प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०८१-०१-०९

  • A
  • A-
  • A+
Share


१.      पर्सा, मिति२०८१।०१।०८ गते अं.१८:०० बजेको समयमा जिल्ला पर्सा जिराभवानि गा.पा.०१ माहदेवपट्टी चोक स्थित प्रहरी चौकी महादेवपट्ट पर्साबाट खटिएको प्रहरी चेकिङ टोलिले भारतको भङगाहा बाट नेपाल तर्फ आउँदै गरेको स. २६ प. २१९१ नं. को मो.सा.लाई शंका लागि चेकजाँच गर्दा उक्त मो.सा. को भाईजर भित्र कपडामा राखि लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा लागुऔषध NITRAVET -10 लेखिएको टयाब्लेट १ पातामा १२ पिस र गाँजा-१ पुरीया ला.औ. सहित फेलापारी मो.सा. र मो.सा. चालक जि.पर्सा पटेर्वसुगौली गा.पा. वडा नं. ४ बस्ने अं. वर्ष ३० को बिकेश दास, सोही मो.सा.मा पछाडि सवार ऐ.ऐ. बस्ने अं. बर्ष २१ को भोला चौधरीऐ.ऐ. बस्ने अं. वर्ष २८ को सनि चौधरी समेतलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि  ई.प्र.का. पटेर्वासुगौली पर्सामा ल्याई  थप अनुसन्धा कार्य भईरहेको ।

२.      पर्सा, मिति २०८१/०१/०८ गते अं.१९:०० बजेको समयमा जिल्ला पर्सा बिरगंज म.न.पा. १६  रजतजयन्ती चोक स्थितमा प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतको रक्सौल तर्फबाट बिरगंज बजार तर्फ पैदल आउदै गरेको जिल्ला पर्सा बि.म.न.पा.वडा नं.३ आदर्शनगर टोल बस्ने ममताज महमद खानको छोरा अं.बर्ष २५ को समिर खानको शरीर चेक जाँच गर्दा निजले लगाएको जिन्स पाईन्टको अगाडीको दाहिने खल्तीमा लुकाई छिपाई राखेको अवस्थामा लागू औषध NITRAVET-10 लेखिएको ट्याब्लेट ९ पत्तामा ४५ पिस ट्याब्लेट, खुल्ला १५ पिस ट्यब्लेट र PHENARGAN ईन्जेक्शन ३ एम्पुल, NOORPHIN ईन्जेक्शन ३ एम्पुल,DIAZEPAM ईन्जेक्शन २ एम्पुल फेला परेकोमा उक्त लागू औषध सहित निजलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी  व.प्र.का.बिर्तामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

३.      महोत्तरी, मिति २०८१।०१।०८ गते अं. २३:१५ बजेको समयमा जिल्ला महोत्तरी मनराशिस्वा गा.पा. ४ जाउक स्थितमा ऐ.ऐ. बस्ने हरिदेव मण्डलको श्रीमती अं. वर्ष ६५ की सरस्वति देवी मण्डल मनरा बाट जाउक तर्फ जाँदै गरेको अवस्थमा अ.प्र.पोष्ट सरपल्लो,महोत्तरीबाट खटिएको गस्ति टोलिले चेकजाँच गर्ने क्रममा निजले बोकेको पलास्टिक चेकजाँच गर्दा ला.औ. गाँजा अं. ५०० ग्राम फेला परको हुदा निजलाई ला.औ. सहित नियन्त्रणमा लिई जि.प्र.का. महोत्तरी पठाईएको ।

