प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस नियन्त्रणमा

२०८१-०१-२०

  • A
  • A-
  • A+
Share


१.      रौतहट, मिति २०८१।०१।१९ गते अं. १७:०० बजेको समयमा जि. रौतहट गौर न.पा. १ भन्सार स्थित भन्सा सुरक्षा गार्ड रौतहटबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको जि. चितवन भरतपुर म.न.पा. ३ बस्ने पदम बहादुर दमाईको छोरा अं. बर्ष ३१ को सुरेन्द्र परियारलाई चेकजाँच गर्दा निजको साथबाट लागु औषध फेनरागन- २ एम्पुल, नाम नखुलेको ला.औ.- ४ पिस र सुई - १ थान फेला परेकोले निजलाई उक्त ला.औ. सहित नियन्त्रणमा लिई जि.प्र.का. रौतहटमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

२.      धनुषा, मिति २०८१/०१/१९ गते अं. २१:०० बजेको समयमा जि. धनुषा मुखियापट्टी मुसहरनिया गा.पा. ६ बैरियामा लागु औषध (गाँजा) राखिएको भन्ने गोप्य सुचनाको आधारमा इ.प्र.का. फुलगामा धनुषाबाट खटिएको प्रहरी टोलीले  ऐ.ऐ. बस्ने सर्जुग यादवको छोरा अं. वर्ष २५ को ललित यादवको गोठको पछाडी लागु औषध (गाँजा) ५० के.जी. फेला पारी नियन्त्रणमा लिई इ.प्र.का. फुलगामामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

३.      सप्तरी, मिति २०८१।०१।१९ गते अं. १६:०० बजेको समयमा जि.सप्तरी राजबिराज न.पा. ४ छिन्नमस्ता अस्पताल अगाडी जि.प्र.का. सप्तरीबाट खटिएको प्रहरी चेकिङ टोलिले बिभिन्न सवारी साधनहरू चेकजाँच गर्ने क्रममा जि.सप्तरी हनुमाननगर कंकालिनी न.पा. १४ बस्ने सत्य नारायण यादवको छोरा अं. वर्ष ३५ को बिनोद कुमार यादव, जि. सप्तरी तिलाठी कोईलाडी गा.पा. २ लौनिया बस्ने इस्लाम मिँयाको छोरा अं. वर्ष २६ को मो. नसुरुदि मन्सुरी, ऐ. बस्ने बाबु नारायण मण्डलको छोरा अं. वर्ष १९ को कुन्दन कुमार मण्डल, ऐ. बस्ने समित मिँया मन्सुरीको छोरा अं. वर्ष २५ को मो. सम्साद मन्सुरी र ऐ. बस्ने लाल देव रामको छोरा अं. वर्ष २२ को मिथलेश कुमार रामको साथबाट DIAZEPAM 500 एम्पुल, LEZESIL 500 एम्पुल र PHENARGAN 500 एम्पुल लागु औषध फेला परेकोले उक्त ला.औ.,  स. २ प. ८६८२, म.प्र.०६-००१ प ०५०८ र प्र.२-०१-००३ प ४४१७ नं को ३ वटा मो.सा. सहित निजहरुलाई नियन्त्रणमा लिई जि.प्र.का. सप्तरीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

४.      महोत्तरी, मिति २०८१।०१।२० गते अं. ११:०० बजेको समयमा जि. महोत्तरी पिपरा गा.पा. ७ स्थित इ.प्र.का. सहोडवा महोत्तरीबाट खटिएको चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा मटिहानीबाट जनकपुर तर्फ जाँदै गरेको ज. १ ह. २७३४ नम्बरको ट्याम्पुलाई चेकजाँच गर्दा ट्याम्पु चालक जि. महोत्तरी मटिहानी न.पा. ४ बस्ने बेचन रामको छोरा अं. वर्ष १७ को अनिल राम र भारत मधुवनी जिल्ला रामपुर बिरिज बस्ने महमद मोक्तारको छोरा अं. वर्ष ३० को महमद गुल्जार उर्फको साथमा रहेको फेनारगन  (Phenergan)    ४८९ पम्पुले, ट्यालगेसिस  (Talgesic) ४९१ पिस, डाईजेपाम  (Diazepam) ४८८ एम्पुल लागु औषध फेला परेकोले उक्त ला.औ. सहित ट्याम्पु र निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
लागु औषध सहित मानिस पक्राउ
२०८१-०२-०२

