लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-११-१३
- A
- A-
- A+
१.
पर्सा, मिति२०८०।११।१२ गते
अं. १०:०० बजेको समयमा जि. पर्सा बिरगंज म.न.पा. १९ तिलावे पुल स्थितमा अस्थाई प्रहरी
पोष्ट बिन्दबासिनीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा साईकल यात्री जि.पर्सा
बहुदरमाई न.पा. ९ बिश्रामपुर बस्ने बर्ष ५५ को मोखु रावत कुर्मीले शरीरमा लुकाई
छिपाई भारत तर्फ लैजाँदै गरेको ला.औ. गाँजा ११०० (एघार सय) ग्राम फेला परेको हुँदा
निजलाई ला.औ. र साईकल सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जि.प्र.का.पर्सा
तर्फ पठाईएको ।
२. पर्सा,
मिति २०८०/११/१२ गते १८:४५ बजेको समयमा जि.पर्सा बिरगंज म.न.पा. १६ रजतज्यन्ती चोक
स्थित प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा रक्सौलबाट
बिरगंज तर्फ आउँदै गरेको पैदल यात्री जि. कास्की पोखरा म.न.पा. १४ चाउहो बस्ने रुम
बहादुरको छोरा बर्ष ३३ को केशव जि.सी. लाई चेक जाँच गर्दा निजले लगाएको कालो खैरो
रंगको ट्राउजरको अगाडि दाहिने पाकेटमा ईन्जेक्सन: डाईजोपाम- ९ एम्पुल, फेनारगन- ९
एम्पुल र नुरफिन-९ एम्पुल लागु औषध फेला पारेकोले निजलाई लागु औषध सहित
नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी वडा प्रहरी कार्यालय विर्तामा पठाइएको ।
रौतहट, मिति २०८०।११।१२
गते अं. १४:०० बजेको समयमा जि.प्र.का. रौतहट तथा प्रहरी चौकी हरिनगर
रौतहटबाट खटिएको संयुक्त प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा जि. रौतहट
गुजरा न. पा. ४ लाल बकैया खोला वाँध स्थितमा चेकजाँच गर्ने क्रममा जि. बारा
करैयामाई गा.पा. १ हरैया टोल बस्ने बर्ष ३५ को हबिब अंसारीले पिठ्युमा बोकेको
ब्यागमा लागु औषध गाँजा ४ के.जी. फेला परेकोले उक्त ला.औ. सहित निजलाई नियन्त्रणमा
लिई आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय लक्ष्मिनियाँ बिजयपुरमा बुझाईएको
।