लागू औषध सहित मानिस नियन्त्रणमा
२०८०-१२-२३
- A
- A-
- A+
१.
पर्सा, मिति २०८०/१२/२२ गते
अं. २१:०० बजेको समयमा जि. पर्सा बिरगंज म.न.पा. १६ रजतजयन्ती चोक स्थितमा प्रहरी
चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा रक्सौलबाट बिरगंज बजार
तर्फ पैदल आउँदै गरेको जि. बारा निजगढ न.पा. ७ योजना टोल बस्ने गणेश कुमार
अर्यालको छोरा वर्ष २३ को मुकेश अर्यालको शरीर चेक जाँच गर्दा निजले लगाएको जिन्स
पाईन्टको अगाडिको खल्तीमा लुकाई छिपाई राखेको ईन्जेक्सन डाईजेपाम - ११ एम्पुल,
फेनारगन- ११ एम्पुल, नुरफिन- ११ एम्पुल गरी जम्मा ३३ एम्पुल लागु औषध फेला परेकोमा उक्त
लागु औषध सहित निजलाई नियन्त्रणमा लिई व.प्र.का.बिर्तामा ल्याई थप अनुसन्धान कार्य
भईरहेको ।
२. बारा,
मिति २०८०।१२।२२ गते १०:३० बजेको समयमा जि. बारा सिम्रौनगढ न.पा. २ महुवाही स्थित प्रहरी
चौकी अमृतगंज खजानीबाट खटिएको गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा नेपालबाट भारत
तर्फ साईकलमा बोकी सेतो बोरामा धानको भुष भित्र रातो प्लास्टिकले बेरिएको अवस्थामा
अं. १० के.जी. अवैध लागु औषध गाँजा लुकाई छिपाई लगिरहेको अवस्थामा प्रहरी गस्ती
टोलीलाई देखी उक्त सामान छाडी फरार भएको हुँदा उक्त गाँजा सहित साईकल प्रहरी
टोलीले नियन्त्रणमा लिई इ.प्र.का. सिम्रौनगढमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।
३.
धनुषा, मिति २०८०/१२/२२ गते
१८:०५ बजेको समयमा जि. धनुषा जनकपुर उ.म.न.पा. ७ जिरोमाईल स्थितमा जि.प्र.का
धनुषाबाट खटिएको मोबाईल टोलीले जि. महोत्तरी सितापुर भङ्गाहा न.पा. १ कबिलासा
बस्ने नसरुदिन राईनको छोरा वर्ष २२ को मो. अकरम अलि राईनलाई शंका लागी चेक जाँच
गर्दा निजको साथबाट NITRAVET-10 लेखिएको ट्याब्लेट
१३ पता (१९५ पिस) र Exiplon 100 ml
को २ बोतल फेला परेकोले उक्त ला.औ. सहित निजलाई नियन्त्रणमा लिई जि.प्र.का.
धनुषामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।