प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस पक्राउ

२०८०-१२-१४

  • A
  • A-
  • A+
Share


१.      सर्लाही, मिति २०८०।१२।१३ गते १७:४५ बजेको समयमा जि. सर्लाही लालबन्दी न.पा. १ नवलपुर चोक स्थित इ.प्र.का. नवलपुरबाट खटिएको प्रहरी टोलीले दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको २ जना पैदल यात्री जि. सर्लाही लालबन्दी न.पा. ६ बस्ने कुमार वि.क. को छोरा बर्ष १९ को निशान वि.क. र ऐ.ऐ. बस्ने राम हृदय महतोको छोरा बर्ष १७ को संन्जय महतोलाई शंका लागि शरीर खान तलासी गर्दा नाईट्राभेट १० लेखिएको ट्याब्लेट २ पत्ता २१ पिस र ला.औ. गाँजा प्लाष्टिक सहित १ ग्राम दुई सय मिलि ग्राम, प्लाष्टिक बाहेक ६९० मिलि ग्राम लागु औषध फेला परेकोले उक्त ला.औ. सहित निजहरुलाई नियन्त्रणमा लिई इ.प्र.का. लालबन्दीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

२.      महोत्तरी, मिति २०८०।१२।१३  गते १७:५५ बजेको समयमा जि. महोत्तरी औरह न.पा. २ विद्युत कार्यालय स्थित बर्दिवास जलेश्वर सडक खण्डमा प्रहरी चौकी औरहीबाट खटिएको प्रहरी चेकिङ टोलीले सम्सीबाट बर्दिबास तर्फ आउँदै गरेको लु.५९ प.६३३७ नं. को मो.सा.लाई चेक जाँच गर्दा मो. सा. चालक जि. धनुषा मिथला न.पा. ८ कुसुम विसौना बस्ने बेचन महतोको छोरा बर्ष ३० को सियाराम महतोको साथबाट अबैध ला.औ. EXIPLONA-(नौ) बोतल, NITRAVET-10 TABLET १२(बाह्र) पिस र SPASMO TABLET १३ (तेह्र) पिस फेला परेकोले उक्त ला.औ. सहित निज र मो.सा. पछाडी सवार. ऐ.ऐ बस्ने जय प्रकाश ठाकुरको छोरा बर्ष २० को सुभाष शर्मालाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी ई.प्र.का.गौशालामा पठाइएको ।

३.      सिरहा, मिति २०८०।१२।१३ गते अं. १७:०० बजेको समयमा जि. सिरहा धनगढीमाई न.पा.१० लोक मार्ग स्थित कार्यालय अगाडी इ.प्र.का. धनगढीको र ट्राफिक प्रहरीको संयुक्त चेकिङ्ग टोलिले चेकजाँच गर्ने क्रममा लहानबाट गोलबजार तर्फ जाँदै गरेको स. ७ प. ५७२० नं. को मो.सा रोकी चेकजाँच गर्दा मो.सा. चालक जि. उदयपुर त्रियुगा न.पा. २ बस्ने रिख तामाङ्को छोरा  बर्ष २५ को लाल बहादुर तामाङ्को साथबाट Promethazine Hydrochloride injection l.p.2ml – १ (एक) एम्पुल, Diazepam injection – १ (एक) एम्पुल र Buprenorphine injection l.p. 2ml – १ (एक) एम्पुल गरी जम्मा ३ (तीन) एम्पुल (प्रयोग गर्न बाँकी रहेको) र Promethazine Hydrochloride injection l.p. 2ml - ३ एम्पुल, Diazepam injection - ३ एम्पुल र Buprenorphine injection l.p. 2ml - ३ एम्पुल गरी जम्मा ९ एम्पुल (प्रयोग गरी सकेको खालि injection) ला.औ. फेला परेकोले उक्त ला.औ. सहित निज र मो.सा. पछाडी सवार ऐ. रौतामाई न.पा. २ बस्ने K.B. मगरको छोरा बर्ष २२ को नबिन आलेलाई नियन्त्रणमा लिई इ.प्र.का धनगढीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

४.      सिरहा, मिति २०८०।१२।१३ गते १७:४५ बजेको समयमा जि. सिरहा लहान न.पा. ३ बिश्वकर्मा मन्दिर स्थित इ.प्र.का. लहानबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा हुलाक कार्यालयबाट बिश्वकर्मा मन्दिरतर्फ जाँदै गरेको पैदल यात्री लहान न.पा. ३ बस्ने भगत रायको छोरा बर्ष २६ को बिनोद रायलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट Promethazine Hydrochloride injection - ५ एम्पुल, Diazepam injection - ५ एम्पुल, Buprenorphine injection - ५ एम्पुल  गरी जम्मा १५ एम्पुल ला.औ. फेला परेकोले उक्त ला.औ. सहित निजलाई नियन्त्रणमा लिई इ.प्र.का. लहानमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०२-०४

