लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०३-२६
- A
- A-
- A+
रौतहट, जिल्ला रौतहट गौर
नगरपालिका १ भन्सार कार्यालय स्थितबाट लागू औषध NITRAVET TABLET ४४ पिस सहित जिल्ला
रौतहट गौर न.पा. ६ बस्ने बर्ष १९ को शेख ईर्फान, सोही स्थान बस्ने बर्ष २४ को शेख
मुस्ताक र वर्ष २० को साह बाजलाई मंगलबार राती प्रहरीले पक्राउ गरेको छ । भन्सार
सुरक्षा गार्ड रौतहटबाट खटिएको प्रहरी गस्ती टोलिले चेकजाँच गर्ने क्रममा भारतबाट
पैदल नेपाल तर्फ आउँदै गरेको अवस्थामा निजहरुलाई उक्त लागू औषध सहित पक्राउ गरेको हो
। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।