लागू औषध सहित मानिस नियन्त्रणमा
२०८०-१२-१८
- A
- A-
- A+
१.
पर्सा, मिति २०८०/१२/१७ गते १०:१५
बजेको समयमा जि. पर्सा बिरगंज म.न.पा. १६ रजतज्यन्ती चोक स्थितमा प्र.चौ. ईनर्वाबाट
खटिएको प्रहरी चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा रक्सौलबाट बिरगंज बजार तर्फ पैदल
आउँदै गरेको जि. सर्लाही कबिलासी न.पा.-१० बस्ने बिजय कुमार झाको छोरा बर्ष ३१ को
सुमित कुमार झाको शरीर चेक जाँच गर्दा निजले लगाएको जिन्स पाईन्टको खल्तीमा लुकाई
छिपाई राखेको लागु औषध NITRAVET- 10 लेखिएको ट्याब्लेट १ पत्तामा ६ ट्याब्लेट र NITRAZEPAM ट्याब्लेट १ पत्तामा ८ ट्याब्लेट फेला परेकोमा उक्त लागू औषध सहित निजलाई
नियन्त्रणमा लिई व.प्र.का.बिर्तामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।
२.
पर्सा, मिति २०८०।१२।१७ गते
अं. ०८:०० बजेको समयमा जि.पर्सा बिरगंज म.न.पा. १६ रजत जयन्ती चोक स्थितमा प्र.चौ.
ईनर्वाबाट खटिएको प्रहरी चेकिङ टोलिले रक्सौलबाट बिरगंजतर्फ पैदल आउँदै गरेको ऐ.ऐ.
नगवा चोक बस्ने सुरेश यादवको छोरा वर्ष २० को सुजन यादवलाई शंका लागि चेकजाँच
गर्ने क्रममा निजले लगाएको जिन्स पाईन्टको अगाडीको पकेटबाट प्लाष्टिक भित्र लुकाई
छिपाई राखेको ला.औ. खैरो हिरोईन जस्तो देखिने पदार्थ ५०० मिलिग्राम (प्लाष्टिक
सहित ७४० मिलिग्राम) फेला परेकोले उक्त ला.औ. सहित निजलाई नियन्त्रणमा लिई व.प्र.का.बिर्तामा
ल्याई थप अनुसन्धान कार्य भईरहेको ।
३.
पर्सा, मिति २०८०।१२।१७ गते
अं. २१:०० बजेको समयमा जि.पर्सा बिरगंज म.न.पा.-१४ गण्डक चोक स्थितमा प्र.चौ.
गण्डकबाट खटिएको प्रहरी चेकिङ टोलीले चेक जाँच गर्ने क्रममा बिरगंजबाट काठमाण्डौं
तर्फ जाँदै गरेको यात्रु वाहक बसलाई चेकजाँच गर्दा जि. पर्सा बिरगंज म.न.पा. २
छप्कैया बस्ने वर्ष १९ को सुनिल पासवानले बोकेको झोलाबाट ला.औ. नोरफिन-२०० एम्पुल,
फेनारगन-२०० एम्पुल, डाईजेपाम-२०० एम्पुल फेला परेकोले उक्त ला.औ.सहित निजलाई नियन्त्रणमा
लिई प्र.चौ. गण्डकमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।
४. सिरहा,
मिति २०८०/१२/१७ गते १३:१५ बजेको समयमा जि. सिरहा बरियारपट्टी गा.पा. ३ हवल्दार चोक
स्थितमा इ.प्र.का. बरियारपट्टीबाट खटिएको प्रहरी टोलीले बरियारपट्टीबाट सुखिपुर
तर्फ जाँदै गरेको यात्रु वाहक अटोमा सवार ऐ. अर्नामा गा.पा. १ बस्ने कैयुव मियाको
छोरा बर्ष ३९ को अकतर मियालाई शंका लागि चेक जाँच गर्दा निजले बोकेको कालो ब्यागमा
४ के.जी. चिनीमा लुकाई छिपाई ल्याउँदै
गरेको Nitrazepam
Tab. Ip 10 mg- १० पिस र सोही ब्यागबाट अं. १०
ग्राम ला. औ. गाँजा फेला परेकोले उक्त ला.औ. सहित निजलाई नियन्त्रणमा लिई इ.प्र.का. बरियारपट्टीमा ल्याई
थप अनुसन्धान कार्य भईरहेको ।
सप्तरी, मिति २०८०/१२/१८ गते अं. ०४:००
बजेको समयमा इ.प्र.का. हनुमाननगर सप्तरीबाट खटिएको प्रहरी गस्ती टोलिले गस्ती
गर्दै जाने क्रममा हनुमाननगर कंकालिनी न.पा.११ नहर स्थितबाट ऐ.ऐ. बस्ने पुलकित यादवको
छोरा वर्ष ३० को राजेन्द्र यादवले पैदल ल्याउँदै गरेको तीन वटा प्लास्टिकको बोरामा
अं. १२ केजी अवैध ला.औ. गाँजा (धुलो) फेला परेकोले उक्त ला.औ. सहित निजलाई
नियन्त्रणमा लिई जि.प्र.का.सप्तरीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।