प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागू औषध सहित मानिस नियन्त्रणमा

२०८१-०२-२७

  • A
  • A-
  • A+
Share


१.     पर्सा, जिल्ला पर्सा बिरगंज म.न.पा. १६ त्रिशुल चोक स्थितबाट लागू औषध खैरो हेरोईन जस्तो देखिने वस्तु प्लाष्टिक सहित २०.७४० मिलिग्राम सहित जिल्ला बारा फेटा गा.पा. ७ गमहरिया बस्ने बर्ष २० को अजय कुमार वैठा, विश्रामपुर गा.पा. १ कल्याणपुर बस्ने बर्ष २२ को रवी कुमार यादव र बर्ष २० को रंजित कुमार मुखियालाई शनिवार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बसपार्क र लागू औषध नियन्त्रण ब्युरो बिरगंजबाट खटिएको संयुक्त प्रहरी टोलिले BR 05 AY 7289 नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा उक्त लागू औषध सहित निजहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

२.     बारा, मिति २०८१/०२/२७ गते  साँझ जिल्ला बारा सिम्रौनगढ नगरपालिका १ हनुमानचोक स्थितमा प्रहरी चौकी श्रीनगर बैरिया र इलाका प्रहरी कार्यालय सिम्रौनगढ, बाराबाट खटिएको संयुक्त चेकिङ टोलीलाई देख्ना साथ नयकाटोलबाट भारत तर्फ जाँदै गरेको BR 05 C 7054 नं.को मोटरसाइकल छाडी चालक फरार भएको हुदाँ उक्त मो.सा. लाई चेक जाँच गर्दा लागू औषध गाँजा १० के.जी. फेला परेकोले उक्त लागू औषध र मो.सा. नियन्त्रणमा लिई प्रहरीले थप अनुसन्धान कार्य गरिरहेको छ ।

३.     बारा, जिल्ला बारा जितपुरसिमरा उ.म.न.पा.२१ स्थितबाट लागू औषध गाजाँ ८० के.जी. जिल्ला चितवन राप्ती न.पा १० रिकाटार बस्ने बर्ष २५को मान बहादुर वाईवा र जिल्ला मकवानपुर राक्सीराङ गा.पा. ५ बस्ने बर्ष २६ को सुमन स्याङ्ताङलाई शनिवार बिहान प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी चेकिङ टोलीले चेक जाँच गर्ने क्रममा मनहरीबाट पथलैया  तर्फ आउँदै गरेको बा. १० च. ३६१९ नम्बरको कारलाई उक्त लागू औषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

४.     सिरहा, जिल्ला सिरहा लहान न.पा. ३ रेडक्रस भवन अगाडिबाट लागू औषध Phenergan-२० एम्पुल, Diazepam-२० एम्पुल  र Buprenorphine-२० एम्पुल सहित जिल्ला उदयपुर त्रियुगा न.पा. १३ शान्ति टोल बस्ने बर्ष २० को परास राईलाई शनिवार राती प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा उक्त लागू औषध सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

५.     बारा, मिति २०८१/०२/२७ गते  बिहान जिल्ला बारा जितपुरसिमरा उ.म.न.पा. १ पथलैया स्थितमा प्रहरी चौकी पथलैयाबाट खटिएको चेकिङ टोलीले हेटौंडाबाट पथलैया तर्फ आउँदै गरेको प्र.०३-००२प ५८५४ नं.को मोटरसाईकल प्रहरी चेकिङ टोलीलाई देख्ना साथ मो.सा. छाडी चालक फरार भएकोले उक्त मो.सा. पछाडी बाधीँ राखेको झोला चेकजाँच गर्दा ३२ के.जी. लागू औषध गाँजा फेला परेकोले उक्त लागू औषध सहित मो.सा. नियन्त्रणमा लिई प्रहरीले थप अनुसन्धान कार्य गरिरहेको छ ।

