प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागू औषध सहित मानिस नियन्त्रणमा

२०८०-१२-०६

  • A
  • A-
  • A+
Share


१.      पर्सा, मिति २०८०/१२/०५ गते अं. २२:०० बजेको समयमा जि.पर्सा बिरगंज म.न.पा. १६ भानुचोक स्थितमा प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरी गस्ती टोलिले शंकास्पद रुपमा पैदल हिंडिरहेको जि.बारा निजगढ न.पा. ६ बस्ने जिवन सिलवालको छोरा वर्ष २१ को सुलभ सिलवाल र ऐ.ऐ. ७ बस्ने कुमार मगरको छोरा वर्ष १९ को कुशल मगरलाई शंका लागि चेकजाँच गर्ने क्रममा निजहरूको साथबाट ला.औ. नाईट्राभेट-10 लेखिएको ३० ट्याब्लेट फेला परेकोले उक्त ला.औ. सहित निजहरूलाई नियन्त्रणमा लिई व.प्र.का.श्रीपुरमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

२.      पर्सा, मिति २०८०/१२/०५ गते अं. १८:०० बजेको समयमा जि.पर्सा बिरगंज म.न.पा. १५ चालिस फिट रोड स्थितमा जि.प्र.का. पर्साबाट खटिएको प्रहरी टोलीले रक्सौलबाट बिरगंज तर्फ आउँदै गरेको ना.९५ प. २३०३ नं. को स्कुटरलाई शंका लागि चेक जाँच गर्दा स्कुटर चालक जि. रौतहट चन्द्रपुर न.पा. ५ बस्ने गणेश श्रेष्ठको छोरा वर्ष २४ को सेजल श्रेष्ठको पाईन्टको खल्तीमा लुकाई छिपाई राखेको खैरो हिरोईन जस्तो देखिने पदार्थ प्लाष्टिक वाहेक १ ग्राम फेला परेकोले उक्त लागू औषध, स्कुटर, निज सेजल श्रेष्ठ र स्कुटरको पछाडी सवार जि.पर्सा जिराभवानिपुर गा.पा. २ बस्ने हिरामन साहको छोरा वर्ष १८ को बिजय साहलाई नियन्त्रणमा लिई जि.प्र.का. पर्सामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

३.      पर्सा, मिति २०८०/१२/०५ गते १७:३० बजेको समयमा जि.पर्सा बिरगंज म.न.पा. १६ रजत जयन्ती चोक स्थितमा प्र.चौ. ईनर्वा तथा लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बिरगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले रक्सौलबाट बिरगंज तर्फ आईरहेको एक जना महिला र एक जना पुरुषलाई शंका लागि चेकजाँच गर्दा जि. चितवन भरतपुर म.न.पा. १७ शारदा नगर बस्ने बुद्धि बहादुर वि.क.को छोरी वर्ष २५ की सुनिता बि.क. ले लगाएको कुर्ता भित्र लुकाई छिपाई राखेको अवस्थामा खैरौ हिरोईन जस्तो देखिने पदार्थ प्लाष्टिक बाहेक १ ग्राम फेला परेकोले उक्त ला. औ. सहित निज र निजसँगै आएका ऐ.ऐ. बस्ने प्रकाश गुरुङको छोरा वर्ष २४ को अमित गुरुङलाई नियन्त्रणमा लिई व.प्र.का.विर्तामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

४.      सप्तरी, मिति २०८०/१२/०६ गते ०४:१० बजेको समयमा जि.सप्तरी छिन्नमस्ता गा.पा. ३ सखडा मौहुवा नहर स्थितमा नेपालबाट भारत तर्फ ३ बोरा चिजबस्तु टाउकोमा बोकी लैजाँदै गरेको अवस्थामा इ.प्र.का. सखडाबाट खटिएको प्रहरी गस्ती टोलीलाई देख्ना साथ उक्त बोरा फाली मानिस फरार भएकोमा खटिएको प्रहरी गस्ती टोलीले उक्त बोरा चेकजाँच गर्दा लागु औषध गाँजा १२० के.जि. रहेकोले उक्त ला.औ. गाँजा इ.प्र.का. सखडामा ल्याई थप अनुसन्धान कार्य भईरहेको । 

