प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०८१-०१-०९

  • A
  • A-
  • A+
Share


१.      पर्सा, मिति२०८१।०१।०८ गते अं.१८:०० बजेको समयमा जिल्ला पर्सा जिराभवानि गा.पा.०१ माहदेवपट्टी चोक स्थित प्रहरी चौकी महादेवपट्ट पर्साबाट खटिएको प्रहरी चेकिङ टोलिले भारतको भङगाहा बाट नेपाल तर्फ आउँदै गरेको स. २६ प. २१९१ नं. को मो.सा.लाई शंका लागि चेकजाँच गर्दा उक्त मो.सा. को भाईजर भित्र कपडामा राखि लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा लागुऔषध NITRAVET -10 लेखिएको टयाब्लेट १ पातामा १२ पिस र गाँजा-१ पुरीया ला.औ. सहित फेलापारी मो.सा. र मो.सा. चालक जि.पर्सा पटेर्वसुगौली गा.पा. वडा नं. ४ बस्ने अं. वर्ष ३० को बिकेश दास, सोही मो.सा.मा पछाडि सवार ऐ.ऐ. बस्ने अं. बर्ष २१ को भोला चौधरीऐ.ऐ. बस्ने अं. वर्ष २८ को सनि चौधरी समेतलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि  ई.प्र.का. पटेर्वासुगौली पर्सामा ल्याई  थप अनुसन्धा कार्य भईरहेको ।

२.      पर्सा, मिति २०८१/०१/०८ गते अं.१९:०० बजेको समयमा जिल्ला पर्सा बिरगंज म.न.पा. १६  रजतजयन्ती चोक स्थितमा प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतको रक्सौल तर्फबाट बिरगंज बजार तर्फ पैदल आउदै गरेको जिल्ला पर्सा बि.म.न.पा.वडा नं.३ आदर्शनगर टोल बस्ने ममताज महमद खानको छोरा अं.बर्ष २५ को समिर खानको शरीर चेक जाँच गर्दा निजले लगाएको जिन्स पाईन्टको अगाडीको दाहिने खल्तीमा लुकाई छिपाई राखेको अवस्थामा लागू औषध NITRAVET-10 लेखिएको ट्याब्लेट ९ पत्तामा ४५ पिस ट्याब्लेट, खुल्ला १५ पिस ट्यब्लेट र PHENARGAN ईन्जेक्शन ३ एम्पुल, NOORPHIN ईन्जेक्शन ३ एम्पुल,DIAZEPAM ईन्जेक्शन २ एम्पुल फेला परेकोमा उक्त लागू औषध सहित निजलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी  व.प्र.का.बिर्तामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

३.      महोत्तरी, मिति २०८१।०१।०८ गते अं. २३:१५ बजेको समयमा जिल्ला महोत्तरी मनराशिस्वा गा.पा. ४ जाउक स्थितमा ऐ.ऐ. बस्ने हरिदेव मण्डलको श्रीमती अं. वर्ष ६५ की सरस्वति देवी मण्डल मनरा बाट जाउक तर्फ जाँदै गरेको अवस्थमा अ.प्र.पोष्ट सरपल्लो,महोत्तरीबाट खटिएको गस्ति टोलिले चेकजाँच गर्ने क्रममा निजले बोकेको पलास्टिक चेकजाँच गर्दा ला.औ. गाँजा अं. ५०० ग्राम फेला परको हुदा निजलाई ला.औ. सहित नियन्त्रणमा लिई जि.प्र.का. महोत्तरी पठाईएको ।

सम्बन्धित समाचार
लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-११-१०

१.      सर्लाही, हरिवन नगरपालिका-०१ तित्त्री चोकबाट लागू औषध गाँजा १० किलो ९४२ ग्राम सहित प्रदेश ३-०२-००२ प ४८८६ नं. को मोटरसाईकल शनिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । तित्त्रीचोक बाट हरिवन तर्फ आउदै गरेको मोटरसाईकलले सशस्त्र प्रहरी बल, सुरक्षा बेश हरिवनबाट खटिएको गस्ति टोलीलाई देख्ना साथ मोटरसाईकल सहित जेब्रा झोला छाडी फरार भएको र उक्त झोला चेकजाँच गर्दा लागू औषध गाँजा फेला पारी उक्त लागू औषध र मोटरसाईकल नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय हरिवनमा बुझाएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      धनुषा, जनकपुरधाम उपमहानगरपालिका-०४ शान्ति टोलबाट लागूऔषध गाँजा ३४८ किलो ६२२ ग्राम सहित ना ७ ख २२३७ नम्बरको टिप्पर गाडी शनिबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलिले उक्त पदार्थ नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।