प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस नियन्त्रणमा

२०८१-०४-१५

  • A
  • A-
  • A+
Share


१.      पर्सा, बिरगंज म.न.पा. वडा नं. ०५ रेल्वे रोड दुर्गा हल स्थितबाट लागु औषध नाईट्रोभेट -१० लेखेको ३ पिस र गाँजा २ पुरिया सहित जिल्ला पर्सा बिरगंज म.न.पा.वडा नं.१५ बस्ने गंगा सिंहको छोरा अं. वर्ष २५ को शुसिल सिंहलाई वडा प्रहरी कार्याल विर्ताबाट खटिएको प्रहरी टोलीले चेकजाँज गर्ने क्रम्मा नियन्त्रणमा लिएको हो । यस सन्बन्धमा प्रहरीले थप अनुसन्धान  गरिरहेको छ ।

२.      सिरहा, गोलबजार न.पा.६ स्थितबाट लागु औषध गाँजा ७ के.जी सहित देश भारत मधुवनी जिल्ला जयनगर थाना पर्वाहा ग्राम पंचायत वार्ड नं ६ बस्ने बिन्देश्वर यादवको छोरा अ. बर्ष ३५ को नविन यादव र देश भारत मधुवनी जिल्ला जयनगर थाना कमलवारी ग्राम पंचायत वार्ड नं ३ बस्ने दुखाई यादवको छोरा अ.बर्ष ३९ को बहुरु यादवलाई इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रम्मा नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

३.      रौतहट, गौर न.पा. ८ बसपार्क स्थितबाट लागु औषध ईन्जेक्सन डाईजेपाम – ९६ पिस, ईन्जेक्सन नुरफिन - ९६ पिस, ईन्जेक्सन फेनारग्न – ९६ पिस, सिरिन्ज – १ पिस गरी जम्मा २८८ पिस सहित जिल्ला ललितपुर म.न.पा. वडा नं. ३ ईमाडोल बस्ने हसन भुषालको छोरा अं. बर्ष २१ को समिर भुषाललाई अस्थाई प्रहरी पोष्ट बसपार्क बाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रम्मा नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
बिचौलिया नियन्त्रणमा ।
२०८३-०२-०१

१.      पर्सा, विरगंज महानगरपालिका ०३ स्थित मालपोत कार्यालय विरगंज परिसरबाट २ जना बिचौलियालाई बिहिबार अपराह्न प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा बारा बिश्रामपुर गाउँपालिका ०२ बस्ने रमेश राउत कुर्मीको छोरा अन्दाजी बर्ष २४ को बृजलाल पटेल र पर्सा बहुदरमाई नगरपालिका ०६ बस्ने रामचन्द्र साहको छोरा अन्दाजी बर्ष ४७ को बृज नारायण प्रसाद रहेका छन् । सेवाग्राहीहरुलाई दु:ख हैरानी दिई काम छिटो गराई दिने बहानामा रकम (पैसा) माग्ने व्यक्तिहरुलाई वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । धनुषा, जनकपुर उप-महानगरपालिका १४ स्थित यातायात व्यवस्था कार्यालय मुजेलिया परिसरबाट ३ जना बिचौलियालाई बिहिबार अपराह्न प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जनकपुर उप-महानगरपालिका ०२ धनुषा बस्ने अन्दाजी बर्ष २२ को अंकित कुमार साह, सोहि उप-महानगरपालिका ०३ बस्ने अन्दाजी बर्ष २१ को राजेश साह र सर्लाही गौरैता नगरपालिका ६ बस्ने अन्दाजी बर्ष ३० को चिन्टु कुमार सिंह रहेका छन् । सेवाग्राहीहरुलाई दु:ख हैरानी दिई काम छिटो गराई दिने बहानामा रकम (पैसा) माग्ने व्यक्तिहरुलाई वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०२-०१

