प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस नियन्त्रणमा

२०८१-०१-०६

  • A
  • A-
  • A+
Share


१.      पर्सा, मिति २०८१।०१।०५ गते अं.२३:५० बजेको समयमा जि.पर्सा बिरगंज म.न.पा.-८ घण्टाघर स्थितमा जि.प्र.का.पर्साबाट खटिएको सुचना संकलन टोलीले जि.पर्सा बिरगंज म.न.पा.-१५ बसपार्क बस्ने लक्ष्मण लामाको छोरा वर्ष २१ को बिनोद लामा र जि.पर्सा पर्सागढी न.पा.-३ बस्ने बाजे चौधरीको छोरा वर्ष २४ को बिक्की चौधरीको शरिर खानतलासी गर्दा ला.औ.TROHMA-50 ट्याबलेट १३० पतामा (प्रति पता १० पिस) १३०० पिस फेला पारी निज दुबै जनालाई ला.औ.सहित नियन्त्रणमा लिई जि.प्र.का. पर्सामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

२.      बारा, मिति २०८०।०१।०६ गते अं.०१:३० बजेको समयमा जिल्ला बारा पचरौता न.पा. ४ स्थित ईनर्वामा अबैध लागु औषध गाँजाको कारोबार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा इ.प्र.का.सिम्रौनगढ बाराबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा शंकास्पद रुपमा हातमा ४ वटा जुटको बोरा बोकि हिडडुल गरिरहेको अवस्थामा जि.रौतहट फतुवा बिजयपुर न.पा. ४ टेग्राहा बस्ने किशोरी हजराको छोरा अं. वर्ष २३ को चन्दन पासवानलाई नियन्त्रणमा लिन खोज्दा निज चन्दन पासवान सो स्थानबाट भाग्न खोजेकोले खटिएको प्रहरी टोलीले सानो हतियारबाट १ राउण्ड हवाई फायर गरी निज चन्दन पासवानलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा निजले सोही स्थानको बाटोको कलभर्ट मुनि खाली जमिनमा लागु औषध गाँजा लुकाई रहेको र सो गाँजा लिन बोरा लिएर आएको भनी बताएको उक्त स्थानमा प्लाष्टिकमा बेरिएको अवस्थामा अबैध ला.औ. गाँजा २३० केजी (१५ पोका)  राखिएको अवस्थामा फेला पारी उक्त ला. औ. गाँजा सहित इ.प्र.का.सिम्रौनगढ बारामा ल्याई अनुसन्धान भई रहेको ।

३.      महोत्तरी, मिति२०८१।०१।०५ गते अ.१९:१५ बजेको समयमा जि. महोत्तरी बर्दिबास न.पा.१ जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि पुर्ब पश्चिम लोकमार्गमा इ.प्र.का.बर्दिबास महोत्तरीबाट खटिएको प्रहरी टोलीले चेकिङ गर्दा र मधेश प्रदेश प्रहरी कार्यलय जनकपुरबाट खटिएको बिशेष टोलिको संयुक्त चेकिङ टोलिले चेकजाँचको क्रममा पुर्ब बाट पश्चिम तर्फ आउदै गरेको बा.७७ प.५८५३ न.को मो.सा.लाई चेकजाँच गर्ने क्रममा मो.सा.चालक जिल्ला सिन्धुली कमलामाई न.पा.७ बस्ने डिल्लिराम सुनुवारको छोरा अ.बर्ष २७ को निसाज सुनुवारको बाँया हातको ज्याकेटको बाहुला भित्र नाडिमा कालो रङको प्लाष्टिक भित्र लुकाई छिपाई राखेको अबस्थामा तत्कालको तौल ९ ग्राम,९४० मिलिग्राम (प्लाष्टिक सहित) खैरो हिरोइन जस्तो देखिने पदार्थ,मोवाइल जस्तो देखिने हाते डिजिटल सानो तराजु (सिल्भर रङको) थान-१,नगद रु.७०३०(सात हजार तिस) र उक्त मो.सा.नियन्त्रणमा लिई आबश्यक कारबाहिको लागि इ.प्र.का.बर्दिबासमा ल्याई अनुसन्धान कार्य भईरहेको ।

४.      धनुषा, मिति २०८१/०१/०५ गते अं.१९:३० बजेको समयमा जिल्ला धनुषा जनकपुर उ.म.न.पा.८ बजरंग चोक स्थितमा ऐ.ऐ.६ बस्ने रियाज दर्जीको छोरा अं.वर्ष २१ को फायाज दर्जीको मोवाईल चोरी भएको विषयमा प्रहरी चौकी जनकपुरधाम,धनुषाबाट खटिएको प्रहरी टोलीले जिल्ला धनुषा जनकपुर उ.म.न.पा.६ बस्ने मनोज साहको छोरा अं.वर्ष २० को राज साह र  ऐ.ऐ.औरही गा.पा.४ बस्ने अवुल नदाफको छोरा अं.वर्ष २१ को कलाम नदाफलाई नियन्त्रणमा लिई प्रहरी चौकी जनकपुरधाम, धनुषामा ल्याई चेक जाँच गर्दा चोरीको मोवाईल थान १ र Nitravet-10 tablate थान ६ सहित जि.प्र.का.धनुषामा थप अनुसन्धान कार्य भईरहेको

