प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागू औषध सहित मानिस नियन्त्रणमा

२०८१-०१-०३

  • A
  • A-
  • A+
Share


१.      पर्सा, मिति २०८१/०१/०२ गते अं.२१:०० बजेको समयमा जिल्ला पर्सा बिरगंज म.न.पा. १६  रजत जयन्ती चोक स्थितमा प्रहरी चौकी ईनरवा पर्साबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतको रक्सौल तर्फबाट बिरगंज बजार तर्फ पैदल आउदै गरेको २ जना पुरुष मानिसको शरीर चेक जाँच तथा खानतलाशी गर्दा जिल्ला बारा कलैया उ.म.न.पा.वडा नं.२० बस्ने मोहन मण्डलको छोरा अ.बर्ष १९ को उमेश मण्डलले लगाएको जिन्स पाईन्टको अगाडीको दाहिने पाकेटबाट लागू औषध NITRAVET-10 लेखिएको ट्याब्लेट ६ पिस, PHENARGAN ईन्जेक्शन १ एम्पुल, DIAZEPAM ईन्जेक्शन १ एम्पुल, NOOPHIN ईन्जेक्शन १ एम्पुल  र जिल्ला बारा निजगढ न.पा.वडा नं.८ बस्ने श्रीराम परियारको छोरा अं.बर्ष २४ को प्रिन्स परियारले  लगाएको जिन्स पाईन्टको अगाडीको बायाँ तर्फको खल्तीबाट लागू औषध PHENARGAN ईन्जेक्शन ३ एम्पुल, DIAZEPAM ईन्जेक्शन ३ एम्पुल, NOOPHIN ईन्जेक्शन ३ एम्पुल फेला परेकोमा उक्त लागू औषध सहित दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी व.प्र.का.बिर्तामा पठाईएको ।

२.      पर्सा, मिति २०८१/०१/०२ गते अं.२२:४० बजेको समयमा जिल्ला पर्सा बिरगंज म.न.पा. १६  रजत ज्यन्ती चोक स्थितमा प्रहरी चौकी ईनरवा पर्साबाट प्र.ना.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतको रक्सौलबाट बिरगंज बजार तर्फ पैदल आउदै गरेको २ जना पुरुष मानिसहरुको शरीर चेक जाँच तथा खानतलाशी गर्दा जिल्ला बारा जितपुर सिमरा उ.म.न.पा.वडा नं.२ बस्ने राजु श्रेष्ठको छोरा बर्ष २१ को सुगम श्रेष्ठले लगाएको हाप पाईन्टको दाहिने खल्तीबाट लागू औषध PHENARGAN ईन्जेक्शन ५ एम्पुल, DIAZEPAM ईन्जेक्शन ५ एम्पुल, NOOPHIN ईन्जेक्शन ५ एम्पुल र जिल्ला मकवानपुर हे.उ.म.न.पा.वडा नं.१४ बस्ने दल बहादुर नेगीको छोरा अं.बर्ष २८ को दिनेश नेगीले  लगाएको पेन्टी भित्र मलद्वार नजिक कागजमा बेरिई लुकाई छिपाई राखेको लागू औषध खैरौ हिरोईन जस्तो देखिने पदार्थ कागज सहित १९० मिली ग्राम फेला परेकोमा उक्त लागू औषध सहित दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी व.प्र.का.बिर्तामा पठाईएको ।

३.      पर्सा, मिति २०८१/०१/०२ गते अं.२२:१० बजेको समयमा जिल्ला पर्सा बिरगंज म.न.पा. १६  रजतज्यन्ती चोक स्थितमा प्रहरी चौकी ईनरवा पर्साबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतको रक्सौल तर्फबाट बिरगंज बजार तर्फ १ जना पुरुष ब्यक्तिले प्रदेश ३-०२-००४ प.९५७१ नं.को मो.सा. चलाई आउदै गरेको अवस्थामा उक्त मो.सा. लाई रोकी चेकजाँच गर्दा मो.सा. चालक जिल्ला भक्तपुर ठिमी न.पा.वडा नं.७ बस्ने तुईकाजी वाडेको छोरा अं.बर्ष २७ को सागर बाडेको शरीर चेक जाँच एवँ खानतलाशी गर्दा दाहिने खुट्टामा लगाएको जुता भित्र लागू औषध NITRAVET-10 लेखिएको ट्याब्लेट १५ पिस ट्यब्लेट फेला परेकोमा उक्त लागू औषध र मो.सा. सहित निजलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी व.प्र.का.बिर्तामा पठाईएको ।

४.      सिरहा, मिति २०८१।०१।०२ गते अं.११:१५ बजेको समयमा जिल्ला सिरहा सखुवानन्कारकट्टि गा.पा. ५ महेशबारी चोक स्थित लहान ठाडि सडक खण्डमा इ.प्र.का.महेशबारीबाट खटिएको प्रहरी चेकिङ टोलिले भगवानपुरबाट लहान तर्फ आउदै गरेको बा ८९ प ६०२२ नं.को मो.सा.लाई शंका लागी रोकी चेकजाँच गर्दा मो.सा. चालक जिल्ला सप्तरी खडक न.पा. ८ बस्ने बच्चाई सरदारको छोरा अं. बर्ष ३९ को पशुपति सरदारले लगाएको पाईन्टको गोजीबाट प्लाष्टिक सहित ५४० मिलि ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ ला.औ. फेला परेकोले निजलाई मो.सा. र ला.औ. सहित नियन्त्रणमा लिई इ.प्र.का.महेशबारीमा ल्याई राखिएको ।

