लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०३-०२
- A
- A-
- A+
१. पर्सा, जिल्ला पर्सा बिरगंज महानगरपालिका १६ रजतजयन्ती चोक स्थितबाट लागु औषध Nitravet-10 लेखिएको ट्याब्लेट ४५ पिस सहित जिल्ला मकवानपुर हेटौंडा उ.म.न.पा. १८ फुर्केचौर बस्ने बर्ष २४ को बिशाल थिङगलाई शनिवार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनर्वा, पर्सा र लागु औषध नियन्त्रण ब्युरो बिरगंज, पर्साबाट संयुक्त रुपमा खटिएको प्रहरी चेकिङ्ग टोलीले रक्सौलबाट बिरगंज बजार तर्फ पैदल आईरहेको अवस्थामा चेक जाँच गर्ने क्रममा उक्त लागु औषध सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
२. पर्सा, जिल्ला पर्सा पटेर्वा सुगौली गाउँपालिका ४ भथौडा टोल स्थितबाट लागु औषध गाँजा २२ किलो ४९० ग्राम सहित सोही स्थान बस्ने बर्ष २३ को अमित कुमार चौधरीलाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको संयुक्त टोलीले चेक जाँच गर्ने क्रममा उक्त लागू औषध सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
३. बारा, जिल्ला बारा निजगढ नगरपालिका ८ स्थित तामागढी गेटबाट लागु औषध Tramadol Capsule २१५ पिस सहित निजगढ न.पा. ७ बस्ने वर्ष ३० को बिकास रुम्बा र निजसँग लागू औषध खरिद गर्न प्र.२-०३-००४प ८९२१ नं. को मोटरसाइकलमा आएका निजगढ न.पा. २ सिंगौल बस्ने वर्ष २९ को गोपाल श्रेष्ठ र वर्ष २२ को रुपेश मगरलाई शनिवार बेलुका प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा चेकजाँच गर्दा उक्त लागू औषध सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
४. सर्लाही, जिल्ला सर्लाही कबिलासी नगरपालिका ९ सलेम्पुर स्थितबाट लागू औषध Wixdin नामक कफ सिरफ-२० बोतल, aadspa-pro नामक ट्याब्लेट-२४ पिस, Nitravet-10 लेखिएको ट्याब्लेट ३९ पिस सहित जिल्ला सर्लाही कबिलासी न.पा. ९ सलेम्पुर बस्ने वर्ष २२ को रुपेश यादबलाई शनिवार बेलुका प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कविलासी, सर्लाही र साथ इलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सुचनाको आधारमा चेकजाँच गर्ने क्रममा उक्त लागू औषध सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।