लागु औषध सहित मानिस नियन्त्रणमा
२०८१-०२-१८
- A
- A-
- A+
१. पर्सा,
जिल्ला चितवन
खैरनी नगरपालिका १३ बस्ने बर्ष २९ को रोशन
बाह्रकोटी र खैरनी नगरपालिका ८
बस्ने बर्ष ३२ को सुशिल पौडेललाई नाईट्राभेट-२९६ पिस ट्याब्लेट लागु औषध सहित
बिहीबार राती प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट
खटिएको प्रहरी टोलीले जिल्ला पर्सा बिरगंज म.न.पा. १५ प्रतिमा चोकबाट उक्त लागु
औषध सहित निजहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान
गरिरहेको छ ।
२. धनुषा,
जिल्ला
महोत्तरी गौशला नगरपालिका ४ रजखोर बस्ने अरूण महतोको
छोरा वर्ष १७ को विशेष महतोलाई लागु औषध Exiplon New १०० ml को ५ बोतल, नाईट्राभेट-१०लेखिएको १८ ट्याब्लेट
सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट बडहरी, धनुषाबाट
खटिएको प्रहरी टोलीले जिल्ला धनुषा मिथिला नगरपालिका वडा नं. ९ बडहरी बजारबाट उक्त लागु
औषध सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ
।