सम्बन्धित समाचार
स्रोत नखुलेको रकम सहित मानिस नियन्त्रणमा
२०८२-०१-१४

१.      सर्लाही, मलंगवा नगरपालिका-६ खुटौना स्थित भित्री सडक खण्डमा प्रहरी चौकी खुटौनाबाट खटिएको प्रहरी टोलिले भारतबाट नेपाल तर्फ आउँदै गरेको BR06CT 2422 नम्बरको मोटरसाईकललाई शंका लागि चेक जाँच गर्दा मोटरसाईकल चालक देश भारत जिल्ला सितामढी थाना कुनौली बस्ने अन्दाजी वर्ष-४० को शम्भु कुमार साहले लुकाइ छिपाइ ल्याउँदै गरेको अवस्थामा स्रोत नखुलेको नेपाली रू. ३२,३५,४४०।- (बत्तिस लाख पैतिस हजार चार सय चालीस रुपैयाँ) र भारतीय रू.२,१४०।– (दुई हजार एक सय चालिस रुपैयाँ) फेला पारी, नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि श्रोत नखुलेको रकम, मोटरसाईकल र चालक सहित जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ल्याई अनुसन्धान गरिरहेको छ ।

फरार प्रतिवादी पक्राउ
२०८२-०१-१४

१.      धनुषा, जनकपुर उप-महानगरपालिका-४ स्थित मण्डल कुट्टीबाट जिल्ला धनुषा विदेह नगरपालिका-५ बस्ने अन्दाजी वर्ष-३० को संजिव कुमार मण्डल ठगी मुद्दाका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।   २.      धनुषा, नगराईन नगरपालिका-३ स्थित इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सम्मानित जिल्ला अदालत धनुषाबाट ज्यान मार्ने उधोग चालु मुद्धाको अनुसन्धानको सिलसिलामा फरार रहेको प्रतिवादीलाई सोही स्थान बस्ने जोगिन्द्र साहको छोरा अन्दाजी बर्ष-३३ को बेचन साहलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ । 

लागु औषध खैरो ब्राउन सुगर सहित मानिस नियन्त्रणमा
२०८२-०१-१०

धनुषा, बिदेह नगरपालिका-१ ठाडिझिझा स्थितबाट लागु औषध खैरो ब्राउन सुगर जस्तो देखिने पदार्थ अन्दाजी-१२ ग्राम सहित मोटरसाईकल चालक जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका-८ बस्ने संजय शर्माको छोरा अन्दाजी वर्ष २४ को ओमराज शर्मा र पछाडि सवार जिल्ला महोत्तरी  लोहारपट्टी नगरपालिका- ७ घर भई हाल जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका-६ पुलचोक बस्ने जिवछ ठाकुरको छोरा अन्दाजी वर्ष-२३ को रूपेश कुमार ठाकुरलाई मंगलबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी ठाडिझिझाबाट खटिएको प्रहरी टोलीले कार्यालय अगाडी चेक जाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेको ज१३प १३३७ नम्बरको मोटरसाईकललाई रोकी चेक जाँच गर्दा हेलमेटमा लुकाई छिपाई राखिएको खैरो ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित निजहरुलाई नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धाण गरिरहेको छ । 

फरार प्रतिवादी पक्राउ
२०८२-०१-०९

१ सप्तरी, अपहरण तथा शरीर बन्धक बनाई जवरजस्ती करणी मुद्दामा ८ वर्ष कैद सजाय भएको फरार प्रतिवादी जिल्ला सप्तरी सुरुङगा नगरपालिका-५ बस्ने वर्ष-२८ को मो.इम्तियाज अहमदलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीबाट खटिएको प्रहरी टोलीले कुशाह स्थितबाट पक्राउ गरी सम्मानित जिल्ला अदालत सप्तरीमा बुझाई कारागार चलान गरिएको छ ।   २ सिरहा, जबरजस्ती करणी तथा गर्भपतन सम्बन्धि कसुरको चालु मुद्दाको फरार प्रतिवादी धनगढीमाई नगरपालिका-१ छप्रारी बस्ने बर्ष-२९ को राधेश्याम कामैतलाइ मंगलबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पेस्तोल सहित मानिस नियन्त्रणमा
२०८२-०१-०८

जिल्ला, सिरहा बरियारपट्टी गाउँपालिका-१ स्थित प्रहरी चौकी  कचनारीको कार्यालय अगाडी  खटीएको प्रहरी चेकीङ् टोलिले नर्गि चौकबाट भारत तर्फ जाँदै गरेको  नम्बर प्लेट नभएको हिरो कम्पनीको मोटरसाइकल रोकी चेक जाँच गर्दा मोटरसाइकल चालक देश भारत जिल्ला मधुवनी ग्रामपंचायत पिपराही वडा नम्बर-२  कमल पुर बस्ने धर्मेन्द्र सिंहको छोरा बर्ष अन्दाजी-१७ को राजिव सिंह पछाडी सवार सोही स्थान बस्ने फुलेश्वर सिंहको छोरा बर्ष अन्दाजी-१४ को प्रिन्स सिंहको कम्मरमा भिरेको कटुवा पेस्तोल थान एक र निजले लगाएको ट्रयाकको गोजीबाट 303  राईफलमा लाग्ने गोली थान एक फेला पारी निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।