लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-१२-२१
- A
- A-
- A+
१.
पर्सा, मिति २०८०/१२/२० गते २१:२५
बजेको समयमा जि. पर्सा बिरगंज म.न.पा. १६ रजतज्यन्ती चोक स्थितमा प्रहरी चौकी
ईनर्वाबाट खटिएको प्रहरी चेकिङ टोलीले चेक जाँच गर्ने क्रममा रक्सौलबाट बिरगंज
बजार तर्फ पैदल आउँदै गरेको जि. पर्सा बिरगंज म.न.पा. ३२ परसवा टोल बस्ने बर्ष २१ को
बासुदेव साहको शरीर चेक जाँच गर्दा निजले लगाएको जिन्स पाईन्टको अगाडिको खल्तीमा
लुकाई छिपाई राखेको लागु औषध NITRAVET- 10 लेखिएको ट्याब्लेट २१ पिस फेला परेकोमा उक्त लागू औषध सहित निजलाई
नियन्त्रणमा लिई व.प्र.का.बिर्तामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।
२. सिरहा,
मिति २०८०।१२।२० गते १७:५० बजेको समयमा जि. सिरहा औरही गा.पा. १ दरिया चोक स्थितमा
जि.प्र.का. सिरहाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको स.५ प. ४२०५ नं. को मो. सा.लाई शंका लागि चेक जाँच
गर्दा मो. सा.मा सवार ३ जना मध्ये मो. सा. चालक ऐ. गोलबजार न.पा. २ बस्ने बद्रि
पासवानको छोरा बर्ष २० को कमल पासवानले अन्डर वेयर भित्र लुकाई छिपाई ल्याएको अबैध
ला.औ. नाईट्रोभेट 10 ट्याब्लेट ४ पत्तामा ५६ पिस फेला पारेकोले उक्त
ला.औ. सहित मो. सा., मो. सा. को पछाडी सवार ऐ.ऐ. नेपाने टोल बस्ने दुखरण महराको
छोरा बर्ष १७ को सोनु कुमार महरा र ऐ.ऐ. गुरुधाम टोल बस्ने जितमान गिरीको छोरा बर्ष
१८ को रुपेश गिरी र निज कमल पासवानलाई नियन्त्रणमा लिई जि.प्र.का. सिरहामा ल्याई थप
अनुसन्धान कार्य भईरहेको ।
३.
सप्तरी, मिति २०८०।१२।२० गते
१५:२० बजेको समयमा जि. सप्तरी सुरुङगा न.पा. ४ कदमाहा स्थितमा कदमाहा गाईघाट सडक खण्डमा इ.प्र.का. कडरबोनाबाट खटिएको
प्रहरी गस्ती टोलीले कदमाहाबाट गाईघाट तर्फ जाँदै गरेको बा.६९ प ३६६४ नं.को मो.सा.लाई
शंका लागि चेकजाँच गर्दा मो.सा. चालक जि. उदयपुर गढी गा.पा. ८ नेपालटार बस्ने साजन
राईको छोरा वर्ष २२ को राज कुमार राई, सोही मो.सा.पछाडी सवार ऐ.ऐ. त्रियुगा न.पा. १२
त्रियुग टोल बस्ने आशा राम चौधरीको छोरा वर्ष २४ को दिलिप कुमार चौधरी र ऐ.ऐ. त्रियुगा
न.पा. ११ शिवालय टोल बस्ने चन्द्र बहादुर कटुवालको छोरा वर्ष २७ को नवराज कटुवालले
पछाडी बोकेको झोला भित्र राखिएको कालो प्लास्टिकमा DIAZEPAM INJECTION १२ एम्पुल, PHENARGONE INJECTION -१२ एम्पुल र BUPRENORPHEN INJECTION -१२ एम्पुल गरी जम्मा ३६ एम्पुल ला. औ. फेला परेकोले
उक्त ला.औ. सहित तिनै जनालाई नियन्त्रणमा लिई इ.प्र.का. कडरबोनामा ल्याई थप
अनुसन्धान कार्य भईरहेको ।