प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस नियन्त्रणमा

२०८०-११-०३

  • A
  • A-
  • A+
Share


१.      बारा, मिति २०८०/११/०२ गते अं. ११:०० बजेको समयमा जि. बारा जितपुरसिमरा उ.म.न.पा. २१ अगाडी ई.प्र.का. अम्लेखगंजबाट प्र.ब.ना.नि. को कमाण्डमा खटिएको चेकिङ टोलीले शंका लागि हेटौंडाबाट  बिरगंज तर्फ जाँदै गरेको UP 32 NM 4476 नं.को भारतीय कारलाई रोकी चेक जाँच गर्दा कारको तल फल्स बटम बाकस खोली हेर्दा ला.औ. चरेश जस्तो देखिने कालो बस्तु ३५ के.ज. फेला परेकोले उक्त ला.औ. सहित कार चालक भारत उत्तर प्रदेश जिल्ला बरेध दिपाद कोतवाली बस्ने वर्ष ४२ को साफिर अली, कारमा सवार ऐ.ऐ. बस्ने वर्ष ४४ को मोहमद अबजाल र कार नियन्त्रणमा लिई ई.प्र.का. अम्लेखगंजमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

 

२.      धनुषा, मिति २०८०/११/०२ गते अं. २१:०० बजेको समयमा जि.धनुषा जनकपुर उ.म.न.पा. ८ रामानन्दचोक स्थितमा ला.औ.नि. ब्युरो धनुषाबाट प्र.स.नि.को कमाण्डमा र जि.प्र.का. धनुषाबाट प्र.नि.को कमाण्डमा खटिएको संयुक्त टोलीले सवारी साधन चेक जाँच गर्ने क्रममा जिरोमाईलबाट रामानन्द चोक तर्फ आउँदै गरेको प्र.२-०२-०२१ प ४५९४ नं.को पल्सर मो.सा. रोकी चेक जाँच गर्दा मो.सा.को बायाँ पट्टी लेगार्डमा सेतो रंगको झोला भित्र काटुनमा बाँधी नोरफिन ४९९ पिस, डाईजोपाम २२६ पिस गरी जम्मा ७२५ पिस ला.औ. फेला परेकोले मो.सा.चालक जि.महोत्तरी मटिहानि न.पा. २ बस्ने गुन्जेश्वर यादवको छोरा वर्ष ३४ को शंकर यादवलाई ला.औ. सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।

   

३.      सिरहा, मिति २०८०।११।०२ गते १३:१० बजेको समयमा जि.सिरहा सखुवानान्कारकट्टी गा.पा. ५ महेशवारी चोक स्थित लहान ठाडी सडक खण्डमा ई.प्र.का. महेशवारीबाट प्र.स.नि. को  कमाण्डमा खटिएको चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा ठाडीबाट लहान तर्फ आउँदै गरेको ना.४.ख ३३१४ नं. को बसलाई रोकी चेकजाँच गर्दा बसमा सवार यात्रु लहान न.पा. ४ बस्ने मोहमद फेकु मियाँको छोरा वर्ष ३३ को मोहमद सलाउदिन मियाँको साथबाट Promethozine १५ एम्पुल, Norphin १५ एम्पुल, Diazelab १४ एम्पुल ला.औ. फेला परेकोले ला.औ. सहित निजलाई नियन्त्रणमा लिई ई.प्र.का. महेशवारीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

 

४.      सप्तरी, मिति २०८०/११/०२ गते २०:३० बजेको समयमा जि. सप्तरी सुरुङ्गा न.पा. ४ कदमाहा स्थित राजमार्गमा प्र.नि. को कमाण्डमा खटिएको चेकिङ टोलिले चतरा देखि काठमाण्डौं चल्ने गोल्डेन गुगल नामक बा.प्र.०३-००१ ख २२५८ नं.को बसलाई चेक जाँच गर्दा बसको पछाडिको डिक्की भित्र रहेको प्लाष्टिकको बोरामा चामल भित्र Diazepam 2 ml -५००(पिस) एमपुल, Abuprenorphine Injection 2 ml -५००(पिस) एमपुल, Phenergan 25 mg/ml -५००(पिस) एमपुल ला.औ. फेला परेकोमा उक्त बसको सह-चालकलाई सोधपुछ गर्दा जि.सप्तरी खडक न.पा.५ खोजपुर बस्ने लोचन सरदारको छोरा अं. बर्ष ३५ को रामदेब सरदारले ऐ. खरचुईया बजारबाट बसमा पठाई दिएको हो भनको आधारमा निज रामदेव सरदारलाई खो.त.गर्दै जाँदा निजलाई घरबाटै पक्राउ गरी उक्त ला.औ. सहित ई.प्र.का. कडरबोनामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
लागु औषध सहित मानिस पक्राउ
२०८१-०४-११

