प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस नियन्त्रणमा

२०८१-०१-१६

  • A
  • A-
  • A+
Share


१.    पर्सा, मिति २०८१।०१।१५ गते अं. ०६:०० बजेको समयमा जि.पर्सा कालिकामाई गा.पा. १ तिनदुबिया बस्ने मथुरा राउत कुर्मीको छोरा अ. बर्ष ४१ को बृजेश प्रसाद कुर्मीको घरमा ला.औ. लुकाई छिपाई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा इ.प्र.का.पोखरिया पर्साबाट खटिएको प्रहरी टोलिले चेक जाँच  गर्दा  घर अगाडीको बरण्डामा सिमेन्टको बोरामा लुकाई छिपाई राखिएको ला.औ. चरेस जस्तो देखिने पदार्थ ३१ पोकामा १७ किलो फेला परेकोले उक्त ला.औ. सहित निज बृजेश प्रसाद कुर्मीलाई नियन्त्रणमा लिई इ.प्र.का. पोखरिया पर्सामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

२.      रौतहट, मिति २०८१।०१।१५ गते अं. १३:४५ बजेको समयमा जि. रौतहट कटहरिया न.पा. २ छेदिचोक स्थित अस्थाई प्रहरी पोष्ट छेदिचोकबाट खटिएको प्रहरी चेकिङ्ग टोलिले जंगलसहियाबाट कटहरिया तर्फ आउँदै गरेको प्र.२-०३-००१ ह ३१५ नं. को अटोलाई रोकी  चेकजाँच गर्दा चालक बसेको सिट मुनि रातो प्लाष्टिको झोलामा लुकाई छिपाई राखेको दुई पोका १०.५ के.जी.( दश किलो पाँच सय ग्राम) ला.औ. गाँजा  फेला परेकोले उक्त ला.औ. सहित, अटो, अटो चालक जि. बारा निजगढ न.पा. १ बस्ने विर्ख ब. वि.क.को छोरा अं. वर्ष ४२ को अनन्त बराइली, सोहि अटोमा सवार निजको श्रीमती अं. वर्ष ३५ की मन्जु बराइली र नाबालक छोरा अं. वर्ष ८ को उदय बराइलीलाई नियन्त्रणमा लिई इ.प्र.का.गरुडामा ल्याई थप अनुसन्धान कार्य भईरहेको 

३.    धनुषा, मिति २०८१/०१/१५ गते अं. १७:०० बजेको समयमा जि. धनुषा औरही गा.पा. ५ स्थित औरही चोकमा जिल्ला प्रहरी कार्यालय धनुषा र लागु औषध व्युरो जनकपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा BR32AF9347  नं.को मो.सा.लाई रोकी चेकजाँच गर्दा मो.सा. चालक जि. सिरहा, सिरहा न.पा.१५ बस्ने नथुनी यादवको छोरा अं. वर्ष ३६ को श्याम सुन्दर यादवले लगाएको हेलमेट भित्र खैरो हिरोईन जस्तो देखिने पदार्थ १३.३९ ग्राम फेला परेको र सोही मो.सा. पछाडि सवार देश भारत जिल्ला मधुबनी थाना जयनगर कमलावारी टोल बस्ने अं. वर्ष ३२ को सुधिर कुमार ठाकुरको साथबाट नगद भा.रू. ३८,२२०/- र दुई थान मोबाईल फेला परेकोले उक्त ला.औ., नगद र मोबाईल सहित निजहरूलाई नियन्त्रणमा लिई जि.प्र.का. धनुषामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

४.    धनुषा, मिति २०८१/०१/१५ गते अं. २०:०० बजेको समयमा जि. धनुषा जनकपुर उ.म.न.पा.-४ मुरलीचोक स्थितमा प्रहरी चौकी हनुमाननगर धनुषा र लागु औषध व्युरो जनकपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा ज. १० प. १२८९ नं.को मो.सा.लाई रोकी चेकजाँच गर्दा मो.सा. चालक जि. धनुषा जनकपुर उ.म.न.पा १ बस्ने रामबावु बैठाको छोरा अं. वर्ष २२ को अर्जुन बैठाको साथबाट खैरो हिरोईन जस्तो देखिने पदार्थ ६ ग्राम २८ मिलि ग्राम फेला परेको र सोही मो.सा. पछाडि सवार ऐ.ऐ. बस्ने अं.वर्ष २१ को ईन्द्रजीत भण्डारीको साथबाट नगद रू. ३,३५०/- र दुई थान मोबाईल फेला परेकोले उक्त ला.औ., नगद र मोबाईल सहित निजहरूलाई नियन्त्रणमा लिई जि.प्र.का.धनुषामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