५.      सिरहा, मिति २०८१।०१।०५ गते अं.२१:१५ बजेको समयमा जिल्ला सिरहा गोलबजार न.पा.६ गुम्बा चोक स्थित गोलचोकबाट गुम्बा चोकमा स.५ प ४३९२ नं.को मो.सा.मा आई ऐ.स्थितमा रहेको किराना पसल अगाडी मो.सा.रोकी चुरोट खाईरहेको अवस्थामा इ.प्र.का.गोलबजार सिरहाबाट खटिएको प्रहरी गस्ती टोलीले शंका लागी चेकजाँच गर्दा मो.सा.चालक ऐ.ऐ.११ बलकवा टोल बस्ने बेचु यादवको छोरा अं.बर्ष २८ को दिपेन्द्र कुमार यादव र सोही मो.सा.पछाडी सवार ऐ.११ बलकवा टोल बस्ने नईम मियाको छोरा अं.बर्ष २० को फैसल खानलाई चेक जाँच गर्दा निज पैसल खानको जिन्स पाईन्टको पछाडीको गोजीमा कालो प्लास्टिकको झोलामा बेरी राखिएको अवस्थामा ला.औ.नाईट्रोभेट १० ट्याबलेट एक पातामा ३० पिसको दरले १० पता,३०० पिस ट्याबलेट फेला परेको हुदा  निज दुबै जनालाई उक्त लागु औषध र मो.सा. सहित पक्राउ गरी नियन्त्रणमा लिई इ.प्र.का.गोलबजार सिरहामा ल्याई अनुसन्धान कार्य भईरहेको ।

६.      सप्तरी, मिति २०८१।०१।०५ गते अं. १७:०० बजेको समयमा जि. सप्तरी तिरहुत गा.पा. १ त्रिकोल टोल स्थितमा ऐ.ऐ. ३ पिपराही टोल बस्ने स्वः शिव चन्द्र यादवको छोरा अं. बर्ष २२ को रोशन यादवसंग लागु औषध छ भनि बिशेष सुचनाको आधारमा अ.प्र.पोष्ट त्रिकोल बाट टोलि खटि गई चेक जाँच गर्दा नाईट्रोफेट- केन ८ (आठ) पिस ट्याब्लेट र अं. २ ग्राम गाँजा फेला पारी निजलाई नियन्त्रणमा लिई ई.प्र.का. कंचनपुर सप्तरीमा जानकारी गराउना साथ ईप्रका कंचनपुर बाट प्रहरी अधिकृतको टोलि खटि गएको निजलाई ई.प्र.का कंचनपुर सप्तरीमा ल्याई राखिएको थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-०७

धनुषा, जनकपुर उपमहानगरपालिका ९ मुख्यमन्त्री कार्यालय स्थितबाट लागु औषध NATRAMP- ३ पतामा (३० पिस र २ पिस गरी जम्मा ३२ पिस), SPASMO- ३ पतामा (३० पिस), PRENURA- ३ वटा ट्याब्लेट र गाँजा जस्तो देखिने बस्तु अन्दाजी २/३ ग्राम सहित जिल्ला महोत्तरी बर्दिबास नगरपालिका २ गौरीडाँडा घर भई हाल जिल्ला धनुषा जनकपुर उपमहानगरपालिका १ श्यामचोकमा डेरा गरी बस्दै आएको श्याम भुजेलको छोरा वर्ष २८ को संजय कुमार भुजेललाई शनिवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको प्रहरी चेकिंङ टोलीले मधेश प्र.०२-००७ प ३७९८ नम्बरको स्कुटरमा सवार निजलाई चेक जाँच गर्ने क्रममा उक्त परिमाण बराबरको लागु औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फरार प्रतिवादी पक्राउ
२०८२-०३-०६

१.      सिरहा, कल्याणपुर नगरपालिका-४ स्थितबाट लेनदेन बिगो मुद्दामा १ वर्ष कैद तोकिएको फरार प्रतिबादी सोही स्थान बस्ने महाबिर यादवको छोरा अन्दाजी बर्ष ४० को धनबिर यादवलाई बिहिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  २.      सिरहा, मिर्चैया नगरपालिका-६ स्थितबाट लेनदेन बिगो मुद्दामा १ बर्ष कैद भएको फरार प्रतिबादी सोही स्थान बस्ने जुगेश्वर यादवको छोरा अंदाजी बर्ष ५५ को बिजिन्द्र यादवलाई शुक्रबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा निजकै घर वतनबाट नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ब्राउन सुगर सहित मानिस नियन्त्रणमा
२०८२-०३-०३

सिरहा, मिर्चैया नगरपालिका-५ white house स्कुल स्थितबाट लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ४०० ग्राम सहित सोही स्थान बस्ने जिवछ साहको छोरा अन्दाजी बर्ष २० को राहुल कुमार साह, सुनिल साहको छोरा अन्दाजी बर्ष २१ को दिलिप कुमार साह र मिर्चैया नगरपालिका-६ बस्ने मिस्टर राकेश कुमार गिरीको छोरा अन्दाजी बर्ष २३ को बिशाल गिरीलाई सोमबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले गस्ति गर्दै जाँदा उक्त स्थानमा रहेको खाली घरमा निजहरुलाई लागु औषध सेवन गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिई चेक जाँच गर्ने क्रममा लागु औषध ब्राउन सुगर गस्तो देखिने पदार्थ फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।