सम्बन्धित समाचार
बिल बिजक भन्दा बढी सामान लोड गरेको ट्रक नियन्त्रणमा
२०८१-०१-२१

१.      बारा, मिति २०८१/०१/२० गते अं. १२:४०.बजेको समयमा जिल्ला बारा जितपुरसिमरा उ.म.न.पा.१ पथलैया चोक स्थित इ.प्र.का. सिमराबाट खटिएको प्रहरी टोलीले बिरगंजबाट भैरहवा तर्फ कपडा, मोटर र पाइप लिएर जाँदै गरेको ना.६.ख.०१३७ नं.को  ट्रकलाई रोकी चेकजाँच गर्दा बिलबिजक भन्दा बढी सामान रहेको हुदाँ अं. मुल्य रू. ५५,४५,२७०/- (पचपन्न लाख पैंतालिस हजार दुइ सय सत्तरी रूपैयाँ) बराबरको सामान सहित ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको । २.      पर्सा, मिति २०८१।०१।२१ गते निम्न स्थानमा जि.प्र.का. पर्साबाट खटिएको प्रहरी टोलीले बिज बिजक भन्दा भढी खुद्रा सामान लोड गरेको निम्न ट्रकहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी जि.प्र.का. पर्सामा ल्याई राखिएको ।निम्नः-१.      जि. पर्सा बि.म.न.पा. १४ गण्डक चोक स्थितबाट अं. ०५:४० बजेको समयमा ना. ८ ख. २७१२ नं को ट्रकलाई अं. मुल्य रु. ३०,७७,३५५/- (तिस लाख सतहत्तर हजार तिन सय पचपन्न रुपैयाँ) बराबरको सामान सहित नियन्त्रणमा लिएको ।२.      जि.पर्सा बि.म.न.पा. ६ गहवा स्थितबाट अं. ०६:०० बजेको समयमा ना. ६ ख. ७९७२ नं. को ट्रकलाई अं. मुल्य रु. २०,१५,६८१/- (बिस लाख पन्ध्र हजार छ सय एकासी रुपैयाँ) बराबरको सामान सहित नियन्त्रणमा लिएको ।  

लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०१-२१

१.      पर्सा, मिति २०८१/०१/२० गते अं. २१:०० बजेको समयमा जिल्ला पर्सा बिरगंज म.न.पा. १६  रजतज्यन्ती चोक स्थितमा प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा रक्सौलबाट बिरगंज तर्फ पैदल आउँदै गरेको जिल्ला चितवन भरतपुर म.न.पा. १ बस्ने मन बहादुर मुक्तानको छोरा वर्ष २९ को संतोष मुक्तानको शरीर चेक जाँच गर्दा निजले लगाएको जिन्स पाईन्टको वायाँ गोजीमा लुकाई छिपाई राखेको अवस्थामा लागु औषध NITRAVET-10 लेखिएको २ पत्तामा जम्मा २७ पिस ट्याब्लेट फेलापरेकोले उक्त लागु औषध सहित निजलाई नियन्त्रणमा लिई व.प्र.का.बिर्तामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।१.      सिरहा, मिति २०८१।०१।२० गते अं. १४:१५ बजेको समयमा जि. सिरहा गोलबजार न.पा. ४ स्थितमा ऐ. ऐ. ११ बलकवा घर बताउने हैद्रिस खानको छोरा अं. बर्ष ४७ को मो.जाकिर खानले संचालन गरेको अफ्रिम कुखुरा मासु पसलमा कुखुरा सफा गर्ने मेसिन मुनी ला.औ. लुकाई छिपाइ राखेको छ भने गोप्य सुचनाको आधारमा इ.प्र.का. गोलबजारबाट र मधेश प्रेदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त कुखुरा मासु पसलमा चेक जाँच गर्दा कुखुरा भुत्ल्याउने मेसिन मुनी NITRA-VET-10 ट्याब्लेट १० पिस, DIAZEPAM - १०० एम्पुल, BUPRENORPHINA- १०० एम्पुल र PROMETHAZINA- १०० एम्पुल लागु औषध फेला परेकोले उक्त लागु औषध सहित निज जाकिर खान र सोही पसलमा काम गर्ने ऐ. धनगढीमाई न.पा. ९ मुसहर्निया टोल बस्ने रहमान खानको छोरा अं. बर्ष ४३ को कालु खानलाई नियन्त्रणमा लिई इ.प्र.का. गोलबजारमा ल्याई थप अनुसन्धान कार्य भईरहेको । २.      धनुषा, मिति २०८१/०१/२१ गते अं. १३:०० बजेको समयमा जिल्ला धनुषा नगराईन न.पा. ४ फुलगामा चोक स्थितमा इ.प्र.का. फुलगामाबाट खटिएको प्रहरी गस्ति टोलिले चेकजाँचको क्रममा जिल्ला धनुषा नगराईन न.पा. ९ बस्ने श्याम सुन्दर साहको छोरा अं. वर्ष २२ को लवराज साहको गोजीबाट Nitravet Tablet-10 लेखिएको ९ पिस ला.औ. फेला परेको हुँदा निजलाई उक्त ला.औ. सहित नियन्त्रणमा लिई जि.प्र.का.धनुषामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।३.      सप्तरी, मिति २०८१।०१।२१ गते अं. ०६:५० बजेको समयमा जि. सप्तरी सप्तकोशी न.पा. २ पर्सा टोल स्थितमा प्रहरी चौकी फत्तेपुरबाट खटिएको प्रहरी गस्ति टोलिले बलारदहबाट फत्तेपुर तर्फ आउँदै गरेको जि. सुनसरी बराहक्षेत्र न.पा. ६ बस्ने कमल परियारको छोरा अं. बर्ष १९ को बिबेक परियारलाई शंका लागि चेक जाँच गर्दा निजको साथबाट TRAMANIL नामक ५८ पिस क्याप्सुल फेला परेकोले निजलाई उक्त ला.औ. सहित नियन्त्रणमा लिई प्रहरी यस चौकी फत्तेपुरमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।  