१.      पर्सा, बिरगंज.म.न.पा. १६ , ४० फिटे रोड  स्थितबाट लागु औषध  नाईट्रोभेट - १० पत्ता (१ पत्तामा १५ पिस जम्मा -१५० पिस रहेको) पाइरोनिक्स स्पास १० पत्ता( १पत्तामा ८ पिस जम्मा ८० पिस ) सहित देश भारत जिल्ला जमुई थाना चनरदिप ईस्लाम नगर जमुई बस्ने राजेश सिंह को छोरा वर्ष  २३ को सोनु सिंहलाई अस्थाई प्रहरी पोष्ट ईनर्वा बाट खटिएको प्रहरी टोलीले शंका लागी चेक जाँच गर्ने क्रम्मा प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।२. बारा, जितपुरसिमरा उ.म.न.प १ पथलैया चोक स्थितबाट लागु औषध DIAZEPAM २२ पिस,फेनारगन २२ पिस,BUPRENORPHINE INJECTION  २२ पिस गरी जम्मा ६६ पिस सहित जिल्ला रौतहट रंगपुर गा.पा.५ बस्ने दोर्जे घिसिङको छोरा बर्ष अं.२६ को पाल्देन घिसिङलाई प्रहरी चौकी पथलैया बाट खटिएको प्रहरी चेकिङग टोलीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । ३.     रौतहट, गौर न.पा.०८ कार्यालय अगाडीबाट लागु औषध २ पिस फेनारागन र ४ पिस नाम नखुलेको सहित ऐ.चन्द्रपुर न.पा.८ बस्ने सुरेन्द्र झा को छोरा बर्ष अं.२० को रुपन झालाई अस्थाई प्रहरी पोष्ट बसपार्क बाट खटिएको चेकिङ्ग टोलीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

फरार प्रतिवादी पक्राउ
२०८१-०४-११

१.      सिरहा, सुखिपुर न.पा.८ वैशाखा स्थितबाट अपहरण तथा शरिर बन्धक मुद्दाका अनुसनधानको क्रममा बारदात फश्चात फरार रहेका प्रतिवादी जिल्ला सिराहा सुखिपुर नगरपालिका २ विधानगर बस्ने श्याम सुन्दर मण्डलको छोरा अं. बर्ष २५ को दिनेश मण्डललाई इलाका प्रहरी कार्यालय सुखिपुर सिरहाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । २.     बारा, कोल्हवी न.पा.०२ हनुमानगंज स्थितबाट बैकिङ कसुर मुद्धाका फरार रहेको जिल्ला मकवानपुर दामन गा.बि.स.वडा नं.१ हाल परिवर्तित ऐ.ऐ.थाहा न. पा.०३ स्थाई वतन भई हाल जिल्ला बारा कोल्हवी न.पा.० २ बस्ने भगवान प्रसाद मैनालीको श्रीमती बर्ष ३३ की रमा कार्कीलाई इलाका प्रहरी कार्यालय कोल्हवीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरी थप अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस पक्राउ
२०८१-०४-०९

१.     पर्सा, बिरगंज म.न.पा. वडा नं. १४ स्थितमा बिरगंज देखि हेटौडा नरायणघाट सम्म चल्ने यात्रु बाहक बसमा लागु औषध नाईट्राजेपाम ट्याबलेट ३४ पिस सहित जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. वाड नं.१३ मगर टोल बस्ने जयराम आचार्याको छोरा अं.बर्ष १८ को रोनिल आचार्यालाई प्रहरी चौकी गण्डक बाट खटिएको चेकिङ्ग टोलीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  २.     पर्सा, बिरगंज म.न.पा. १६ फुलवारी टोल स्थित ला.औ.ओसार पसार गर्ने भन्ने गोप्य सुचनाको आधारमा जि.प्र.का. पर्सा र ई.प्र.का. नगवाको सयुक्त टोलीले घर खानतलासी गर्ने क्रंम्मा लागु औषध ८ के.जी .२३७ ग्राम चरेश जस्तो देखिने पदार्थ बरामद सहित ऐ.ऐ. बस्ने बर्ष ६५ को आसिद मिया र बर्ष ४२ की कायमा खातुनलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । ३.     पर्सा, बिरगंज म.न.पा.वडा  नं. २१ स्थित दिपक होटेलमा लागु औषधको कारोबार भईरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी परवानीपुर र लागु औषध नियन्त्रण व्युरो पर्सा बाट संयुक्त टोलीले चेकजाँच गर्दा लागु औषध नुफिन – ५४० एम्पुल , डाईजेपाम ५२४ एम्पुल, र फेनारागन ५२८ एम्पुल गरी  जम्मा १५९२ एम्पुल सहित देश भारत जिल्ला मोतिहारी घर भई रक्शौल वस्ने अं.वर्ष १९ को सोनु  कुमार सराफ र ऐ.ऐ. वस्ने  अं.वर्ष १८ को राज कुमार दास सहित निजहरुले प्रयोग गरेको BR-05 AJ 2109 नम्बरको सुपर स्पलेन्डर मो.सा. र  BR-05-BA 6282 नम्बरको मो.सा.२ थान र निजहरको साथ बाट फेला परेको मोबाईल सेट थान ३ (तिन) सहित प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०४-०७

