लागू औषध सहित मानिस नियन्त्रणमा
२०८०-१२-०७
- A
- A-
- A+
१.
पर्सा, मिति २०८०/१२/०६ गते
अं. १८:०० बजेको समयमा जि. पर्सा बिरगंज म.न.पा.१६ रजतजयन्ती चोक स्थित प्र.चौ.
ईनर्वाबाट खटिएको प्रहरी टोलीले रक्सौल तर्फबाट बिरगंज तर्फ दुई जना मानिसहरु
शंकास्पद रुपमा पैदल आईरहेकोमा निजहरु माथि शंका लागि चेक जाँच गर्दा जि.चितवन
भरतपुर म.न.पा. १४ बस्ने मान बहादुर परियारको छोरा वर्ष ३३ को बिनोद परियारले
लगाएको सर्टको खल्तीमा लुकाई छिपाई राखेको अवस्थामा ला.औ. नाईट्राभेट १० लेखिएको
ट्याब्लेट एक पत्तामा १५ पिस र अर्को पत्तामा ६ पिस गरी जम्मा २१ पिस ट्याब्लेट र
ऐ.ऐ. बस्ने कृष्ण बहादुर कार्कीको छोरा वर्ष ३७ को शिव कार्कीले बोकेको झोलामा ला.औ.
नाईट्राभेट १० लेखिएको ट्याब्लेट एक पत्तामा
१५ पिस र नाईट्राकेयर-१० लेखिएको ट्याब्लेट १ पत्तामा ५ पिस गरी जम्मा २० पिस
ट्याब्लेट फेला परेकोले उक्त ला.औ. सहित निजहरुलाई नियन्त्रणमा लिई व.प्र.का.विर्तामा
ल्याई थप अनुसन्धान कार्य भईरहेको ।
२.
सिरहा, मिति २०८०।१२।०६ गते १६:४५
बजेको समयमा जि.सिरहा बरियारपट्टी गा.पा.३ चमरटोली दशगजा स्थित इ.प्र.का. बरियारपट्टीबाट
खटिएको प्रहरी टोली र बि.ओ.पी. बरियारपट्टीबाट संयुक्त टोलीले ऐ. स्थित गोरेटो
बाटो हुँदै नेपालबाट भारत तर्फ जाँदै गरेको २ जना सवार मधेश प्रदेश ०१-००५ प २४१५
नं.को मो.सा. लाई रोक्न खोज्दा मो.सा.मा पछाडी सवार व्यक्तिले पछाडी बोक्ने कालो
झोला फाली भारत तर्फ फरार भएकोमा उक्त झोला खोली हेर्दा झोला भित्र प्लास्टिकमा
अं. १.५ के.जी गाँजा फेला परेकोले उक्त
ला.औ. सहित मो.सा. समेत बरामद गरी इ.प्र.का. बरियारपट्टीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।