प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस नियन्त्रणमा

२०८०-११-१४

  • A
  • A-
  • A+
Share

१.      पर्सा, मिति २०८०।११।१३ गते अं.१७:०० बजेको समयमा जि.पर्सा बि.म.न.पा. १४ गण्डक चोक स्थितमा प्र.चौ. गण्डकबाट खटिएको प्रहरी चेकिङ टोलिले बिरगंजबाट सिमरातर्फ पैदल जादै गरेको जि.पर्सा बिरगंज म.न.पा.२८ बगही बस्ने कुनेर दुबेदीको छोरा वर्ष १९ को अनिकेत दुबेदी माथि शंका लागि चेकजाँच गर्ने क्रममा निजको पर्सबाट ला.औ. नाईट्रोभेट ट्याब्लेट ६ पिस र नाईट्रोजेपाम ट्याब्लेट १० पिस फेला परेकोले थप अनुसनधान तथा कारबाहिको लागि उक्त ला.औ.सहित निजलाई नियन्त्रणमा लिई व.प्र.का. श्रीपुर पर्सामा पठाईएको ।

२.      सर्लाही, मिति २०८०।११।१३ गते २०:१० बजेको समयमा जि.सर्लाही हरिवन न.पा. १० बस्ने वर्ष ५५ को कुलध्वज घिसिङ र निजको श्रीमती वर्ष ५३ की फुलमायाँ घिसिङले आफ्नै घरमा संचालन गरेको किराना पसलमा ला.औ. गाँजा बिक्री बितरण गरिरहेको भन्ने विशेष सुचनाको आधारमा  ई.प्र.का. हरिवनबाट  खटिएको प्रहरी टोलीले उक्त पसलमा खानतलासी गर्दा कागजको ४३ वटा पुरिया र प्लाष्टिकको ३ वटा पोकामा लुकाई छिपाई राखेको ला.औ. गाँजा (कागज प्लाष्टिक सहित ४१७ ग्राम र कागज  प्लाष्टिक बाहेक ३३५ ग्राम) र नगद रु. ३,७९,३२५/- (तीन लाख उनासी हजार तीन सय पच्चिस) फेला परेकोले उक्त ला.औ. सहित निज फुलमायाँ घिसिङलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको ।

३.      सर्लाही, मिति २०८०।११।१३ गते २१:५० बजेको समयमा जि. सर्लाही बागमती न.पा. १२ बथाने स्कुल अगाडी भित्री सडक खण्डमा ई.प्र.का. कर्मैयाबाट खटिएको गस्ती टोलीले पुतली चोकबाट बथाने तर्फ जाँदै गरेको प्रदेश २-०४-००१ प ९५६२ नं.को २२० सि.सि.को रातो कालो रंगको पल्सर मो.सा.मा सवार ३ जनालाई रोकी चेकजाँच गर्ने क्रममा सवार मध्येका एक जनाले पछाडी बोकेको झोला फाली फरार भएको र दुई जना जि. सर्लाही बागमती न.पा. १२ बथाने नयाँ बस्ती बस्ने चमार सिंह घिसिङको छोरा वर्ष १९ को निशान घिसिङ, जि. सिन्धुली हरिहरपुरगढी गा.पा. ६ बस्ने दुर्गा बहादुर मोक्तानको छोरा वर्ष १८ को मानव मोक्तानलाई नियन्त्रणमा लिई उक्त झोला खोली हेर्दा रातो प्लाष्टिकमा ५ के.जी. २१० ग्राम ला.औ. गाँजा रहेकोले निजहरुलाई गाँजा र मो.सा. सहित नियन्त्रणमा लिई ई.प्र.का. कर्मैयामा ल्याई उक्त गाँजा को कसको हो भनी सोधपुछ गर्दा नाम,थर,वतन खुल्न आएका मानिसलाई खोजतलास गर्ने क्रममा ऐ.ऐ. ११ पुतली चोक स्थितबाट जि. सिन्धुली हरिहरपुरगढी गा.पा. ४ बस्ने आशमान लामाको छोरा वर्ष १९ को रुपेश लामालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।

४.      सर्लाही, मिति २०८०।११।१४ गते अं.१३:४५ बजेको समयमा जि. सर्लाही मलंगवा न.पा. ८ स्थित कार्यालय अगाडी खटिएको प्रहरी चेकिङ टोलीले भारतको सोनवर्षाबाट मलंगवा तर्फ पैदल आउँदै गरेको जि. सर्लाही हरिवन न.पा.४ बस्ने मजिम शेखको छोरा बर्ष २५ को अजमत शेखलाई शंका लागी शरीर खानतलासी गर्दा निजले लगाएको जिन्स पाईन्टको पछाडी पट्टीको दाहिने खल्तीभित्र लुकाई छिपाई राखेको ला.औ. CODEDYL-T 100ml को २ बोत्तल, NITRAVATE-10 ४ पिस ट्याब्लेट, SMON+ ४ पिस ट्याब्लेट फेला पारी निजलाई ला.औ.सहित नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी जि.प्र.का. सर्लाही पठाईएको ।

