लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०३-२५
- A
- A-
- A+
१. बारा,
निजगढ नगरपालिका ७ स्थितबाट लागू औषध TRAMANIL१० पिस
क्याप्सुल सहित निजगढ न.पा. ९ बस्ने बर्ष १९ को सुनिल सुनारलाई सोमबार बिहान
प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले
निजलाई निजगढ बजारमा पैदल हिंलडुल गरिरहेको अवस्थामा चेकजाँच गर्दा उक्त लागू औषध
सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
२. सर्लाही, बागमती नगरपालिका १२ स्थित भरत तालको भित्री
सडक खण्डबाट लागू औषध ONEREX
SYRUP-100 MLको २
(दुई) बोतल, CODEDYL-T SYRUP-100
MLको
१(एक) बोतल, NITRAVAT-10 TABLATE
सात ७ पत्तामा १०५ टयाब्लेट सहित बागमती न.पा. १२ बस्ने बर्ष
२४ को गोबिन्द चौधरीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । मधेश प्रदेश प्रहरी
कार्यालय जनकपुर र इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको संयुक्त प्रहरी टोलीले
चेकजाँच गर्ने क्रममा बा. ५१ प. ६२५२ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा निजलाई उक्त लागू औषध सहित पक्राउ
गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
३. धनुषा, जनकपुर
उप-महानगरपालिका १४ रजौल गाउँबाट लागू औषध नाईट्रोभेट-१० लेखिएको ट्याब्लेट २० पिस
सहित जिल्ला धनुषा सबैला नगरपालिका ११ ईनर्वा टोल बस्ने वर्ष १९ को पप्पु यादवलाई
मंगलवार बिहान प्रहरीले पक्राउ गरेको छ । रजौल गाउँमा घुमफिर गरिरहेको अवस्थामा
स्थानीयहरुलाई शंका लागि निजलाई पक्राउ गरी वडा प्रहरी कार्यालय मुजेलियामा
बुझाएकोमा निजलाई चेकजाँच गर्दा उक्त लागू औषध फेला परेको हो । यस सम्बन्धमा प्रहरीले
थप अनुसन्धान गरिरहेको छ ।