प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागू औषध नियन्त्रणमा

२०८१-०२-२९

  • A
  • A-
  • A+
Share


१.      सर्लाही, जिल्ला सर्लाही हरिवन नगरपालिका ७ साईफन चोकको भित्री सडक खण्डबाट WINCEREX-१०० ML को बोतल थान ११९ मध्ये १ वटा बोतलको सिल खोली खाली रहेको र ११८ बोतल सिलबन्दी रहेको लागू औषध सहित देश भारत जिल्ला सितामढी ग्राम मैबी बस्ने बर्ष २५ को राहुल तिवारीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीबाट खटिएको प्रहरी टोलीले पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको BR 05 L 8308 नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा निजलाई उक्त लागू औषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

२.     पर्सा, जिल्ला पर्सा बहुदरमाई नगरपालिका ७ भौराटार नहरको बाटोमा प्रहरी चौकी महुवन पर्साबाट खटिएको प्रहरी गस्ती टोलीलाई देख्ना साथ डकैलाबाट छप्कैया तर्फ आँउदै गरेको मोटरसाईकलमा रहेको बोरा फाली मोटरसाईकल फरार भएकोमा उक्त बोरा खोली हेर्दा लागू औषध गाँजा १० के.जी. फेला परेकोले उक्त लागू औषध नियन्त्रणमा लिई फरार व्यक्तिको खोजतलास तथा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
ट्रक सहित लागू औषध गाँजा नियन्त्रणमा
२०८१-०७-११

१.     धनुषा, जनकपुरधाम उपमहानगरपालिका १४ बाबा आयल सेन्टर नजिकबाट अन्दाजी २२१.३८ के.जी. लागू औषध गाँजा सहित जिल्ला मकवानपुर भिमफेदी गाउँपालिका २ बस्ने वर्ष २४ को प्रकाश लुङ्गवालाई कार्तिक १० गते शनिवार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको प्रहरी टोलीले विशेष सुचनाको आधारमा चेक जाँच गर्ने क्रममा ना.५ ख १७७ नं.को मिनी ट्रकलाई चेक जाँच गर्दा ट्रकमा फल्स बटन बनाई लुकाई छिपाई राखेको उक्त परिमाणको लागू औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

बिलबिजक भन्दा बढी सामान लोड रहेको कन्टेनर नियन्त्रणमा
२०८१-०७-११

१.     सर्लाही, बागमती नगरपालिका ११ कार्यालय अगाडी चेक प्वाईन्टबाट अन्दाजी मूल्य रू. ५५,८३,३११/- (पचपन्न लाख तीरासी हजार तीन सय एघार रुपैयाँ) मुल्य बराबरको समान सहित ना.६ ख. ७१३ नम्बरको कन्टेनर गाडीलाई कार्तिक १० गते शनिवार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा बिरगंजबाट सुनसरी तर्फ जाँदै गरेको उक्त कन्टेनरलाई चेक जाँच गर्दा बिलबिजक शंकास्पद देखिएकोले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाएको छ ।

बिल बिजक भन्दा बढी सामान लोड रहेको ट्रक नियन्त्रणमा
२०८१-०७-०९

पर्सा, बिरगंज महानगरपालिका ८ घण्टाघर स्थितबाट अन्दाजी मुल्य रू. १,४६,०९,६७८/- (एक करोड छयालिस लाख नौ हजार छ सय अठहत्तर रुपैयाँ) बराबरको सामान सहित सु.प.प्र. ०१-००१ ख.२६६१ र सु.प.प्र. ०१-००१ ख २६९९ नम्बरको ट्रकलाई बिहीबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा बिल बिजक भन्दा बढी सामानहरु लोड गरी लैजाँदै गरेको शंकालागी उक्त दुवै ट्रकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाएको ।  

चाँदी जस्तो देखिने धातु सहित मानिस नियन्त्रणमा
२०८१-०७-०९

बारा, जितपुरसिमरा उपमहानगरपालिका २१ स्थितबाट चाँदी जस्तो देखिने सेतो धातु १४ के.जी. (मुर्ति, जन्तर, कम्मरमा लगाउने पेच आदि) अं. मुल्य रु. २५,०४,९५० (पच्चिस लाख चार हजार नौ सय पचास रुपैयाँ ) सहित जि. बारा प्रसौनी गा.पा. वडा नं. ६ प्रस्टीका बस्ने नागेन्द्र साह सोनारको छोरा अं. बर्ष ३३ को सन्तोस साह सोनार र जि. बारा जितपुरसिमरा उ.म.न.पा. ८ गमरगावा टोल बस्ने हुसेनी महतोको छोरा अं. बर्ष २७ को सुरेश महतोलाई शुक्रवार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा पथलैयाबाट हेटौंडा तर्फ जाँदै गरेको ना ५२ प २५८४ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकल र ना ५५ प ३९३२ नम्बरको १५० सिसिको पल्सर मोटरसाइकलमा सवार निजहरुलाई उक्त धातु सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।