प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस नियन्त्रणमा

२०८१-०२-२०

  • A
  • A-
  • A+
Share


१.      पर्सा, जिल्ला सर्लाही लालबन्दी न.पा. १ नवलपुर बस्ने बर्ष २८ को सुरज बि.क.लाई लागु औषध डाईजेपाम ईन्जेक्सन ५२ एम्पुल, फेनारगन ५२ एम्पुल र नुर्फिन ५२ एम्पुल गरी जम्मा १५६ एम्पुल NITRAVET-10 लेखिएको ट्याब्लेट ३ डिब्बामा प्रत्येक डिब्बामा ३०० पिस  ट्याब्लेटको दरले जम्मा ट्याब्लेट ९०० पिस सहित शनिवार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वा तथा लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बिरगंज पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला पर्सा बिरगंज महानगरपालिका १६ बाट उक्त लागु औषध सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

२.      सर्लाही, जिल्ला सर्लाही बागमती न.पा. ११ बस्ने बर्ष २६ को रोहित बोट र ऐ. १२ बस्ने  बर्ष २९ को अनिल जिम्वा तामाङलाई लागु औषध Codedyl-T  १०० ml को २२ बोतल र Spasmo ट्याब्लेट २० पिस सहित शनिवार प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरी टोलीले भारतको सोनवर्षाबाट मलंगवा तर्फ आउँदै गरेको म.प्र. ०४-००१ प ३७७१ नं.को स्कुटरलाई चेक जाँच गर्ने क्रममा उक्त लागु औषध सहित निजहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

३.      धनुषा, जनकपुर उ.म.न.पा. ६ रहिमपथ बस्ने बर्ष २७ को इमरान हुसेनलाई लागु औषध Spasmo-proxyvon plus नामक ट्याब्लेट २४ पिस सहित आईतवार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी हनुमाननगरबाट खटिएको प्रहरी टोलीले जनकपुर उ.म.न.पा. १२ कुवा बजारबाट उक्त लागु औषध सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०२-०६

१.      सर्लाही, पर्सा गाउँपालिका ६ गाँउपालिका चोक स्थितबाट लागू औषध नाईट्राभेट ट्याब्लेट ४१ पत्तामा १२३० पिस, स्पाईस ७ पत्तामा १६८ पिस र सिनारेक्स १०० ml को १ बोतल सहित ब्रहम्पुरी गाउँपालिका ६ बस्ने बेचन राय यादवको छोरा बर्ष १९ को रबि कुमार यादव र सोही स्थान बस्ने सुनिल कुमार यादवको छोरा बर्ष २२ को राहुल कुमार यादवलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको BR-30-7016 नम्बरको मोटरसाइकललाई शंका लागी चेक जाँच गर्दा निजहरुलाई उक्त परिमाण बराबरको लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  २.      धनुषा, मिथिला नगरपालिका ६ ढल्केबर बस्ने बर्ष ६८ को खिचडी बाबा भन्ने राम कुमार महतोको घरमा लागू औषध लुकाई छिपाई राखेको भन्ने बिषेश सुचनाको आधारमा सोमबार दिउँसो इलाका प्रहरी कार्यालय ढल्केबर र लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको संयुक्त प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा निजको घरमा लुकाई छिपाई राखेको लागू औषध गाँजा २७ के.जी., लागू औषध चरेस ३०० ग्राम, ने. रु. २८,५००/- (अट्ठाईस हजार पाँच सय रुपैयाँ मात्र), भा. रु. ११,१००/- (एघार हजार एक सय रुपैयाँ मात्र), तराजु २ थान, सो को ढक (१ के.जी.को १ थान र ५०० ग्रामको ३ थान) र लागू औषध गाँजा प्याक गर्ने प्लाष्टिकको थैली अन्दाजी २ के.जी. ५०० ग्राम सहित निज खिचडी बाबा भन्ने राम कुमार महतोलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागू औषध गाँजा जस्तो देखिने चिजवस्तु नियन्त्रणमा
२०८२-०२-०६

१.      सर्लाही, लालबन्दी नगरपालिका-१४ स्थित डाइनी खोलाबाट लागू औषध गाँजा जस्तो देखिने बस्तु ११२.७८ किलो ग्राम सहित लालबन्दी नगरपालिका १४ बस्ने वर्ष ४२ को सोम बहादुर तामाङ्गलाई सोमबार बेलुका प्रहरीले नियन्त्रणमा  लिएको छ । गोप्य सूचनाको आधारमा डाइनी खोलाबाट लागू औषध गाँजा ओसार पसार हुँदैछ भन्ने खबर प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय लालबन्दी र प्रहरी चौकी पत्थरकोटबाट खटिएको संयुक्त प्रहरी टोलीले डाइनी खोलामा रोकि राखेको BR 32 AN 0817 नम्बरको स्कारपियो गाडी र लु ३३ प ३८९४ नम्बरको 150CC को पल्सर मोटरसाइकललाई चेक जाँच गर्दा उक्त परिमाण बराबरको लागू औषध फेला परेकोले लागू औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । फरार रहेका लालबन्दी नगरपालिका १४ बस्ने अन्दाजी वर्ष ३४ को भिम बहादुर वाइवा सहित नाम, थर, वतन नखुलेका अन्य २ जनाको खोजतलास तथा थप अनुसन्धान कार्य भईरहेको छ ।

कालो मोसो दल्ने अखिल (क्रान्तिकारी)का मधेश प्रदेश अध्यक्ष र अनेरास्ववियु (क्रान्तिकारी)का सिरहा जिल्ला अध्यक्ष पक्राउ ।
२०८२-०२-०५

