लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०३-१०
- A
- A-
- A+
१. पर्सा,
बिरगंज महानगरपालिका वडा नं.१६ भन्सारको
मेन गेट स्थितबाट लागु औषध गाँजा १० के.जी.
७०० ग्राम सहित देश भारत बिहार राज्य मोतिहारी जिल्ला घोडासहान वडा नं. ६ बस्ने
बर्ष ४० को गुलाब हसनलाई आईतवार राती प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल
नेपाल सिमा प्रस्तावित सुरक्षा गुल्म बिरंगज र प्रहरी चौकी ईवर्वाबाट खटिएको
संयुक्त चेकिङ टोलिले बिरंगजबाट रक्सौल बाजर तर्फ जाँदै गरेको अवस्थामा चेकजाँच
गर्दा निजलाई उक्त लागू औषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप
अनुसन्धान गरिरहेको छ ।
२. पर्सा,
जिराभवानी गाउँपालिका १ महादेवपट्टी खोला स्थितबाट ४ किलो लागू औषध गाँजा सहित देश
भारत युपी राज्य राजस्थान गंगा नगर बस्ने बर्ष ४४ को कृष्ण लाल पाण्डे र जि.पर्सा
जगरनाथपुर गाउँपालिका १ पिपडारी बस्ने बर्ष ४२ को शम्भु रामलाई आईतवार राती
प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी
टोलीले नेपालबाट भारततर्फ जाँदै गरेको RJ 13 SO- 2181
नं. को मोटरसाइकललाई चेकजाँच गर्दा उक्त लागू औषध सहित पक्राउ गरेको हो । यस
सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
३. बारा, जितपुरसिमरा उ.म.न.पा.२ सिमरा चोक स्थितबाट
लागू औषध खैरो हिरोईन जस्तो देखिने पदार्थ ९ ग्राम ७६० मिलिग्राम सहित जिल्ला
पर्सा बिरगंज म.न.पा. ३२ बस्ने बर्ष ३० को मुनी लाल प्रसाद रौनियार र जिल्ला
पर्सा पोखरिया न.पा.२ बस्ने बर्ष १९ को दिपेन्द्र शर्मा र जिल्ला पर्सा पकहामैनपुर गा.पा. ४ खेस्राहा बस्ने वर्ष १९ को भिम गिरीलाई आईतवार दिउँसो प्रहरीले
पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले बिरगंजबाट
नारायणगढ तर्फ जाँदै गरेको ना ६ख ६०५९ नं.को यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्दा बस
चालकको सिट मुनि कालो पोलिथिनमा लुकाइ छिपाइ राखेको अवस्थामा उक्त लागू औषध फेला
परेकोले बस सहित निजहरु चालक मुन्नी लाल प्रसाद रौनियार, सह-चालकद्वय दिपेन्द्र शर्मा र भिम गिरीलाई
पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।