१.      सप्तरी, खड्क नगरपालिका ०५ रंजितपुरबाट अवैध लागूऔषध गाँजा १४३ किलो २१६ ग्राम, को १ च २६६७ नम्बरको पिकअप भ्यान सहित २ जनालाई बिहिबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा धनकुटा साङगुरीगढी गाउँपालिका ०१ बस्ने अन्दाजी बर्ष ३१ को महा प्रसाद लिम्बु र मोरङ लेटाङ नगरपालिका ०५ बस्ने अन्दाजी बर्ष ४७ को बल बहादुर लिम्बु पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कल्याणपुर र प्रहरी चौकि बिसनपुरको संयुक्त प्रहरी टोलिले धरानबाट लहान जाँदै गरेको पिकअप भ्यान चेकजाँच गर्दा उक्त गाँजा सहित उनिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०१-३०

१.      पर्सा, पोखरीया नगरपालिका ४ पोखरीया बजारबाट अवैध लागूऔषध ब्राउन सुगर १९० मिलिग्राम सहित सोहि स्थान बस्ने आमिचन साह कानुको छोरा अन्दाजी बर्ष २२ को राजेश साह कानुलाई मंगलबार राति प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीको टोलिले उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२.      धनुषा, बिदेह नगरपालिका १ दुर्गा मन्दिर अगाडिबाट अवैध लागूऔषध ब्राउन सुगर ०.५३ मिलिग्राम सहित २ जनालाई प्रहरीले मंगलबार साँझ नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा धनुषा शहिद नगरपालिका १ कुमकरण बस्ने श्याम सुन्दर यादवको छोरा अन्दाजी बर्ष २८ को धर्मेन्द्र कुमार यादव र सोहि स्थान बस्ने श्रवण यादवको छोरा अन्दाजी बर्ष २० को सोनु कुमार यादव रहेका छन् । प्रहरी चौकी ठाडीझिझाबाट खटिएको प्रहरीले भारतबाट नेपाल तर्फ आउँदै गरेको म.प्र.०३-०३८ प ०२३९ नम्बरको मोटरसाईकल चेकजाँच गर्दा उक्त पदार्थ सहित उनिहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । सप्तरी, कन्चनरुप नगरपालिका ९ रुपनगरबाट अवैध लागूऔषध ब्राउन सुगर २.४९ ग्राम, गाँजा १४० ग्राम सहित सोहि स्थान बस्ने सन्तोष कुमार यादवको श्रीमति अन्दाजी बर्ष ३० की मनरेखा यादवलाई मंगलबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कन्चनपुरबाट खटिएको प्रहरीको टोलिले उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८३-०१-२९

१.      पर्सा, विरगंज महानगरपालिका १६ इनर्वाबाट अवैध लागूऔषध खैरो हेरोईन ३ ग्राम ४२ मिलिग्राम सहित १ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला बारा जितपुरसिमरा उपमहानगरपालिका ०७ बस्ने रामचन्द्र साहको छोरा अन्दाजी बर्ष ३४ को संजय साह रहेका छन् । प्रहरी चौकी इनर्वा र लागू औषध ब्यूरो शाखा कार्यालय विरगंजबाट खटिएको संयुक्त प्रहरी टोलिले रक्सौलबाट विरगंज तर्फ आउँदै गरेको पैदल यात्री माथी शंका लागि चेकजाँच गर्दा उक्त लागु पदार्थ फेला पारी उक्त लागू पदार्थ सहित निजलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।२.      पर्सा, विरगंज महानगरपालिका १६ इनर्वाबाट अवैध लागूऔषध खैरो हेरोईन ०.४३ मिलिग्राम सहित १ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला पर्सा विरगंज महानगरपालिका १६ बस्ने अशोक प्रसाद यादवको छोरा अन्दाजी बर्ष २१ को बिशाल यादव रहेका छन् । प्रहरी चौकी इनर्वा र लागू औषध ब्यूरो शाखा कार्यालय विरगंजबाट खटिएको संयुक्त प्रहरी टोलिले रक्सौलबाट विरगंज तर्फ आउँदै गरेको पैदल यात्री माथी शंका लागि चेकजाँच गर्दा लागु पदार्थ फेला पारी उक्त लागू पदार्थ सहित निजलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ । ३.      पर्सा, विरगंज महानगरपालिका १६ इनर्वा स्थितबाट अवैध लागूऔषध चरेश ४ ग्राम ३१ मिलिग्राम, खैरो हेरोईन ०.१० मिलिग्राम, म.प्र.०३-०४१ प ४०२४ नम्बरको मोटरसाईकल सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जिल्ला पर्सा विरगंज महानगरपालिका ०३ बस्ने चाँद महमदको अंसारीको छोरा अन्दाजी बर्ष २६ को पैयाल अंसारी र जिल्ला बारा प्रसौनी गाउँपालिका ०३ बस्ने रामनारायण साहको छोरा अन्दाजी बर्ष ३४ को संजय साह रहेका छन् । प्रहरी चौकी इनर्वा र लागू औषध ब्यूरो शाखा कार्यालय विरगंजबाट खटिएको संयुक्त प्रहरी टोलिले रक्सौलबाट विरगंज तर्फ आउँदै गरेको मोटरसाईकल रोकि चेकजाँच गर्ने क्रममा लागु पदार्थ फेला पारी उक्त लागू पदार्थ सहित निजहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०१-२८

