लागु औषध नियन्त्रणमा
२०८०-११-०१
- A
- A-
- A+
१. बारा,
मिति २०८०।१०।२० गते अं. १९:०० बजेको समयमा जि.बारा सुवर्ण गा.पा. २ कबही गोठ
स्थित नहर चोकमा ई.प्र.का. कबहीबाट खटिएको प्र.ब.ना.नि को चेकिङ टोलीले औरैयाबाट
सतगंज तर्फ तीब्र गतिमा आउँदै गरेको अन टेस्ट मो.सा. लाई शंका लागी रोक्न खोज्दा
प्रहरीलाई देखि टाढैबाट मो.सा. र कालो झोला फाली फरार भएकोमा उक्त झोला खोली
हेर्दा अं. १० के.जी ला.औ. गाँजा फेला परेकोले गाँजा सहित उक्त मो.सा. नियन्त्रणमा
लिईएको र फरार रहेको नाम,थर,वतन नखुलेको मो.सा.मा सवार दुवै जनालाई खो.त. गर्दै
जाँदा मिति २०८०।१०।२९ गते अं. १८:३० बजेको समयमा मो.सा. चालक भारत पुर्वी चम्पारण
बिहार कटकेनवा २ बस्ने राम बालक साहको छोरा बर्ष २३ को बलिराम कुमारलाई जि.बारा
सुवर्ण गा.पा. ३ सतगंज बोर्डर स्थितबाट नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जि.प्र.का
बारा पठाईएको ।
२.
सिरहा, मिति २०८०।१०।२९ गते
अं. १२:५० बजे जि. सिरहा मिर्चैया न.पा.२ मलिनिया स्थित ई.प्र.का. मिर्चैयाबाट
खटिएको प्र.ब.ह.को टोलीले गोप्य सुचनाको आधारमा ऐ.ऐ. बस्ने राम पुकार साहको छोरा बर्ष
१९ को बिष्णु कुमार साहलाई शंका लागि चेक-जाँच गर्दा निजको साथबाट ला.औ. खैरो
हिरोईन जस्तो देखिने प्लाष्टिक सहित गिलो अवस्थामा रहेको ४.४३ ग्राम, ने.रु. ४,९००/-
(चार हजार नौँ सय), एन्ड्रोईड मोबाईल थान-१ र डिजिटल तराजु थान-१ सहित नियन्त्रंणमा
लिई ई.प्र.का. मिर्चैयामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।