१.      बारा, मिति २०८०/१२/०६ गते २४:१५ बजेको समयमा जि. बारा जितपुरसिमरा उ.म.न.पा. २१ स्थितमा इ.प्र.का. अम्लेखगंजबाट खटिएको प्रहरी चेकिङ टोलीले विशेष सुचनाको आधारमा  बिरगंजबाट हेटौंडा तर्फ जादै गरेको प्र.२-०३-००१ च ५९३४ नं.को योद्धा पिकअप गाडीलाई शंका लागी चेकजाँच गर्दा गाडी भित्र लुकाई छिपाई ल्याएको ला.औ. ट्रमानिल ट्याब्लेट (८०,००० पिस) ८,००० पत्ता फेला परेकोले उक्त ला.औ. सहित पिकअप,  चालक जि. बारा जितपुरसिमरा उ.म.न.पा. २३ बस्ने वर्ष २१ को मैनोदिन मिया अन्सारीलाई नियन्त्रणमा लिई इ.प्र.का. अम्लेखगंजमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
स्रोत नखुलेको रकम सहित मानिस नियन्त्रणमा
२०८१-०६-१६

महोत्तरी, मनरासिस्वा नगरपालिका २ भोल्ही चोकबाट स्रोत नखुलेको नेपाली रकम रु. ११,८१,३००/- (एघार लाख एकासी हजार तिन सय) र भा.रु. ५०/- (पचास रुपैयाँ) सहित जिल्ला महोत्तरी सम्सी गाउँपालिका ६ बस्ने बर्ष ४२ को शेष हसमत अलीलाई मंलवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी ईटहर्वाकट्टी र जि.प्र.का. महोत्तरीबाट खटिएको संयुक्त प्रहरी टोलीले बिषेश सुचनाको आधारमा प्र.२-०२-००५ प ५९९५ नम्बरको मोटरसाइकललाई चेक जाँच गर्ने क्रममा स्रोत नखुलेको उक्त रकम सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अबैध प्याज सहित भारतीय ट्रक नियन्त्रणमा
२०८१-०६-१४

१.     सर्लाही, मलंगवा नगरपालिका ८ गोरखकाली स्थितबाट अं.मुल्य रु. २८,००,०००/- (अट्ठाईस लाख रुपैयाँ) बराबरको ३५ टन प्याज सहित JH 02 BM 2981 नम्बरको भारतीय ट्रकलाई आईतवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी गोरखकाली सर्लाहीबाट खटिएको प्रहरी गस्ती टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको उक्त ट्रकलाई रोकी चेकजाँच गर्दा भन्सारको कागजपत्र नभएकोले उक्त ट्रकको अं. मुल्य रु. ६०,००,०००/- (साट्ठी लाख) र ट्रकमा लोड रहेको प्याज ३५ टन (पैंतिस टन) अ.मुल्य रु. २८,००,०००।–(अठ्ठाईस लाख) गरी जम्मा अ. मुल्य रु. ८८,००,०००/- (अठ्ठासी लाख) बराबरको सामान सहित ट्रक चालक देश भारत झारखण्ड प्रदेश जिल्ला कोडरमा ग्रामपंचायत संग्रमढी बस्ने बर्ष ३६ को उमेश यादबलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको छ ।

लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०६-१४

१.     पर्सा, बिरगंज महानगरपालिका १६ भानु चोक स्थितबाट २३ ग्राम ३०० मि.लि. ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित भारत बिहार जिल्ला मोतिहारी ग्राम पञ्चायत नकरदेही वडा नं. १ बस्ने वर्ष २० को फुल महम्द देवान र वर्ष २८ को अली अख्तरलाई आईतवार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बसपार्क, पर्सा र लागू औषध नियन्त्रण ब्युरो बिरगन्जबाट खटिएको  संयुक्त प्रहरी टोलिले नग्वाबाट बसपार्क तर्फ आउँदै गरेको BR05AA-4450 नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा निजहरुलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  २.     सिरहा, नबराजपुर गाउँपालिका १ भगवतीपुर टोल स्थित भित्री सडक खण्डबाट लागू औषध CODEINE PHOSPHATE WIXDIN CAUGH SYRUP - (कफ सिरफ) लेखिएको 100 ML को- ८४ बोतल, PHENERGAN -१०१ एम्पुल, DIAZEPAM- ९५  एम्पुल, BUPRENORPHINE- ९८ एम्पुल सहित जिल्ला सिरहा लक्ष्मीपुर पतारी गाउँपालिका ६ सितापुर टोल बस्ने बर्ष ४० को भगत यादबलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेशवारी सिरहाबाट खटिएको प्रहरी गस्ति टोलीले गोप्य सुचनाको आधारमा भगवतीपुरबाट सितापुर तर्फ प्लाष्टिकको बोरा बोकी पैदल जाँदै गरेको निजलाई चेकजाँच गर्ने क्रममा उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।