१.      रौतहट, गौर नगरपालिका ४ गढवा चौकबाट अवैध लागूऔषध Cerejack इन्जेक्सन - १२ पिस, Phenagan - ४ पिस, सिरिन्च-६ पिस सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला बाग्लुङ्ग बाग्लुङ्ग नगरपालिका ३ बस्ने धन बहादुर कामीको छोरा अन्दाजी बर्ष २६ को रुपेश बि.क., जिल्ला तनहुँ स्वर्ण नगरपालिका ३ बस्ने बद्री सुनारको छोरा अन्दाजी बर्ष २१ को सुशिल सुनार र जिल्ला रौतहट रघुगंगा गाउँपालिका २ बस्ने सुरज बहादुर के.सी.को छोरा अन्दाजी बर्ष २४ को राजन के.सी.रहेका छन् । अस्थायी प्रहरी पोष्ट बसपार्क रौतहटबाट खटिएको प्रहरीको टोलीले उक्त लागूऔषध सहित निजहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।२.      पर्सा, विरगंज महानगरपालिका १६ भन्सार कार्यालय अगाडिबाट अवैध लागूऔषध ब्राउन सुगर ५ ग्राम, सेतो हेरोईन ०.२५ मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जिल्ला मकवानपुर हेटौंडा उप-महानगरपालिका ११ सिमलटार बस्ने होमनाथ घिमिरेको छोरा अन्दाजी बर्ष २० को सागर घिमिरे र सोहि स्थान बस्ने भिम बहादुर जिम्बाको छोरी अन्दाजी बर्ष २३ की पुजा जिम्बा रहेका छन् । सशस्त्र प्रहरी बल नेपाल सिमा गुल्म विरगंजबाट खटिएको सशस्त्र प्रहरीको टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको मानिसहरुलाई चेकजाँच गर्ने क्रममा लागूपदार्थ फेला पारी उक्त लागूपदार्थ सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि वडा प्रहरी कार्यालय विर्ता पठाईएको छ । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।३.      सिरहा, बरियारपट्टी गाउँपालिका १ बडहरी चेकप्वाईन्ट स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर १ ग्राम, BR 32 BC 9045 नं.को भारतीय मोटरसाईकल सहित १ जनालाई शनिबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जिल्ला सिरहा बरियारपट्टी गाउँपालिका १ बस्ने राम दयाल यादवको छोरा अन्दाजी बर्ष २३ को लक्ष्मी कुमार यादव रहेका छन् । सशस्त्र प्रहरी बल BOP बडहरीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको मोटरसाईकल रोकी चेकजाँच गर्ने क्रममा लागूपदार्थ फेला पारी उक्त लागूपदार्थ सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय महेशपुरपतार पठाएको छ । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।४.      महोत्तरी, बर्दिबास नगरपालिका १ पुरानो नगरपालिका स्थितबाट अवैध लागूऔषध Spasmo proxyvon plus ९६ पिस, Nitrazepam IP १४३ पिस, बा १४ प २१०९ नं. को मोटरसाईकल सहित १ जनालाई शनिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जिल्ला धनुषा मिथिला नगरपालिका ३ लालभित्ति बस्ने शंकर बि.क.को छोरा अन्दाजी बर्ष २१ को दिपक बि.क.रहेका छन् । इलाका प्रहरी कार्यालय बर्दिवासबाट खटिएको प्रहरीको टोलिले उक्त लागूऔषध सहित निजलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।