 

५.    सिरहा, मिति २०८१।०१।१५ गते अ. ११:०० बजेको समयमा जि. सिरहा गोलबजार न.पा.६ डोहटिया टोल बस्ने छबिलाल पासवानको छोरा अं. बर्ष १९ को सुरज पासवानले ऐ.ऐ. स्थितमा रहेको बाँसझाङमा ला.औ. कारोबार गरिरहेको छ भन्ने गोप्य सुचनाको आधारमा इ.प्र.का. गोलबजारबाट खटिएको प्रहरी टोलीले (infinix मोबाइल थान १, jivi मोबाइल थान १) ला.औ. ब्राउन सुगर जस्तो देखिने पदार्थ (प्लाष्टिक सहित ५३० मिली ग्राम, प्लाष्टिक बाहेक ४०० मिली ग्राम) फेला परेकोले निजलाई उक्त ला.औ. सहित नियन्त्रणमा लिई इ.प्र.का.गोलबजारमा ल्याइ थप अनुसन्धान कार्य भइरहेको ।

सम्बन्धित समाचार
लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-०७

धनुषा, जनकपुर उपमहानगरपालिका ९ मुख्यमन्त्री कार्यालय स्थितबाट लागु औषध NATRAMP- ३ पतामा (३० पिस र २ पिस गरी जम्मा ३२ पिस), SPASMO- ३ पतामा (३० पिस), PRENURA- ३ वटा ट्याब्लेट र गाँजा जस्तो देखिने बस्तु अन्दाजी २/३ ग्राम सहित जिल्ला महोत्तरी बर्दिबास नगरपालिका २ गौरीडाँडा घर भई हाल जिल्ला धनुषा जनकपुर उपमहानगरपालिका १ श्यामचोकमा डेरा गरी बस्दै आएको श्याम भुजेलको छोरा वर्ष २८ को संजय कुमार भुजेललाई शनिवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको प्रहरी चेकिंङ टोलीले मधेश प्र.०२-००७ प ३७९८ नम्बरको स्कुटरमा सवार निजलाई चेक जाँच गर्ने क्रममा उक्त परिमाण बराबरको लागु औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फरार प्रतिवादी पक्राउ
२०८२-०३-०६

१.      सिरहा, कल्याणपुर नगरपालिका-४ स्थितबाट लेनदेन बिगो मुद्दामा १ वर्ष कैद तोकिएको फरार प्रतिबादी सोही स्थान बस्ने महाबिर यादवको छोरा अन्दाजी बर्ष ४० को धनबिर यादवलाई बिहिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  २.      सिरहा, मिर्चैया नगरपालिका-६ स्थितबाट लेनदेन बिगो मुद्दामा १ बर्ष कैद भएको फरार प्रतिबादी सोही स्थान बस्ने जुगेश्वर यादवको छोरा अंदाजी बर्ष ५५ को बिजिन्द्र यादवलाई शुक्रबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा निजकै घर वतनबाट नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ब्राउन सुगर सहित मानिस नियन्त्रणमा
२०८२-०३-०३

सिरहा, मिर्चैया नगरपालिका-५ white house स्कुल स्थितबाट लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ४०० ग्राम सहित सोही स्थान बस्ने जिवछ साहको छोरा अन्दाजी बर्ष २० को राहुल कुमार साह, सुनिल साहको छोरा अन्दाजी बर्ष २१ को दिलिप कुमार साह र मिर्चैया नगरपालिका-६ बस्ने मिस्टर राकेश कुमार गिरीको छोरा अन्दाजी बर्ष २३ को बिशाल गिरीलाई सोमबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले गस्ति गर्दै जाँदा उक्त स्थानमा रहेको खाली घरमा निजहरुलाई लागु औषध सेवन गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिई चेक जाँच गर्ने क्रममा लागु औषध ब्राउन सुगर गस्तो देखिने पदार्थ फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।