लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-११-०४
- A
- A-
- A+
१.
रौतहट, मिति २०८०।११।०३ गते ११:१५
बजेको समयमा जि. रौतहट गुजरा न.पा. ४ जंगलसैया स्थित लडाई साहको घरमा डेरा गरी
बस्ने ऐ. ईशनाथ न.पा.१ बन्जरहा बस्ने जित बहादुर मालीको छोरा बर्ष २० को बिष्णु
बहादुर माली र ऐ.ऐ. बस्ने सफिउक्लाह खाँको छोरा बर्ष २१ को नुराईन खाँको कोठामा
विषेश सुराकीको आधारमा ई.प्र.का.लक्ष्मिनिया, ला.औ.नि. व्युरो शाखा का. बिरगंज
पर्सा र प्र.चौ. हरिनगर रौतहटबाट प्र.स.नि.को कमाण्डमा खटिएको संयुक्त टोलीले शंका
लागी चेक जाँच गर्दा NORPHIN ३२० (पिस) एम्पुल, DIAZEPAM
३२० (पिस) एम्पुल र PHENERGAN ३१८ (पिस) एम्पुल
ला.औ. फेला परेकोले उक्त ला.औ. सहित दुवैजना मानिस र स्कुटर नियन्त्रणमा लिई प्र.चौ.
हरिनगरमा ल्याई राखिएको ।
२.
धनुषा, मिति २०८०/११/०३ गते
अं. २१:०० बजेको समयमा जि. धनुषा बिदेह न.पा. ९ बैदेही स्थितमा प्र.चौ. ईटहर्वाबाट
प्र.स.नि. को कमाण्डमा खटिएको गस्ती टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको ज.९ प.
७६९० नं.को मो.सा.मा सवार चालक जि.धनुषा हंसपुर न.पा. ९ रुदौली टोल बस्ने जय कुमार
राउतको छोरा वर्ष १६ को निखिल कुमार राउत, सोही मो.सा.को पछाडी सवार ऐ.ऐ. बस्ने
राजेश्वर मण्डलको छोरा वर्ष १८ को सुशिल मण्डल, ऐ.ऐ. बस्ने पल्टु राउतको छोरा वर्ष
१९ को रामउदगार राउत र ऐ.ऐ. बस्ने रामचन्द्र राउतको छोरा वर्ष २० को सरोज राउतलाई
चेक जाँच गर्दा निजहरुको साथबाट NITROVET-10 लेखिएको १ पत्ता
(१५ पिस), SAMPEXT २ पिस फेला पारेकोले मो.सा. सहित ला.औ. र निजहरुलाई
नियन्त्रणमा लिई जि.प्र.का.धनुषामा ल्याई राखिएको ।
३. सिरहा,
मिति २०८०/११/०३ गते अं. १३:०० बजेको समयमा जि.सिरहा मिर्चैया न.पा.६ एकता टोल स्थितमा
ई.प्र.का. मिर्चैयाबाट प्र.ब.ह. को कमाण्डमा खटिएको टोलीले गोप्य सुचनाको आधारमा
ऐ.ऐ. बस्ने दुलार्चान ठाकुरको छोरा बर्ष
३४ को सत्रुधन ठाकुरलाई निजकै घर अगाडी बसिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा निजको साथबाट ला.औ. खैरो हिरोईन
जस्तो देखिने गिलो अवस्थामा रहेको प्लाष्टिक बाहेक तौल गर्दा १५ ग्राम फेला
परेकोले उक्त ला.औ सहित निजलाई नियन्त्रणमा लिई ई.प्र.का. मिर्चैयामा ल्याई थप
अनुसन्धान कार्य भईरहेको ।