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८१-०१-२०

१.      रौतहट, मिति २०८१।०१।१९ गते अं. १७:०० बजेको समयमा जि. रौतहट गौर न.पा. १ भन्सार स्थित भन्सा सुरक्षा गार्ड रौतहटबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको जि. चितवन भरतपुर म.न.पा. ३ बस्ने पदम बहादुर दमाईको छोरा अं. बर्ष ३१ को सुरेन्द्र परियारलाई चेकजाँच गर्दा निजको साथबाट लागु औषध फेनरागन- २ एम्पुल, नाम नखुलेको ला.औ.- ४ पिस र सुई - १ थान फेला परेकोले निजलाई उक्त ला.औ. सहित नियन्त्रणमा लिई जि.प्र.का. रौतहटमा ल्याई थप अनुसन्धान कार्य भईरहेको । २.      धनुषा, मिति २०८१/०१/१९ गते अं. २१:०० बजेको समयमा जि. धनुषा मुखियापट्टी मुसहरनिया गा.पा. ६ बैरियामा लागु औषध (गाँजा) राखिएको भन्ने गोप्य सुचनाको आधारमा इ.प्र.का. फुलगामा धनुषाबाट खटिएको प्रहरी टोलीले  ऐ.ऐ. बस्ने सर्जुग यादवको छोरा अं. वर्ष २५ को ललित यादवको गोठको पछाडी लागु औषध (गाँजा) ५० के.जी. फेला पारी नियन्त्रणमा लिई इ.प्र.का. फुलगामामा ल्याई थप अनुसन्धान कार्य भईरहेको । ३.      सप्तरी, मिति २०८१।०१।१९ गते अं. १६:०० बजेको समयमा जि.सप्तरी राजबिराज न.पा. ४ छिन्नमस्ता अस्पताल अगाडी जि.प्र.का. सप्तरीबाट खटिएको प्रहरी चेकिङ टोलिले बिभिन्न सवारी साधनहरू चेकजाँच गर्ने क्रममा जि.सप्तरी हनुमाननगर कंकालिनी न.पा. १४ बस्ने सत्य नारायण यादवको छोरा अं. वर्ष ३५ को बिनोद कुमार यादव, जि. सप्तरी तिलाठी कोईलाडी गा.पा. २ लौनिया बस्ने इस्लाम मिँयाको छोरा अं. वर्ष २६ को मो. नसुरुदि मन्सुरी, ऐ. बस्ने बाबु नारायण मण्डलको छोरा अं. वर्ष १९ को कुन्दन कुमार मण्डल, ऐ. बस्ने समित मिँया मन्सुरीको छोरा अं. वर्ष २५ को मो. सम्साद मन्सुरी र ऐ. बस्ने लाल देव रामको छोरा अं. वर्ष २२ को मिथलेश कुमार रामको साथबाट DIAZEPAM 500 एम्पुल, LEZESIL 500 एम्पुल र PHENARGAN 500 एम्पुल लागु औषध फेला परेकोले उक्त ला.औ.,  स. २ प. ८६८२, म.प्र.०६-००१ प ०५०८ र प्र.२-०१-००३ प ४४१७ नं को ३ वटा मो.सा. सहित निजहरुलाई नियन्त्रणमा लिई जि.प्र.का. सप्तरीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको । ४.      महोत्तरी, मिति २०८१।०१।२० गते अं. ११:०० बजेको समयमा जि. महोत्तरी पिपरा गा.पा. ७ स्थित इ.प्र.का. सहोडवा महोत्तरीबाट खटिएको चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा मटिहानीबाट जनकपुर तर्फ जाँदै गरेको ज. १ ह. २७३४ नम्बरको ट्याम्पुलाई चेकजाँच गर्दा ट्याम्पु चालक जि. महोत्तरी मटिहानी न.पा. ४ बस्ने बेचन रामको छोरा अं. वर्ष १७ को अनिल राम र भारत मधुवनी जिल्ला रामपुर बिरिज बस्ने महमद मोक्तारको छोरा अं. वर्ष ३० को महमद गुल्जार उर्फको साथमा रहेको फेनारगन  (Phenergan)    ४८९ पम्पुले, ट्यालगेसिस  (Talgesic) ४९१ पिस, डाईजेपाम  (Diazepam) ४८८ एम्पुल लागु औषध फेला परेकोले उक्त ला.औ. सहित ट्याम्पु र निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।