  २.      सिरहा, मिर्चैया नगरपालिका-६ स्थितबाट लेनदेन बिगो मुद्दामा १ बर्ष कैद भएको फरार प्रतिबादी सोही स्थान बस्ने जुगेश्वर यादवको छोरा अंदाजी बर्ष ५५ को बिजिन्द्र यादवलाई शुक्रबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा निजकै घर वतनबाट नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ब्राउन सुगर सहित मानिस नियन्त्रणमा
२०८२-०३-०३

सिरहा, मिर्चैया नगरपालिका-५ white house स्कुल स्थितबाट लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ४०० ग्राम सहित सोही स्थान बस्ने जिवछ साहको छोरा अन्दाजी बर्ष २० को राहुल कुमार साह, सुनिल साहको छोरा अन्दाजी बर्ष २१ को दिलिप कुमार साह र मिर्चैया नगरपालिका-६ बस्ने मिस्टर राकेश कुमार गिरीको छोरा अन्दाजी बर्ष २३ को बिशाल गिरीलाई सोमबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले गस्ति गर्दै जाँदा उक्त स्थानमा रहेको खाली घरमा निजहरुलाई लागु औषध सेवन गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिई चेक जाँच गर्ने क्रममा लागु औषध ब्राउन सुगर गस्तो देखिने पदार्थ फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।