लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०३-०७
- A
- A-
- A+
१. पर्सा,
बिरगंज महानगरपालिका २१ स्थित हनुमान चोकबाट लागू औषध Wincemex
१६ बोतल (१०० ml) र Onerex (100 ml) को २०६ बोतल सहित जिल्ला मकवानपुर हेटौंडा उ.म.न.पा. ८ बस्ने बर्ष ३२ को
अजय रोक्का र वडा नं. ७ बस्ने बर्ष ३० को दिपेन्द्र अधिकारी, जिल्ला पर्सा बिरगंज
म.न.पा. २ छपकैया बस्ने बर्ष १८ को बिकाश सर्राफलाई बिहीबार राती प्रहरीले पक्राउ
गरेको छ । वडा प्रहरी कार्यालय श्रीपुर, पर्साबाट खटिएको प्रहरी टोलीले ICP
रोड हुँदै भैरहवा तर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख १९ ५८ नं. को
ट्रकलाई चेकजाँच गर्ने क्रममा निजहरुलाई उक्त
लागू औषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
२. बारा,
कलैया उ.म.न.पा.१ हनुमान चोक स्थितबाट लागू औषध डाईजेपान ६०० एम्पुल, नुर्फिन ५००
एम्पुल र फेनारगन ५०० एम्पुल गरी जम्मा १६०० एम्पुल सहित जि. बारा सुबर्ण गा.पा. ६
बस्ने बर्ष ३० को रबी प्रसाद यादब र जि. रौतहत मौलापुर न.पा. ६ बस्ने बर्ष २२ को
कामोद यादबलाई बिहीबार राती प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय
बाराबाट खटिएको प्रहरी टोलीले बरियापुरबाट कलैया तर्फ आउँदै गरेको प्र.०२-०३-०२२ प
९४५७ नं.को मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा उक्त लागू औषध सहित निजहरुलाई
पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
३. सर्लाही,
मलंगवा न.पा.वडा नं. ४ शिवसागर चौक स्थितबाट लागू औषध Spas-Prax १४ पत्तामा ११२ पिस ट्याब्लेट, SPASMO १ पत्तामा ८
पिस, CARISPAS-1 १ पत्तामा ८ पिस, NITROVET-10 १ पत्तामा १३ पिस र Nitrazepam १ पत्तामा १० पिस ट्याब्लेट सहित जिल्ला सर्लाही हरिवन न.पा. १ बस्ने
वर्ष २२ को संजय कुमार यादवलाई बिहीबार राती प्रहरीले पक्राउ गरेको छ । जिल्ला
प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले चकेजाँच गर्ने क्रममा निजलाई
उक्त लागू औषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान
गरिरहेको छ ।