मिति २०८२।०२।०४ गते अं.१७;३० बजेको समयमा जि.धनुषा लक्ष्मिनिया गा.पा.४ सपही स्थितमा रहेको वि.पि.स्मृति बहुप्राविधिक शिक्षालयमा सोही शिक्षालयको प्रमुख गोबिन्द पौडेललाई निम्न कारणले नेपाल कम्युनिष्ट पार्टी बहुमतको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी युनियन (क्रान्तिकारी) मधेश प्रदेशको अध्यक्ष जि.महोत्तरी बर्दिवास न.पा.३ गौरीडाँडा बस्ने कुबेर घिमिरेको छोरा अं.बर्ष २३ को आयुष घिमिरे र अनेरास्वबियु (क्रान्तिकारी) को सिरहा जिल्लाको अध्यक्ष जि.सिरहा कल्याणपुर न.पा.१ बनिनिया बस्ने बेचन महराको छोरा अं.बर्ष ३१ को रामदेव कुमार महरा दुबै जना मिलि कालो मोसो शरिरको बिभिन्न भागहरुमा दली भाग्ने लागेको अवस्थामा  उक्त शिक्षालयको कर्मचारीहरुले टे.फो.मार्फत ऐ. १९;०० बजेको समयमा प्र.चौ.लक्ष्मिनियाँमा  जानकारी गराउन साथ प्र.चौ. लक्ष्मिनियाँबाट प्र.स.नि.उमानन्द सुनरैतको टोली र इ.प्र.का.महेन्द्रनगर धनुषाबाट प्र.नि.राजाराम यादवको कमाण्डमा टोली खटि गई कालो मोसो फाल्ने दुबै जनालाई नियन्त्रणमा लिई ‍इ.प्र.का.महेन्द्रनगर धनुषामा ल्याई थप  अनुसान्धान कार्य भइरहेको साथै निजहरुबाट फेला परेको पर्चामा भएको उल्लेखित बुदाँहरु निम्न रहेको ।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थी यूनियन(क्रान्तिकारी) अखिल(क्रान्तिकारी) द्वारा भ्रष्ट गोबिन्द पोडेललाई जनकारवाही किन ?निम्नः-१. नक्कली प्रमाणपत्र निर्माण- फेल भएको विद्यार्थीलाई गैरकानुनी रुपमा पास गराई  नक्कली प्रमाणपत्र तयार पार्ने कार्यमा संलग्न ।२. प्रमाणपत्र बिक्री कारोवार- अवैध प्रमाणपत्र बिक्री मार्फत आर्थिक कारोबार गरी बिद्यार्थीहरुको भविष्य माथि खेलवाड ।३. गम्भिर आर्थिक भ्रष्टाचार- साथै कार्यालयमै आर्थिक अनियमिता तथा घुस प्रथालाई संस्थागत गर्ने कार्यमा अग्रसर  ।४. शैक्षिक माफियासँगको साँठगाँठ- निजी शिक्षालयहरुसँग मिलेमतो गरी ठगीधन्दा सञ्चालनमा सघाउने भूमिका ।५. शैक्षिक संस्थाको साखमा दाग – हाल प्राचार्यको भूमिकामा समेत पुराना भ्रष्ट प्रवृत्तिहरुको निरन्तरता दिंदै सार्वजनिक शिक्षालयको साख गिराउने कार्य । ६. छानबिनमा बेवास्ता- सम्बन्धित निकायमा बारम्बार उजुरी र प्रमाण प्रस्तुत हुँदाहुँदै पनि कुनै छानविन नभएको र त्यसको संरक्षण गर्ने प्रयास गरिएको ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०२-०५

१.      बारा, निजगढ नगरपालिका ४ मौरी खोला स्थितबाट लागू औषध ट्रमाडोल ५० लेखेको  ५७ पत्तामा ५७० पिस मध्ये ५ पिस सेवन गरी बाँकी ५६५ पिस, antikof लेखेको ट्याब्लेट ५ पत्तामा ५० पिस मध्ये ७ पिस सेवन गरी बाँकी ४३ पिस र Devoxin-10 लेखेको ५ पत्तामा ५० पिस मध्ये ४ पिस सेवन गरी बाँकी ४६ पिस सहित जिल्ला मकवानपुर बकैया गाउँपालिका ६ भालु खोला बस्ने वर्ष २५ को बिजय योञ्जन, निजगढ नगरपालिका १० चौकीटोल बस्ने वर्ष २८ को प्रेम वाईबा, वर्ष २२ को धन बहादुर थिङ, वर्ष ३० को ज्ञान बहादुर घलान र निजगढ नगरपालिका १० बिच टोल बस्ने वर्ष २४ को अमृत दुलाललाई आईतवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागू औषध  खरिद बिक्री हुँदै छ भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले निजहरुलाई शंका लागि चेकजाँच गर्ने क्रममा उक्त परिमाण बराबरको लागू औषध फेला परेकोले लागू औषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  २.      सिरहा, नरहा गाउँपालिका १ देविपुरबाट लागू औषध गाँजा अन्दाजी ३० किलो ग्राम सहित सोही स्थान बस्ने बर्ष ३५ को संजय दास, बर्ष ३१ को रामशरण दास र जिल्ला बारा, कलैया उपमहानगरपालिका ४ घर भई हाल जिल्ला सिरहा, नरहा गाउँपालिका १ बस्ने बर्ष २० को धिरज महतोलाई आइतवार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । रामदेव दासले लागू औषध गाँजाको कारोबार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा निजको घर भित्र २ वटा बोरामा लुकाई छिपाई राखेको उक्त परिमाण बराबरको लागू औषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीले फरार रहेका रामदेव दासको खोजी गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।