सिरहा, बरियारपट्टि गाउँपालिका-३ चमार टोल स्थितबाट लागू औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ ७१० मिली ग्राम सहित औरही गाउँपालिका-३  बस्ने बर्ष २० को कृष्ण कुमार यादव र औरही गाउँपालिका-२ तुलसिपुर बस्ने बर्ष-१९ को निरज रायलाई शनिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले देश भारत लदनियाबाट बरियारपट्टि तर्फ आउँदै गरेको प्रदेश २-०१-००२ प ३०६८ नम्बरको मोटरसाईकलमा सवार निजहरुलाईचेक जाँच गर्दा उक्त परिमाण बराबरको लागूऔषध फेला परेकोले निजहरुलाई  नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

स्रोत नखुलेको रकम सहित मानिस प्रकाउ
२०८२-०२-०४

१.      महोत्तरी, औरही नगरपालिका-४ कठुधार स्थितबाट बिशेष सूचनाको आधारमा प्रहरी टोलीले चेक जाँच गर्दा मोटरसाइकल चालक सम्सी गाउँपालिका-७ बस्ने बर्ष-२५ को रवि साह र पछाडी सवार देश भारत जिल्ला सितामढी कनवा-३ बस्ने बर्ष-२० को रितेश साहको साथबाट स्रोत नखुलेको नगद ने.रु. ८,००,०००/-  (आठ लाख) रुपैयाँ फेला पारी निजहरुलाई उक्त रकम सहित नियन्त्रणमा लिएको छ । अस्थाई प्रहरी पोष्ट कठुधारबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा सम्सीबाट गौशाला तर्फ आउँदै गरको मधेश प्रदेश ०२-००७ प ९६८१ नम्बरको मोटरसाइकललाई चेक जाँच गर्दा स्रोत नखुलेको उक्त रकम सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  २.      सिरहा, सिरहा नगरपलिका-२ स्थित भारत जयनगरबाट बसबिट्टा तर्फ BR 06 4629 नम्बरको मोटरसाइकलमा सवार भई जाँदै गरेको देश भारत राज्य बिहार जिल्ला मधुबनी जयनगर बस्ने राम दियाल कारकको छोरा अन्दाजी बर्ष-४५ को सन्जय कारकलाई जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको चेकिङ टोलीले चेकजाँच गर्दा निजको दुबै तिघ्रा र घुँडा भन्दा मुनि लगाईएको KNEE BANDAGE हरूबाट स्रोत नखुलेको ने.रू. १६,३८,०००।- (सोह्र लाख अढत्तिस हजार) र भा.रू.२३० गरी जम्मा ने.रू.१६,३८,३७०।- (सोह्र लाख अढत्तिस हजार तिन सय सत्तरि) सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०२-०२

महोत्तरी, बर्दिवास नगरपालिका ३ गौरीडाँडा स्थितबाट लागू औषध खैरो हिरोईन ब्राउन सुगर जस्तो देखिने पदार्थ ७.७३ ग्राम सहित जिल्ला सिरहा सिरहा नगरपालिका ७ महेश्वरथान टोल बस्ने बर्ष २० को दुर्गेश यादव र जिल्ला सर्लाही बलरा नगरपालिका ४ घर भई हाल जिल्ला सिन्धुली कमलामाई नगरपलिका ८ स्थितमा रहेको २ नम्बर बजारमा तरकारी पसल गरी बस्ने शिवमंगल साहको छोरा बर्ष २७ को चलाख भन्ने धर्मेन्द्र साहलाई बिहीबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । अस्थाई ट्राफिक प्रहरी बिट अगाडी इलाका प्रहरी कार्यालय बर्दिवास र लागू औषध नियन्त्रण ब्युरो बर्दिवासबाट खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सुचनाको आधारमा बर्दिवासबाट सिन्धुली तर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४१५७ नम्बरको बसलाई चेक जाँच गर्ने क्रममा निज दुर्गेश यादवलाई शंका लागी निजको शरीर तलाशी गर्दा उक्त परिमाण बराबरको लागू औषध खैरो हिरोईन ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेकोले निजहरुलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागू औषध खैरो ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित मानिस नियन्त्रणमा
२०८२-०१-३०

महोत्तरी, बर्दिबास नगरपालिका-३ अस्थाई ट्राफिक प्रहरी पोष्ट गौरीडाडाँ स्थितबाट लागू औषध खैरो ब्राउन जस्तो देखिने पदार्थ ५.३७ ग्राम सहित जिल्ला नुवाकोट लिखु गाउँपालिका ५ बस्ने वर्ष २८ को दिपेश श्रेष्ठ र सोही गाउँपालिकाको वडा नं. ६ बस्ने वर्ष २८ को राजेन्द्र डंगोललाई मंगलबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय बर्दिबास र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासबाट खटिएको संयुक्त प्रहरी टोलीले लहान सिरहा देखि काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ७३०३ नम्बरको हायस गाडीलाई चेक जाँच गर्ने क्रममा निजहरुलाई उक्त परिमाण बराबरको लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।