फरार प्रतिवादी पक्राउ
२०८०-१०-२९
- A
- A-
- A+
१. सप्तरी, मिति २०८०।१०।२८ गते अं. १६:०० बजेको समयमा कुटपिट मुद्दामा जनही
रु.२००/- (दुई सय) जरिवाना तोकिएको फरार प्रतिवादी जि.सप्तरी राजबिराज न.पा. १३
बस्ने राम प्रसाद यादव र निजकी श्रीमती अहुलिया देवी यादवलाई अ.प्र. पोष्ट
तितरिगांछीबाट खटिएको प्र.स.नि.को टोलीले पक्राउ गरी सम्मानित जिल्ला अदालत
राजबिराजमा बुझाईएको ।
२. सप्तरी, मिति २०८०।१०।२८ गते १६:१५ बजेको समयमा कुटपिट मुद्दामा जनही रु.५,०००/- (पाचँ हजार) जरिवाना तोकिएको फरार प्रतिवादी जि.सप्तरी बिष्णुपुर
गा. पा. ४ बस्ने बर्ष ५२ को जिबछ खंग, ऐ.ऐ. बस्ने बर्ष २६
को बिरेन्द्र खंग, ऐ.ऐ. बस्ने बर्ष ४५ को देबेन्द्र खंग र
ला.औ. मुद्दामा रु. ५,०००/- (पाचँ हजार) जरिवाना तोकिएको
फरार प्रतिवादी ऐ.ऐ. बस्ने बर्ष ४० को रामबिलाश साहलाई ई.प्र.का. बिष्णुपुरबाट खटिएको प्र.ना.नि.को
टोलीले पक्राउ गरी सम्मानित जिल्ला अदालत राजबिराज सप्तरीमा बुझाईएको ।