प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध गाँजा सहित मानिस नियन्त्रणमा लिएको

२०८०-११-१६

  • A
  • A-
  • A+
Share

१.      बारा, मिति २०८०।११।१५ गते २२:३० बजेको समयमा जि. बारा सिम्रौनगढ न.पा. ४ गंगानगर स्थित बिषेश सुचनाको आधारमा ई.प्र.का. सिम्रौनगढ बाराबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बारागढीबाट भारत तर्फ जाँदै गरेको ना ३८ प १४११ नं.को मो.सा.मा सवार जि. रौतहट फतुवा बिजयपुर न.पा. ३ मेवा बस्ने गोपीचन साहको छोरा बर्ष ५० को रामानन्द साह, ऐ.ऐ. बस्ने सत्य नारायण महराको छोरा बर्ष ४५ को चुलाई महरा र जि.बारा आदर्श कोतवाल गा.पा. ३ बतरा बस्ने बिद्यानन्द गिरीको छोरा बर्ष २७ को सरोज कुमार गिरीलाई शंका लागी चेकजाँच गर्दा रातो प्लास्टिकले बेरिएको अं. १५ के.जी. ला.औ. गाँजा फेला पारेकोले उक्त गाँजा सहित मो.सा. र ३ जना  मानिसलाई नियन्त्रणमा लिई ई.प्र.का. सिम्रौनगढमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

१.      महोत्तरी, मिति २०८०/११/१६ गते ०८:१५ बजेको समयमा जि.महोत्तरी पिपरा गा.पा. ४ पिपरा चोक स्थितमा ई.प्र.का. महोत्तरीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा जलेश्वरबाट पिपरा तर्फ आउँदै गरेको ज १ ह ३९४५ नं.को टेम्पोलाई चेकजाँच गर्दा फेनारगन (Phenergan)  ४९६ एम्पुल, ट्यालगेसिस (Talgesic) ४९९ एम्पुल, डाईजेपाम (Diazepam) ४९२  एम्पुल गरी जम्मा १४८७ (पिस) एम्पुल ला.औ. फेला परेकोले उक्त ला.औ. सहित टेम्पो, टेम्पो चालक जि. महोत्तरी पिपरा गा.पा. २ बस्ने मोहमद ईजाहारुल हुसेनको छोरा बर्ष ३६ को महमद सिकिन्द्र हुसेन, टेम्पोमा सवार ऐ. मटिहानी न.पा. ९ सिमरदही बस्ने सन्देश साफीको छोरा बर्ष १९ को गुडु साफी र भारत बिहार ग्राम सोनवर्षा बस्ने मोहन राउतको छोरा बर्ष २० को सुवोध राउतलाई नियन्त्रणमा लिई ई.प्र.का. सहोडवा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०६-०४

 १.     पर्सा, बिरगंज महानगरपालिका १६ भानु चोक स्थितबाट लागू औषध Nitravate-10 लेखिएको ट्याब्लेट २० पिस सहित जिल्ला बाग्लुङ बाग्लुङ नगरपालिका १४ अमला चौर घर भई जिल्ला पर्वत पर्वत नगरपालिका ३ बडा गाउँ बस्ने वर्ष २५ को बिशाल के.सी.लाई बिहीवार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरी टोलीले शंका लागी चेक जाँच गर्ने क्रममा निजलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  २.     सर्लाही, हरिवन नगरपालिका ३ डाबरी टोल स्थितबाट लागू औषध गाँजा ३ किलो ७९० ग्राम सहित सोही स्थान बस्ने सुक बहादुर योन्जनको श्रीमती बर्ष ४० की शान्ती माया थिङ्लाई बिहीवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी टोलीले  लागू औषध गाँजा बिक्री वितरण भईरहेको छ भन्ने विशेष सुचनाको आधारमा निजको घर र पसलमा खानतलासी गर्ने क्रममा निजलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  बारा, जितपुरसिमरा उपमहानगरपालिका १० बेहारा र हरपुर भित्री सडक खण्डबाट लागू औषध गाँजा ४५ किलोग्राम बिहीवार राती प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा नितनपुरबाट हरपुर तर्फ जाँदै गरेको नम्बर नखुलेको R15 मोटरसाइकलमा सवार व्यक्तिले गस्ती टोलीलाई देख्ना साथ ३ वटा झोला फाली मोटरसाइकलमा सवार दुवै जना फरार रहेकोमा उक्त झोला चेक जाँच गर्दा १५ किलोको दरले तीन पोकामा ४५ किलो ग्राम गाँजा प्रहरीले बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

फरार प्रतिवादी पक्राउ
२०८१-०६-०२

१.      सिरहा, लागू औषध मुद्दामा १ महिना कैद सजाय तोकिएको फरार प्रतिवादी जिल्ला सिरहा सुखिपुर नगरपालिका १० बस्ने बर्ष २१ को अजय कुमार रामलाई मंगलबार सांझ प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट शिवचोकबाट खटिएको प्रहरी टोलीले निजलाई सुखिपुर नगरपालिका ७ दहिपौडी चौकबाट नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।  २.     रौतहट, लागू औषध मुद्दामा रु. १,००,०००/- (एक लाख रुपैयाँ) जरिवाना र २ बर्ष कैद सजाय भएको फरार प्रतिवादी जिल्ला रौतहट बृन्दावन नगरपालिका १ बस्ने बर्ष २८ को बिगु पटेललाई बुधवार बिहान प्रहरीले नियन्त्रणमा लिईएको छ । प्रहरी चौकी बिश्रामपुरबाट खटिएको प्रहरी टोलीले निजलाई बृन्दावन नगरपालिका १ चादी खोलाबाट नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लागू औषध सहित गाडी र मानिस नियन्त्रणमा
२०८१-०६-०१