सम्बन्धित समाचार
लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०२-०४

सिरहा, बरियारपट्टि गाउँपालिका-३ चमार टोल स्थितबाट लागू औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ ७१० मिली ग्राम सहित औरही गाउँपालिका-३  बस्ने बर्ष २० को कृष्ण कुमार यादव र औरही गाउँपालिका-२ तुलसिपुर बस्ने बर्ष-१९ को निरज रायलाई शनिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले देश भारत लदनियाबाट बरियारपट्टि तर्फ आउँदै गरेको प्रदेश २-०१-००२ प ३०६८ नम्बरको मोटरसाईकलमा सवार निजहरुलाईचेक जाँच गर्दा उक्त परिमाण बराबरको लागूऔषध फेला परेकोले निजहरुलाई  नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

स्रोत नखुलेको रकम सहित मानिस प्रकाउ
२०८२-०२-०४

१.      महोत्तरी, औरही नगरपालिका-४ कठुधार स्थितबाट बिशेष सूचनाको आधारमा प्रहरी टोलीले चेक जाँच गर्दा मोटरसाइकल चालक सम्सी गाउँपालिका-७ बस्ने बर्ष-२५ को रवि साह र पछाडी सवार देश भारत जिल्ला सितामढी कनवा-३ बस्ने बर्ष-२० को रितेश साहको साथबाट स्रोत नखुलेको नगद ने.रु. ८,००,०००/-  (आठ लाख) रुपैयाँ फेला पारी निजहरुलाई उक्त रकम सहित नियन्त्रणमा लिएको छ । अस्थाई प्रहरी पोष्ट कठुधारबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा सम्सीबाट गौशाला तर्फ आउँदै गरको मधेश प्रदेश ०२-००७ प ९६८१ नम्बरको मोटरसाइकललाई चेक जाँच गर्दा स्रोत नखुलेको उक्त रकम सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  २.      सिरहा, सिरहा नगरपलिका-२ स्थित भारत जयनगरबाट बसबिट्टा तर्फ BR 06 4629 नम्बरको मोटरसाइकलमा सवार भई जाँदै गरेको देश भारत राज्य बिहार जिल्ला मधुबनी जयनगर बस्ने राम दियाल कारकको छोरा अन्दाजी बर्ष-४५ को सन्जय कारकलाई जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको चेकिङ टोलीले चेकजाँच गर्दा निजको दुबै तिघ्रा र घुँडा भन्दा मुनि लगाईएको KNEE BANDAGE हरूबाट स्रोत नखुलेको ने.रू. १६,३८,०००।- (सोह्र लाख अढत्तिस हजार) र भा.रू.२३० गरी जम्मा ने.रू.१६,३८,३७०।- (सोह्र लाख अढत्तिस हजार तिन सय सत्तरि) सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०२-०२

महोत्तरी, बर्दिवास नगरपालिका ३ गौरीडाँडा स्थितबाट लागू औषध खैरो हिरोईन ब्राउन सुगर जस्तो देखिने पदार्थ ७.७३ ग्राम सहित जिल्ला सिरहा सिरहा नगरपालिका ७ महेश्वरथान टोल बस्ने बर्ष २० को दुर्गेश यादव र जिल्ला सर्लाही बलरा नगरपालिका ४ घर भई हाल जिल्ला सिन्धुली कमलामाई नगरपलिका ८ स्थितमा रहेको २ नम्बर बजारमा तरकारी पसल गरी बस्ने शिवमंगल साहको छोरा बर्ष २७ को चलाख भन्ने धर्मेन्द्र साहलाई बिहीबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । अस्थाई ट्राफिक प्रहरी बिट अगाडी इलाका प्रहरी कार्यालय बर्दिवास र लागू औषध नियन्त्रण ब्युरो बर्दिवासबाट खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सुचनाको आधारमा बर्दिवासबाट सिन्धुली तर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४१५७ नम्बरको बसलाई चेक जाँच गर्ने क्रममा निज दुर्गेश यादवलाई शंका लागी निजको शरीर तलाशी गर्दा उक्त परिमाण बराबरको लागू औषध खैरो हिरोईन ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेकोले निजहरुलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागू औषध खैरो ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित मानिस नियन्त्रणमा
२०८२-०१-३०

महोत्तरी, बर्दिबास नगरपालिका-३ अस्थाई ट्राफिक प्रहरी पोष्ट गौरीडाडाँ स्थितबाट लागू औषध खैरो ब्राउन जस्तो देखिने पदार्थ ५.३७ ग्राम सहित जिल्ला नुवाकोट लिखु गाउँपालिका ५ बस्ने वर्ष २८ को दिपेश श्रेष्ठ र सोही गाउँपालिकाको वडा नं. ६ बस्ने वर्ष २८ को राजेन्द्र डंगोललाई मंगलबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय बर्दिबास र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासबाट खटिएको संयुक्त प्रहरी टोलीले लहान सिरहा देखि काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ७३०३ नम्बरको हायस गाडीलाई चेक जाँच गर्ने क्रममा निजहरुलाई उक्त परिमाण बराबरको लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।