१.      सिरहा, मिति २०८१।०२।०१ गते अ. १७:४५ बजेको समयमा जिल्ला सिरहा सिरहा न.पा. १७ खैरटोका माडर स्थित इ.प्र.का. माडर सिरहाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको ज.२ प. ७१४४ नं.को मो.सा. चालक जिल्ला सिरहा गोलबजार न.पा. ४ बस्ने बिरेन्द्र साहको छोरा अं. बर्ष २६ को आशिष साह र मो.सा.पछाडी सवार ऐ. न.पा. १२ बस्ने विनोद मण्डललाई शंका लागि चेक जाँच गर्दा मो.सा.चालक आशिष साहले मुखमा लगाएको माक्स भित्र लुकाई छिपाई राखिएको ब्राउन सुगर जस्तो देखिने पदार्थ प्लास्टिक सहितको वजन अं.९ ग्राम ८६ मिलि ग्राम, प्लास्टिक वाहेकको वजन (६.२४० ग्राम) फेला परेकोले उक्त ला.औ. सहित निज दुवै जनालाई नियन्त्रणमा लिई इ.प्र.का. माडर सिरहामा ल्याई थप अनुसन्धान कार्य भईरहेको । २.      धनुषा, मिति २०८१/०२/०२ गते अं. ११:०० बजेको समयमा जिल्ला धनुषा नगराईन न.पा. २ स्थित इ.प्र.का. लगमा जटही धनुषा अगाडि रहेको चेक पोष्टमा  खटिएको प्रहरी चेकिङ्ग टोलीले  चेक जाँच गर्ने क्रममा जि. धनुषा जनकपुर उ.म.न.पा. ७ बस्ने योगेन्द्र साहको छोरा अं. वर्ष ३६ को श्रवण कुमार साहको हातमा कालो प्लाष्टिकमा पोको पारी  १० लेखिएको सेतो खुल्ला ट्याब्लेट ४८ पिस (नाइट्रोभेट) र spm-PRx+ (स्पामो प्रोक्सिन) लेखिएको निलो खुल्ला ट्याब्लेट ६० पिस फेला परेकोले उक्त ला.औ. सहित निजलाई नियन्त्रणमा लिई जि.प्र.का.धनुषामा ल्याई थप अनुसन्धान कार्य भईरहेको । 

फरार प्रतिबादी नियन्त्रणमा
२०८१-०२-०२

१.      बारा, मिति २०८१।०२।०१ गते अं. १४:४५ बजेको समयमा सवारी ज्यान सम्बन्धी कसुर मुद्दामा रू.२,०००/- जरिवाना भएका जिल्ला बारा निजगढ न.पा. ७ बस्ने अं. बर्ष ५७ को भिम कुमार पुडासैनिलाई इ.प्र.का. निजगढ बाराबाट खटिएको प्रहरी टोलीले निजगढ न.पा. ७ सहिद चोकबाट पक्राउ गरी सम्मानित जिल्ला अदालत बारामा पठाईएको । रौतहट, मिति २०८१।०२।०१ गते अं. १४:३० बजेको समयमा जालसाजी कसुर मुद्दामा रु. ५६,४१६/६६/- (छपन्न हजार चार सय सोह्र रुपैयाँ छैसठी पैसा) जरिवाना भएको फरार प्रतिवादी जिल्ला रौतहट फतुवा बिजयपुर न. पा. ५ सन्तपुर बस्ने रामचन्द्र राय यादवको छोरा रुप नारायन राय यादवलाई इ.प्र.का. लक्ष्मिनिया रौतहटबाट खटिएको प्रहरी टोलीले ऐ. न.पा. ९ वडा एरियाबाट नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी सम्मानित जिल्ला अदालत गौर रौतहट पठाईएको ।

लागु औंषध सहित मोटरसाईकल नियन्त्रणमा
२०८१-०२-०२

सर्लाही, मिति २०८१।०२।०१ गते अं.०९:५० बजेको समयमा जि.सर्लाही लालबन्दी न.पा. ३ जब्दी स्थित भित्री सडक खण्डमा इ.प्र.का. लालबन्दी सर्लाहीबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेक जाँच गर्ने क्रममा जब्दीबाट रामपुर तर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३-००३ प ०७२३ नं.को २२० पल्सर मो.सा. रोक्ने क्रममा भागेर गएकोले मो.सा.लाई पछ्याउने क्रममा जि. सर्लाही ईश्वरपुर न.पा. ८ रामपुर स्थितमा मो.सा. छोडी चालक भागेकोले मो.सा.मा रहेको खैरो रङको झोला खोली चेक जाँच गर्दा सो झोला भित्र लुकाई छिपाई ल्याएको अवैध ला.औं. गाँजा ५ के.जी. फेला परेकोले उक्त ला.औं. र मो.सा. नियन्त्रणमा लिई आवश्यक कारवाहीको इ.प्र.का. लालबन्दीमा ल्याई राखिएको साथै फरार मो.सा.चालकको खोजतलास कार्य भईरहेको ।