लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०४-२५
- A
- A-
- A+
१.
पर्सा, बिरगंज महानगरपालिका १४
गण्डक चेकपोष्ट स्थितबाट लागू औषध NOOPHIN २४७
एम्पुल, DIZEPAM २५० एम्पुल, PHENARGAN
२४३ एम्पुल र NITRAVET १५० पिस ट्याब्लेट सहित भारत
बिहार मोतिहारी जिल्ला वडा नं १ रक्सौल बस्ने बर्ष १८ को गुड्डु कुमार यादव र वडा
नं ०४ डुमरोया बस्ने बर्ष १८ को साहरुख अंसारीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ
गरेको छ । प्रहरी चौकी गण्डक पर्साबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा
बिरगंजबाट भरतपुर जाने मधेश प्रदेश ०३-००१ ग ३६६ नम्बरको ईभी भ्यान गाडीलाई
चेकजाँच गर्दा निजहरुलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
२. पर्सा,
बिरगंज महानगरपालिका १६ स्थित बिरगंज भन्सार कार्यालय अगाडी लागू औषध TROHMA-50 लेखिएको ४४८
पत्तामा १० पिसको दरले ४४८० पिस ट्याब्लेट र काटेको २४ पिस ट्याब्लेट गरी जम्मा
४,५०४ पिस ट्याब्लेट सहित देश भारत जिल्ला मोतिहारी सकराहा ग्राम पंचायत वडा नं. ९
बस्ने बर्ष ३५ को धुरेन्द्र राम र निजको श्रीमती बर्ष ३२ की मधु देवीलाई बिहीबार
राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वा पर्सा र शसस्त्र प्रहरी बल
नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजबाट खटिएको संयुक्त चेकिङ टोलीले रक्सौलबाट बिरगंज तर्फ पैदल आउँदै
गरेको अवस्थामा चेकजाँच गर्दा निजहरुलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो
। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
३.
धनुषा, औरही गाउँपालिका ५
हरुसाहाचोक स्थितबाट खैरो हिरोईन जस्तो देखिने पदार्थ प्लाष्टिक सहित ५३ ग्राम ५००
मि.लि. ग्राम लागू औषध सहित जिल्ला धनुषा विदेह नगरपालिका ७ लवटोली बस्ने वर्ष २५
को रोशन मण्डल र वर्ष २५ को रंजित मण्डललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको
छ । इलाका प्रहरी कार्यालय औरही र लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय
जनकपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा तिनकोरीयाबाट औरही
तर्फ पैदल आउँदै गरेको अवस्थामा निजहरुलाई चेकजाँच गर्दा उक्त लागू औषध सहित
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।