१.     बारा, सिम्रौनगढ नगरपालिका ९ वसवरिया स्थितबाट लागू औषध Nitrovet Tablet-19 पीस, Tramadol Capsules-10 पीस सहित जिल्ला बारा आदर्श कोतवाल गा.पा. ४ चिउटाहा बस्ने वर्ष २० को जमसेद आलमलाई आईतवार राती प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कचोर्वाबाट खटिएको प्रहरी चेकिङ टोलीले भारतबाट बसवरिया तर्फ आउँदै गरेको BR 05 L 6070 नम्बरको मोटरसाइकललाई चेक जाँच गर्ने क्रममा निजलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । २.     महोत्तरी, सम्सी गाउँपालिका ६ मस्जिद चोक स्थितबाट लागु औषध नुरफिन ईन्जेक्सन ४ एम्पुल, फेनारगन ४ एम्पुल, नाईट्रोभेट ट्याब्लेट ४ पिस, डाइजेपाम ४ पिस र १० लेखिएको खुल्ला ट्याब्लेट २ पिस सहित जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका १४ बस्ने वर्ष १७ को बिमल यादव र जिल्ला महोत्तरी पिपरा गा.पा.१ खैरवा बस्ने बर्ष १९ को निरज कुमार यादवलाई आईतवार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सम्सीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा भारत बन्दहवाबाट सम्सी तर्फ आउँदै गरेको म.प्र.०२-००६ प १४६४ नम्बरको मोटरसाइकलमा सवार निजहरुलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सन्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । ३.     सिरहा, नबराजपुर गाउँपालिका ५ कुसण्डी स्थितबाट लागू औषध Diazepam Injection 2MI लेखिएको १०० एम्पुल, Buprenorehine Injection 2MI लेखिएको १०० एम्पुल, promethazine hybrochloride Injection 2MI लेखिएको १०० एम्पुल गरी जम्मा ३०० एम्पुल (Injection) सहित जिल्ला सिरहा नबराजपुर गा.पा. १ बस्ने बर्ष ४३ को श्याम सुन्दर यादवलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झाझपट्टीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको को.३ प. ५६०६ नम्बरको मोटरसाइकलमा सवार निजलाई चेक जाँच गर्ने क्रममा उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०४-०६

१.     पर्सा, बिरगंज महानगरपालिका २५ सिर्सिया स्थितबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ पुरिया (तौल नखुलेको), नाईट्राभेट-१० लेखिएको १६ पिस ट्याब्लेट र गाँजा ११ ग्राम सहित जिल्ला पर्सा बिरगंज महानगरपालिका १ बस्ने बर्ष १९ को रोहित साह तेलीलाई शनिवार राती प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छप्कैयाबाट खटिएको प्रहरी टोलीले सिर्सिया स्थित भारतबाट छप्कैया तर्फ आउँदै गरेको अवस्थामा चेक जाँच गर्ने क्रममा निजलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । २.     पर्सा, बहुदरमाई नगरपालिका ९ बिश्रामपुर स्थितबाट लागू औषध गाँजा ५ किलो सहित सोही स्थान बस्ने बर्ष १६ को अमिरी साह गुप्तालाई शनिवार राती प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट बहुअर्वाभठाबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा नम्बर नखुलेको मोटरसाईकलमा सवार निजलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । ३.     सर्लाही, ईश्वरपुर नगरपालिका ७ स्थितबाट लागू औषध Nitravet-10 लेखिएको ९० ट्याब्लेट, Nitrazepam लेखिएको २२० ट्याब्लेट र CCTV थान २ सहित ईश्वरपुर न.पा. ९ रामनगर बस्ने वर्ष १९ को बिकी साहलाई शनिवार राती प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय केशरगंजबाट खटिएको प्रहरी गस्ती टोलिले चेकजाँच गर्ने क्रममा निजलाई उक्त लागू औषध र CCTV सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  ४.     सिरहा, मिर्चैया नगरपालिका ६ कटारी चोक स्थितबाट लागू औषध गाँजा ५०० ग्राम सहित जिल्ला सिरहा मिर्चैया नगरपालिका ५ बस्ने बर्ष २८ को भोला पंजियारलाई शनिवार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा निजलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।