५.      रौतहट, चन्द्रपुर नगरपालिका ५ स्थित चन्द्रनिगाहपुर अस्पतालको अगाडी रहेको सगुन फार्मेसीबाट अवैध लागूऔषध Tramadol Hydrochloride Capsules - १४३ पिस सहित फार्मेसीका संचालकलाई शनिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जिल्ला रौतहट, चन्द्रपुर नगरपालिका ६ बस्ने हरिद्धार प्रसादको छोरा अन्दाजी बर्ष ४८ को सुरेश चौधरी रहेका छन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरबाट खटिएको प्रहरीले टोलिले लागूऔषध फेला पारी उक्त लागूऔषध सहित निजलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।६.      पर्सा, विरगंज महानगरपालिका १६ इनर्वाबाट अवैध लागुऔषध खैरो हेरोईन ३ ग्राम ३७ मिलिग्राम, बा ८६ प २१ नं.को मोटरसाईकल सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जिल्ला मकवानपुर हेटौडा उप-महानगरपालिका ७ कमाने टोल बस्ने राजु थापा मगरको छोरा अन्दाजी बर्ष २९ को अन्जन थापा र सोहि स्थान बस्ने अन्दाजी बर्ष १९ को रमेश बम्जन रहेका छन् । प्रहरी चौकी इनर्वा, लागूऔषध ब्यूरो शाखा कार्यालय विरगंज र सानो पाईलाको संयुक्त टोलीले रक्सौलबाट विरगंज तर्फ आउँदै गरेको मोटरसाईकल रोकी चेकजाँच गर्दा लागू पदार्थ फेला पारी उक्त लागू पदार्थ सहित निजहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।७.      पर्सा, विरगंज महानगरपालिका १६ बैष्णोदेवी मन्दिर नजिकबाट अवैध लागूऔषध नाईट्राभेट - ४२ पिस र स्पास - ११ पिस सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला पर्सा विरगंज महानगरपालिका २ छप्कैया बस्ने मोहम्द आलमको छोरा अन्दाजी बर्ष ३५ को ओसिम ठकुराई, जिल्ला मकवानपुर हेटौडा उप-महानगरपालिका १० बस्ने अकलेश्वर दासको छोरो अन्दाजी बर्ष ३७ को राजु बानिया र जिल्ला बारा कलैया उप-महानगरपालिका ६ बस्ने अन्दाजी बर्ष ५२ को अलिहदन मियाँ रहेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी गणेश टोल र लागू औषध नियन्त्रण ब्यूरो शाखा विरगंजबाट खटिएको संयुक्त प्रहरीको टोलिले चेकजाँच गर्दा लागूऔषध फेला पारी उक्त लागूऔषध सहित निजहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ । ८.      पर्सा, विरगंज महानगरपालिका १६ स्थितबाट अवैध लागूऔषध खैरो हेरोईन ०.७७ ग्राम, ना २१ प ३५८४ नं.को मोटरसाईकल सहित १ जनालाई आईतबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जिल्ला पर्सा बहदुरामाई नगरपालिका ६ गमहरिया टोल बस्ने सुरेश साह तुरहाको छोरा अन्दाजी बर्ष २९ को बिरजु साह तुरहा रहेका छन् । प्रहरी चौकी इनर्वा र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विरगंजबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागू पदार्थ सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।