लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-१२-२५
- A
- A-
- A+
१.
पर्सा, मिति २०८०।१२।२४ गते अं. १९:३० बजेको
समयमा जि.पर्सा बिरगंज म.न.पा. १६ बोखार चौक स्थित इ.प्र.का.नगवा, पर्साबाट खटिएको
प्रहरी टोली र जि.प्र.का. पर्सा बाट खटिएको सुचना संकलनको संयुक्त टोलिले बिशेष
सुचनाको आधारमा भारतको रक्सौल बाट बिरगंज तर्फ आउदै गरेको मधेश प्रदेश ०३-००१-च
७०९८ नं. को पिकअप लाई रोकी चेक जाँच गर्दा पिकअपको पछाडिको
भाग भित्र ला.औ. नुरफिन-१२०० पिस, फेनारगन-१२००
पिस, डाईजेपाम-१२०० पिस, ONEREX- ५० बोतल, TAPENTADOL 100 MG को टयाब्लेट- ३९
पातामा ३९० पिस टयाब्लेट ला.औ. सहित, पिकअप, पिकअप चालक बिरगंज म.न.पा. २० बस्ने
अं. वर्ष २१ को बिष्णु पटेल र सह-चालक ऐ.ऐ. बस्ने अं. वर्ष २० को राजन यादव सहित
नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि जि.प्र.का.पर्सामा पठाईएको ।
२.
धनुषा, मिति २०८०/१२/२४ गते अं.१६:४० बजेको
समयमा जिल्ला धनुषा जनकपुर उ.म.न.पा.७ बसपार्क नजिकै जि.महोत्तरी जलेश्वर न.पा.९
प्रकौली बस्ने नविजान राईनको छोरा अं.वर्ष २० को साविर राईनले केटी जिस्काउदै
हिडिरहेकोमा प्रहरी चौकी जिरोमाईल धनुषा खटिएको प्रहरी टोलीलाई शंका लागि चेकजाँच
गर्दा निजको साथबाट नाइट्रोभेट ट्याबलेट १३ पिस फेला परेकोले उक्त ट्याबलेट सहित
निजलाई नियन्त्रणमा लिई जि.प्र.का. धनुषामा पठाइएको ।