लागु औषध सहित मानिस नियन्त्रण
२०८०-१२-२०
- A
- A-
- A+
१.
बारा, मिति २०८०/१२/१९ गते १६:३०
बजेको समयमा जि. बारा जितपुरसिमरा उ.म.न.पा. २१ स्थित इ.प्र.का.अम्लेखगंज र प्रहरी चौकी पथलैयाको संयुक्त प्रहरी टोलीले बिषेश
सुचनाको आधारमा चेकजाँच गर्दा बिरगंजबाट हेटौंडा तर्फ जाँदै गरेको ना ४३ प २०२ नं.को
मो.सा.लाई रोकी चेकजाँच गर्दा उक्त मो.सा. को पेट्रोल ट्यांकी भित्र लुकाई छिपी
राखेको ONEREX 100
ml को ३९ बोत्तल ला.औ. फेला परेकोले उक्त ला.औ. सहित मो.सा. चालक जि. मकवानपर हेटौंडा उ.म.न.पा. १३
बस्ने बर्ष २४ को सुभ राज मोक्तान र मो.सा. पछाडि सवार ऐ,ऐ, ४ बस्ने
बर्ष २२ को निरज गोलेलाई नियन्त्रणमा लिई इ.प्र.का.अम्लेखगंजमा ल्याई थप
अनुसन्धान कार्य भईरहेको ।
२. सिरहा,
मिति २०८०।१२।१९ गते अं. १७:०० बजेको समयमा जि. सिरहा
लहान न.पा. १ स्थितमा स्कुटरमा ला.औ. ओसार पोसार गरिरहेको छ भन्ने गोप्य सुचनाको
आधारमा इ.प्र.का. लहानबाट खटिएको प्रहरी टोलीले भारतको लदनियाबाट लहान तर्फ आउँदै
गरेको प्रदेश १-०२-०४६ प ८४३७ नं. को स्कुटर रोकिराखेको अवस्थामा शंकालागि चेकजाँच
गर्दा स्कुटरको अगाडिको चक्काको पछाडिको भागमा कालो प्लाष्टिकको झोलामा पोका पारी
लुकाई छुपाई राखेको अवस्थामा फेनारगन १८ एम्पुल, डाईजेपाम- १८ एम्पुल, Buprenorphine
१८ एम्पुल, Relley-T- १ बोत्तल, Codiwell १ बोत्तल लागु औषध फेला
परेकोले उक्त ला.औ. सहित स्कुटर र स्कुटर
चालक ऐ. लहान न.पा. १९ कटाह बस्ने देब नारायण यादबको छोरा बर्ष २४ को अजय कुमार
यादबलाई नियन्त्रणम लिई इ.प्र.का.लहानमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।
३.
सिरहा, मिति २०८०।१२।१९ गते
अं. १४:०० बजेको समयमा जि. सिरहा सिरहा न.पा. ९
गुलरिया चोक स्थितमा रोकि राखेको स.९ प. ७३९२ नं. को मो. सा. चालक ऐ.ऐ. ९ बस्ने
बर्ष २५ को अजय कुमार दासलाई जि.प्र.का. सिरहाबाट खटिएको प्रहरी टोलीले शंका लागि निजको शरीर खानतलासी गर्दा निजको
पाईन्टको दाहिने खल्तीबाट कालो प्लाष्टिकको पोका फेला पारी हेर्दा अबैध ला.औ. ब्राउन सुगर जस्तो देखिने
पदार्थ प्लाष्टिक सहित तौल गर्दा ५०० मि. ग्राम प्लाष्टिक बाहेक तौल गर्दा २४० मि.
ग्राम ला.औ. फेला परेकोले उक्त ला.औ. सहित मो. सा. र निजलाई नियन्त्रणमा लिई जि.प्र.का.सिरहामा
ल्याई थप अनुसन्धान कार्य भईरहेको ।