  सिरहा, जिल्ला सिरहा औरही गाउँपालिका १ दरहिया हनुमान चोक स्थितबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ ७.३१० ग्राम सहित जिल्ला सिरहा गोलबजार न.पा.२ बस्ने वर्ष २६ को रुपेश कुमार साहलाई आईतवार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी हर्कट्टी, सिरहाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको मो.सा.लाई चेकजाँच गर्ने क्रममा उक्त लागू औषध सहित निजलाई पक्राउ गरेको हो । मो.सा. र मो. सा. चालक फरार रहेको तथा यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-३१

सिरहा, औरही गाउँपालिका १ स्थितबाट लागु औषध Nitrazepam Tablets IP 10 mg नामक २ पत्तामा २० पिस ट्याब्लेट सहित  गोलबजार नगरपालिका १२ बस्ने कासिन्द्र मुखियाको छोरा बर्ष १७ को राकेश मुखिया, सोही स्थान बस्ने दुखरन मुखियाको छोरा बर्ष १८ को मनिष मुखिया र सुखिपुर नगरपालिका ६ जगिपुर बस्ने रामदेव रायको छोरा बर्ष २० को सोनेलाल रायलाई मंगलबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी हर्कटीबाट खटिएको प्रहरी चेकिङ टोलीले चेक जाँच गर्ने क्रममा दरहैयाबाट हर्कटी तर्फ आँउदै गरेको म.प्र.०१-००५ प ०५१४ नम्बरको मोटरसाइकललाई शंका लागी चेक जाँज गर्दा मोटरसाइकलमा सवार निजहरुलाई उक्त लागु औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-३१

बारा, आदर्शकोतवाल गाउँपालिका ४ हर्नैहिया चोकमा दुई वटा आँपको क्यारेट बेवारिसे अवस्थामा छ भन्ने खबर मिति २०८२-०३-२९ गते साँझ प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय  बारागढी र इलाका प्रहरी कार्यालय महेन्द्रजयनगरबाट संयुक्त प्रहरी टोलि खटिगई दुवै आँपको क्यारेट बरामद गरी चेक जाँच गर्दा लागु औषध १५०० सय पिस फेनार्गन, १५०० सय पिस नोर्फेन र १५०० सय पिस डाइजोपान गरी जम्मा ४५०० (चार हजार पाँच सय) पिस लागु औषध ईन्जेक्सन बरामद गरी प्रहरीले थप अनुसन्धान गर्दै जाने क्रममा मिति २०८२-०३-३० गते साँझ CCTV क्यामेरामा देखिएको फोटोमा नम्बर नखुलेको भारतीय मोटरसाइकलमा उक्त क्यारेट लोड भएको मोटरसाइकल चालकले रातो रंङगको भेस्ट लगाएको र लागु औषध बोकेको मोटरसाइकललाई  BR05AZ4572 नम्बरको कालो रातो रङको १५० सि.सि.को भारतीय नम्बरको पल्सर मोटरसाइकलले स्कटिङग गरेको फोटो समेत देखिएकोले निजहरुको खोजतलास गर्दै जाँदा मिति २०८२-०३-३१ गते साँझ CCTV क्यामेरामा देखिएको  फोटोमा भएको हुलिया अनुसार लागु औषध ओसारपसारमा संलग्न देखिएको देश भारत जिल्ला मोतिहारी ग्रामपञ्चायत बिजवनि बन्कटवा टोल बस्ने ईन्द्रजित रायको छोरा बर्ष २५ को बलिराम कुमार यादव र निजको भाई बर्ष १८ को कन्हैया यादव, सोही स्थान बस्ने रंगिलाल यादवको छोरा बर्ष २१ को वकिल कुमार यादवलाई BR05AZ4572  र BR05BC9501 नम्बरको कालो रातो कलरको १५० सि.सि.को दुई वटा पल्सर मोटरसाइकल सहित पचरौता नगरपालिका २ चतुरी चोकबाट नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।