१.     महोत्तरी, रामगोपालपुर नगरपालिका ५ रामगोपालपुर चोक स्थितबाट लागू औषध गाँजा १५० किलोग्राम सहित जिल्ला धादिङ धुनबेसी नगरपालिका ६ बस्ने बर्ष ३० को संजिप खत्री र जिल्ला चितवन खैरेनी नगरपालिका १ बस्ने बर्ष १८ को सुदिप अधिकारीलाई सोमबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय रामगोपालपुरबाट खटिएको प्रहरी गस्ती टोलीले गोप्य सुचनाको आधारमा उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको  बा. प्र.०१-०२६ च १३३६  नम्बरको टाटा पिकअप गाडीलाई चेकजाँच गर्दा निजहरुलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सन्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । २.     पर्सा, बिरगंज महानगरपालिका ८ पानीटंकी टोल जमुना सेकुवा पसलबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ४८ ग्राम सहित भारत विहार जिल्ला मोतीहारी थाना आदापुर बस्ने वर्ष २३ को बिकाश कुमार पटेललाई आईतवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्सा तथा प्रहरी चौकी बसपार्कबाट खटिएको संयुक्त प्रहरी टोलीले लागू औषध खरिद बिक्री भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा एक जना शंकास्पद व्यक्तिलाई खानतलासी गर्दा उक्त लागू औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०५-३०

१.      सिरहा, कर्जन्हा नगरपालिका १०प्रयागपुर चोक स्थितबाट लागू औषध खैरो हिरोईन जस्तो देखिने पदार्थ प्लाष्टिक सहित ८०० ग्राम सहित जिल्ला धनुषा धनुषाधाम नगरपालिका ३ बस्ने बर्ष ३५ को उमेश ठाकुर र बटेश्वर गाउँपालिका २ बटेश्वर बस्ने बर्ष ५० को प्रबेश ठाकुरलाई शनिवार राती प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले मिर्चैयाबाट बन्दिपुर तर्फ जाँदै गरेको प्रदेश नं.२-०२-००४ प.३३३ नम्बरको मोटरसाइकललाई चेक जाँच गर्ने क्रममा निजहरुलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । २.     सर्लाही, मलंगवा नगरपालिका ९ जि.बि.स. चोक स्थितबाट लागू औषध DIAZEPAM INJECTION I.P. ३४ पिस, PROMETHAZINE HYDROCHLORIDE INJECTIONT I.P. ३५ पिस र PLANE INJECTION ३४ पिस गरी जम्मा १०३ पिस सहित बागमती नगरपालिका १२ बस्ने वर्ष २५ को अनिल राईलाई आईतवार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा निजलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०५-२८

लागू औषध सहित मानिस नियन्त्रणमा१.     पर्सा, बहुदरमाई नगरपालिका ३ पदमैल गम्हरियाबाट लागू औषध गाँजा १५ किलो ग्राम सहित सोही स्थान बस्ने बर्ष ३८ को रफिक महमदलाई बिहीबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा निजको घरको बिभिन्न ठाउँमा लुकाई छिपाई राखेको अवस्थामा १५ किलो लागू औषध गाँजा सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । २.     बारा, जितपुर सिमरा उपमहानगरपालिका २१ स्थितबाट लागू औषध गाँजा १ के.जी. ५०० ग्राम सहित जिल्ला बारा प्रसौनी गा.पा. ६ प्रसौनी बस्ने वर्ष ३५ को अजय साह र जिल्ला बारा कलैया उ.म.न.पा १८ मनगढवा बस्ने वर्ष ४५ को चनरदेव महतोलाई बिहीबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले हेटौंडाबाट बिरगंज तर्फ आउँदै गरेको ना ४ ख ९८६८ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा निजहरुलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । ३.     सिरहा, औरही गा.पा.०१ हनुमान चौक स्थितबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ प्लाष्टिक सहित ५.४०० मिलि ग्राम, बिभिन्न कम्पनीको माबाईल थान -४ र नेपाली नगद रु. १,१९,०००/- (एक लाख उन्नाईस हजार) सहित जि.सिरहा सिरहा न.पा.०१ बस्ने प्रदिप यादवको छोरा अं.बर्ष २७ को पंकज यादव, सिरहा न.पा. २ बस्ने बर्ष २२ को शंकर यादव र औरही गा.पा. ५ बस्ने बर्ष २९ को प्रबिण यादवलाई बिहीबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । लागू औषध नियन्त्रण ब्युरो गोलबजार र प्रहरी चौकी हर्कट्टीबाट खटिएको संयुक्त प्रहरी टोलीले हर्कट्टीबाट भारत लदनियाँ बोर्डर तर्फ जाँदै गरेको BR 06 DC 4995 नम्बरको जिपलाई शंका लागी चेकजाँच गर्दा निजहरुलाई उक्त लागू औषध, मोबाईल र नगद सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।