प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागू औषध सहित मानिस नियन्त्रणमा लिएको

२०८०-१२-२२

  • A
  • A-
  • A+
Share


१.      पर्सा, मिति २०८०/१२/२१ गते अं. २०:०० बजेको समयमा जि. पर्सा बिरगंज म.न.पा. १६ रजतज्यन्ती चोक स्थितमा प्रहरी चौकी ईनर्वा र  लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय विरगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा रक्सौलबाट बिरगंज बजार तर्फ पैदल आउँदै गरेको जि. पर्सा बिरगंज म.न.पा. ३२ कदम टोल बस्ने अलाउदिन मियाँको छोरा बर्ष २२ को मोमताज मियाँको शरीर चेक जाँच गर्दा निजले लगाएको जिन्स पाईन्टको अगाडिको खल्तीमा लुकाई छिपाई राखेको लागु औषध NITRAVET-10 लेखिएको ट्याब्लेट २ पत्तामा ३० पिस र ONEREX 100 ML लेखिएको २ बोतल फेला परेकोले उक्त लागु औषध सहित निजलाई नियन्त्रणमा लिई व.प्र.का. बिर्तामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

 

२.      सिरहा, मिति २०८०।१२।२१ गते अं ०४:०० बजेको समयमा जि. सिरहा धनगढीमाई न.पा. ८ कसहा चोक स्थितमा अ.प्र. पोष्ट कसहाबाट   खटिएको प्रहरी गस्ति टोलीले चेक जाँच गर्ने क्रममा २ जना पैदल यात्री रोड देखि उत्तर साईडमा ४ वटा पोका बोकी उभिईरहेको अवस्थामा प्रहरीलाई देख्ना साथ पोका फालि मानिस फरार भएकोमा उक्त स्थानमा प्रहरी  टोली खटि गई  हेर्दा २ वटा कपडा बोक्ने कालो झोला र २ वटा जेब्रा झोला फेला परेको, उक्त झोलाहरु खोलि हेर्दा एउटा झोलामा कपडा रहेको र ३ वटा झोलामा २२ के.जी. अबैध ला.औ.गाँजा फेला परेकोले उक्त ला.औ. अ.प्र. पोष्ट कसहामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

 

३.      सिरहा, मिति २०८०।१२।२१ गते १६:४५ बजेको समयमा जि. सिरहा औरही गा.पा. १ हनुमान चोक स्थित प्रहरी चौकी हर्कट्टीबाट खटिएको प्रहरी गस्ती टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको पैदल यात्री जि. उदयपुर कटारी न.पा. ६ गोरुवा बस्ने शान्ता बहादुर राईको छोरा बर्ष २४ को बिबेक राईलाई  शंका लागि चेक जाँच गर्दा निजको भित्री अण्डर पेन्टमा लुकाई छिपाई राखिएको NAZEPAN (नेजेपाम) ट्याब्लेट-३ थान, NITRAVET (नाईट्रोभेट) ट्याब्लेट २७ पिस, SAMPEX (सेमपेक्स) क्याप्सुल-८ पिस गरी जम्मा ३८ पिस लागु औषध फेला परेकोले उक्त ला.औ. सहित निजलाई नियन्त्रणमा लिई जि.प्र.का. सिरहामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

४.      सिरहा, मिति २०८०।१२।२२ गते १०:३० बजेको समयमा जि.सिरहा गोलबजार न.पा. ६ लक्ष्मी मन्दिर बस्ने राजेन्द्र गोसाईको छोरा बर्ष ३८ को रामएकवाल गिरीले घरमा ला.औ. लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा इ.प्र.का. गोलबजारबाट खटिएको प्रहरी टोलीले निजको घर खानतलाशी गर्ने क्रममा घर भित्र रहेको साउण्ड बक्स भित्र लुकाई छिपाई राखेको प्लास्टिकको पोकामा ला.औ. ब्राउन सुगर जस्तो देखिने पदार्थ तौल गर्दा प्लाष्टिक सहित १२.८७० मिली ग्राम, प्लाष्टिक बाहेक १२.७०० मिली ग्राम फेला परेकोले  निजलाई उक्त ला.औ. सहित नियन्त्रणमा लिई इ.प्र.का. गोलबजारमा ल्याई थप अनुसन्धान कार्य भइरहेको ।

सम्बन्धित समाचार
लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-३१

सिरहा, औरही गाउँपालिका १ स्थितबाट लागु औषध Nitrazepam Tablets IP 10 mg नामक २ पत्तामा २० पिस ट्याब्लेट सहित  गोलबजार नगरपालिका १२ बस्ने कासिन्द्र मुखियाको छोरा बर्ष १७ को राकेश मुखिया, सोही स्थान बस्ने दुखरन मुखियाको छोरा बर्ष १८ को मनिष मुखिया र सुखिपुर नगरपालिका ६ जगिपुर बस्ने रामदेव रायको छोरा बर्ष २० को सोनेलाल रायलाई मंगलबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी हर्कटीबाट खटिएको प्रहरी चेकिङ टोलीले चेक जाँच गर्ने क्रममा दरहैयाबाट हर्कटी तर्फ आँउदै गरेको म.प्र.०१-००५ प ०५१४ नम्बरको मोटरसाइकललाई शंका लागी चेक जाँज गर्दा मोटरसाइकलमा सवार निजहरुलाई उक्त लागु औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-३१

बारा, आदर्शकोतवाल गाउँपालिका ४ हर्नैहिया चोकमा दुई वटा आँपको क्यारेट बेवारिसे अवस्थामा छ भन्ने खबर मिति २०८२-०३-२९ गते साँझ प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय  बारागढी र इलाका प्रहरी कार्यालय महेन्द्रजयनगरबाट संयुक्त प्रहरी टोलि खटिगई दुवै आँपको क्यारेट बरामद गरी चेक जाँच गर्दा लागु औषध १५०० सय पिस फेनार्गन, १५०० सय पिस नोर्फेन र १५०० सय पिस डाइजोपान गरी जम्मा ४५०० (चार हजार पाँच सय) पिस लागु औषध ईन्जेक्सन बरामद गरी प्रहरीले थप अनुसन्धान गर्दै जाने क्रममा मिति २०८२-०३-३० गते साँझ CCTV क्यामेरामा देखिएको फोटोमा नम्बर नखुलेको भारतीय मोटरसाइकलमा उक्त क्यारेट लोड भएको मोटरसाइकल चालकले रातो रंङगको भेस्ट लगाएको र लागु औषध बोकेको मोटरसाइकललाई  BR05AZ4572 नम्बरको कालो रातो रङको १५० सि.सि.को भारतीय नम्बरको पल्सर मोटरसाइकलले स्कटिङग गरेको फोटो समेत देखिएकोले निजहरुको खोजतलास गर्दै जाँदा मिति २०८२-०३-३१ गते साँझ CCTV क्यामेरामा देखिएको  फोटोमा भएको हुलिया अनुसार लागु औषध ओसारपसारमा संलग्न देखिएको देश भारत जिल्ला मोतिहारी ग्रामपञ्चायत बिजवनि बन्कटवा टोल बस्ने ईन्द्रजित रायको छोरा बर्ष २५ को बलिराम कुमार यादव र निजको भाई बर्ष १८ को कन्हैया यादव, सोही स्थान बस्ने रंगिलाल यादवको छोरा बर्ष २१ को वकिल कुमार यादवलाई BR05AZ4572  र BR05BC9501 नम्बरको कालो रातो कलरको १५० सि.सि.को दुई वटा पल्सर मोटरसाइकल सहित पचरौता नगरपालिका २ चतुरी चोकबाट नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।