प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस पक्राउ

२०८०-११-२७

  • A
  • A-
  • A+
Share


१.      पर्सा, मिति २०८०/११/२६ गते अं. २०:०० बजेको समयमा जि. पर्सा बिरगंज म.न.पा. १६ गणेश टोल स्थितमा जि.प्र.का. पर्साबाट खटिएको सुचना संकलनको टोलिले चेक जाँच गर्ने क्रममा ऐ. ऐ. बस्ने रमजान मियाको छोरा बर्ष २२ को समिर मियाको साथबाट TRAMADOL 50 नामक ८ पत्तामा ७९ पिस ला.औ. फेला परेकोले उक्त ला.औ. सहित निजलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी जि.प्र.का. पर्सामा बुझाएको ।

 

२.      पर्सा, मिति २०८०/११/२६ गते अं. १६:०० बजेको समयमा जि. पर्सा बिरगंज म.न.पा. १६ रजत जयन्ती चोक स्थित प्र.चौ. ईनर्वा तथा लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बिरगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा रक्सौलबाट बिरगंज तर्फ शंकास्पद रुपमा पैदल आउँदै गरेको अवस्थामा चेक जाँच गर्दा जि. पर्सा बिरगंज म.न.पा. २० हरपतगंज टोल बस्ने राकेश रायको छोरा वर्ष १९ को कार्तिक कुमार राय र ऐ.ऐ. वडा नं. १७ भुटनदेवी बस्ने टुना रायको छोरा वर्ष २० को युवराज रायलाई चेक जाँच गर्दा कार्तिक कुमार रायले लगाएको सेतो जिन्स पाईन्टको दाहिने खल्तीमा कालो मास्कमा लुकाई छिपाई ल्याएको अवस्थामा खैरो हिरोईन जस्तो देखिने पदार्थ सेतो प्लाष्टिकको पुरीया-१, प्लाष्टिकको पुरीया सहित ३७० मि. ग्राम फेला परेकोले उक्त ला.औ. सहित दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी व.प्र.का. विर्तामा पठाईएको।

 

३.      महोत्तरी, मिति २०८०।११।२६ गते अं. १४:०० बजेको समयमा जि. महोत्तरी सम्सी गा.पा. ६ स्थित मस्जिद चोकमा प्र.चौ. सम्सीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेको जि. धनुषा मिथिला न.पा. १० प्रगती टोल बस्ने रमेश प्रसाद बरालको छोरा बर्ष २६ को बिशाल बरालको साथबाट Nitravet ट्याब्लेट २० पत्तामा 300 पिस ला.औ. फेला परेको उक्त ला.औ. सहित निजलाई नियन्त्रणमा लिई प्रहरी चौकी सम्सीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

४.      सर्लाही, मिति २०८०।११।२७ गते ११:४५ बजेको समयमा जि. सर्लाही मलंगवा न.पा. ८ स्थित कार्यालय अगाडी प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतको सोनवर्षाबाट मलंगवा तर्फ जाँदै गरेको जि. काभ्रे नमो बुद्ध न.पा. ७ बस्ने सुकमान तामाङको छोरा वर्ष १९ को मनिष तामाङले लगाएको जिन्स पाईन्टमा नाईट्राभेट ट्याब्लेट-४ पत्तामा ६० पिस र ऐ.ऐ. बस्ने सानु कान्छा तामाङको छोरा वर्ष २६ को अरुण लामाले लगाएको जिन्स पाईन्टमा नाईट्राभेट ट्याब्लेट-६ पत्तामा ९० पिस गरि जम्मा १५० पिस लागु औषध फेला परेकोले उक्त ला.औ. सहित दुवै जनालाई नियन्त्रणमा लिई जि.प्र.का. सर्लाहीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

५.      पर्सा, मिति २०८०।११।२७ गते १२:३० बजेको समयमा जि. पर्सा बिरगंज म.न.पा. १३ पावर हाउस स्थित वडा प्रहरी कार्यालय श्रीपुर तथा लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय बिरगंजबाट खटिएको संयुक्त प्रहरी टोलिले विशेष सुचनाको आधारमा पावर हाउस चोक देखि गण्डकतर्फ पैदल जाँदै गरेको अवस्थामा जि. पर्सा बिरगंज म.न.पा. १३ राधेमाइ बस्ने बर्ष ४८ को बिनोद गुप्तालाई चेक जाँच गर्ने क्रममा निजले बोकेको कालो झोला खोलि हेर्दा नाइट्राभेट १० लेखिएको ट्याब्लेट ३०पिसको दरले ६० पत्तामा १८०० पिस ला.औ. फेला पारेकोले उक्त ला.औ. सहित निजलाई नियन्त्रणमा लिई व.प्र.का. श्रीपुरमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।   

