लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-११-०६
- A
- A-
- A+
१. पर्सा,
मिति २०८०/११/०५ गते २१:३० बजेको समयमा जि. पर्सा बिरगंज म.न.पा १६ रजतज्यन्ती चोक
स्थितमा प्र.चौ. ईनर्वाबाट खटिएको प्रहरी चेकिङ टोलीले नेपाल भारत आवत जावत गर्ने
सवारी साधन तथा मानिसहरु समेतलाई चेकजाँच गर्ने क्रममा भारतको रक्सौलबाट बिरगंज
बजार तर्फ पैदल हिंडी आईरहेको व्यक्तिलाई शंका लागि सोधपुछ गर्दा निजले आफ्नो
नाम,थर, वतन जि.बर्दिया राजापुर न.पा. १० बस्ने नारायण सिंह आलेको छोरा बर्ष २२ को
शमशेर आले भनि बताएकोमा कानुन बमोजिम निजको शरीर खानतलासी गर्दा निज शमशेर आलेले
आफ्नो कम्मर पेटीको लाईनमा ला.औ. खैरो हिरोईन जस्तो देखिने पदार्थ रहेको प्लाष्टिक
सहित ५४० मिली ग्राम र NITRAVET -10 लेखिएको १ पत्तामा
१५ ट्याब्लेट लुकाई छिपाई ल्याएको अवस्थामा फेला परेकोले उक्त ला.औ. सहित निजलाई नियन्त्रणमा
लिई आवश्यक कारवाहीको लागी व.प्र.का. विर्तामा पठाइएको ।
२. धनुषा,
मिति २०८०/११/०५ गते ०६:३० बजेको समयमा जि. धनुषा जनकपुर उ.म.न.पा. ८ रामानन्दचोक
स्थितमा प्र.चौ. जनकपुरधामबाट प्र.स.ह. को कमाण्डमा खटिएको चेकिङ्ग टोलीले शंका
लागी चेकजाँच गर्दा ऐ.ऐ.२४ बस्ने दिनेश मोचीको छोरा वर्ष २० को भरत मोचीको साथबाट
गाँजा १ पुरिया (अं.२५ ग्राम) र NITRAVET-10 लेखिएको ट्याब्लेट
९ पिस फेला पारेकोले उक्त ला.औ. सहित निजलाई नियन्त्रणमा लिई जि.प्र.का. धनुषामा
ल्याई थप अनुसन्धान कार्य भईरहेको ।