लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-११-३०
- A
- A-
- A+
१.
पर्सा, मिति २०८०।११।२९ गते
अं. १४:०० बजेको समयमा जि. पर्सा बिरगंज म.न.पा. ८ लिङ्करोड स्थितमा अ.प्र.पोष्ट
घण्टाघरबाट खटिएको प्रहरी टोलीले ऐ. वडा
नं १५ बस्ने गंगा सिंहको छोरा बर्ष २५ को सुशिल कुमार सिंहको शरीर खानतलाशी गर्दा
निजले लगाएको पाईन्टको खल्तिबाट ला.औ. खैरो हिरोईन जस्तो देखिने पदार्थ १०
मिलिग्राम र ला.औ. नाईट्राभेट ट्याब्लेट ३ पिस फेला
परेकोले उक्त ला.औ. सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारवाहीको लागी व.प्र.का.
बिर्तामा पठाईएको ।
२.
महोत्तरी, मिति २०८०।११।२९
गते अं. १६:०० बजेको समयमा जि. महोत्तरी बर्दिबास न.पा. ११ खयरमारा
स्थित प्र.चौ. खयरमाराबाट खटिएको गस्ति टोलिले भित्री छोरके खोलाबाट खयरमारा बजार
तर्फ आउँदै गरेको बा ३३ प १६०२ नं. को मो. सा. मा सवार जि. सर्लाही ईश्वरपुर न.पा.
१२ बस्ने भिम बहादुर थिङको छोरा बर्ष २३ को दल बहादुर थिङ र ऐ.ऐ. बस्ने बिर बहादुर
बलको छोरा बर्ष २० को उत्रमान बललाई शंकालागी चेक जाँच गर्दा उक्त नं. को मो. सा.
मा रातो प्लाष्टिक भित्र लुकाई छिपाई राखेको प्रतिबन्धित ला.औ. गाँजा अं. १ के.जी.
फेला पारेकोले उक्त ला.औ. सहित मो. सा. र निज दुवै जनालाई नियन्त्रणमा लिई ई.प्र.का.
बर्दिबासमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।
३. धनुषा, मिति २०८०/११/२९ गते १५:१५ बजेको समयमा जि. धनुषा जनकपुर उ.म.न.पा. ४ मुरली चोक स्थितमा प्र.चौ. हनुमाननगरबाट खटिएको प्रहरी टोलिले पैदल यात्री जि. धनुषा क्षिरेश्वरनाथ न.पा. २ नक्टाझिज बस्ने रामगुलाम दासको छोरा वर्ष १८ को सुजित दासलाई चेक जाँच गर्दा निजको साथबाट नाईट्राभेट १० लेखिएको ट्याब्लेट १५० पिस फेला परेकोले उक्त ला.औ. सहित निजलाई नियन्त्रणमा लिई जि.प्र.का. धनुषामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।
४. बारा, मिति २०८०।११।२९ गते अं. ०७:०० बजेको
समयमा ई.प्र.का. निजगढबाट खटिएको प्रहरी टोलिले विशेष सूचनाको आधारमा जि.बारा, निजगढ
न.पा. १६ टांगिया बस्ती बस्ने वर्ष २७ को अजय घलान भन्ने कान्छाराम तामाङको घरमा
खानतालासी गर्दा लुकाई छिपाई राखेको ला.औ. ट्रामाडोल १२०५
पिस,
नाईट्राभेट ७५ पिस र
एन्टिकफ ६६ पिस ट्याब्लेट ला.औ.
फेला परेकोले उक्त ला.औ. सहित निजलाई नियन्त्रणमा लिई लागु औषध मुद्दा दर्ता गरी
सम्मानित बारा जिल्ला अदालत, कलैयाबाट दिन ३ (तिन) म्याद थप गरी थप अनुसन्धान
कार्य भईरहेको ।