सम्बन्धित समाचार
लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०२-०४

सिरहा, बरियारपट्टि गाउँपालिका-३ चमार टोल स्थितबाट लागू औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ ७१० मिली ग्राम सहित औरही गाउँपालिका-३  बस्ने बर्ष २० को कृष्ण कुमार यादव र औरही गाउँपालिका-२ तुलसिपुर बस्ने बर्ष-१९ को निरज रायलाई शनिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले देश भारत लदनियाबाट बरियारपट्टि तर्फ आउँदै गरेको प्रदेश २-०१-००२ प ३०६८ नम्बरको मोटरसाईकलमा सवार निजहरुलाईचेक जाँच गर्दा उक्त परिमाण बराबरको लागूऔषध फेला परेकोले निजहरुलाई  नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

स्रोत नखुलेको रकम सहित मानिस प्रकाउ
२०८२-०२-०४

१.      महोत्तरी, औरही नगरपालिका-४ कठुधार स्थितबाट बिशेष सूचनाको आधारमा प्रहरी टोलीले चेक जाँच गर्दा मोटरसाइकल चालक सम्सी गाउँपालिका-७ बस्ने बर्ष-२५ को रवि साह र पछाडी सवार देश भारत जिल्ला सितामढी कनवा-३ बस्ने बर्ष-२० को रितेश साहको साथबाट स्रोत नखुलेको नगद ने.रु. ८,००,०००/-  (आठ लाख) रुपैयाँ फेला पारी निजहरुलाई उक्त रकम सहित नियन्त्रणमा लिएको छ । अस्थाई प्रहरी पोष्ट कठुधारबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा सम्सीबाट गौशाला तर्फ आउँदै गरको मधेश प्रदेश ०२-००७ प ९६८१ नम्बरको मोटरसाइकललाई चेक जाँच गर्दा स्रोत नखुलेको उक्त रकम सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  २.      सिरहा, सिरहा नगरपलिका-२ स्थित भारत जयनगरबाट बसबिट्टा तर्फ BR 06 4629 नम्बरको मोटरसाइकलमा सवार भई जाँदै गरेको देश भारत राज्य बिहार जिल्ला मधुबनी जयनगर बस्ने राम दियाल कारकको छोरा अन्दाजी बर्ष-४५ को सन्जय कारकलाई जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको चेकिङ टोलीले चेकजाँच गर्दा निजको दुबै तिघ्रा र घुँडा भन्दा मुनि लगाईएको KNEE BANDAGE हरूबाट स्रोत नखुलेको ने.रू. १६,३८,०००।- (सोह्र लाख अढत्तिस हजार) र भा.रू.२३० गरी जम्मा ने.रू.१६,३८,३७०।- (सोह्र लाख अढत्तिस हजार तिन सय सत्तरि) सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०२-०२

महोत्तरी, बर्दिवास नगरपालिका ३ गौरीडाँडा स्थितबाट लागू औषध खैरो हिरोईन ब्राउन सुगर जस्तो देखिने पदार्थ ७.७३ ग्राम सहित जिल्ला सिरहा सिरहा नगरपालिका ७ महेश्वरथान टोल बस्ने बर्ष २० को दुर्गेश यादव र जिल्ला सर्लाही बलरा नगरपालिका ४ घर भई हाल जिल्ला सिन्धुली कमलामाई नगरपलिका ८ स्थितमा रहेको २ नम्बर बजारमा तरकारी पसल गरी बस्ने शिवमंगल साहको छोरा बर्ष २७ को चलाख भन्ने धर्मेन्द्र साहलाई बिहीबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । अस्थाई ट्राफिक प्रहरी बिट अगाडी इलाका प्रहरी कार्यालय बर्दिवास र लागू औषध नियन्त्रण ब्युरो बर्दिवासबाट खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सुचनाको आधारमा बर्दिवासबाट सिन्धुली तर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४१५७ नम्बरको बसलाई चेक जाँच गर्ने क्रममा निज दुर्गेश यादवलाई शंका लागी निजको शरीर तलाशी गर्दा उक्त परिमाण बराबरको लागू औषध खैरो हिरोईन ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेकोले निजहरुलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागू औषध खैरो ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित मानिस नियन्त्रणमा
२०८२-०१-३०

महोत्तरी, बर्दिबास नगरपालिका-३ अस्थाई ट्राफिक प्रहरी पोष्ट गौरीडाडाँ स्थितबाट लागू औषध खैरो ब्राउन जस्तो देखिने पदार्थ ५.३७ ग्राम सहित जिल्ला नुवाकोट लिखु गाउँपालिका ५ बस्ने वर्ष २८ को दिपेश श्रेष्ठ र सोही गाउँपालिकाको वडा नं. ६ बस्ने वर्ष २८ को राजेन्द्र डंगोललाई मंगलबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय बर्दिबास र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासबाट खटिएको संयुक्त प्रहरी टोलीले लहान सिरहा देखि काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ७३०३ नम्बरको हायस गाडीलाई चेक जाँच गर्ने क्रममा निजहरुलाई उक्त परिमाण बराबरको लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।