लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०४-२७
- A
- A-
- A+
पर्सा,
जगरनाथपुर गाउँपालिका ४ सोपुर स्थितबाट २२ किलो ग्राम लागू औषध गाँजा सहित जगरनाथपुर
गाउँपालिका २ जसौता टोल बस्ने बर्ष ६० को लक्ष्मण राउत र देश भारत बिहार राज्य बेतिया जिल्ला ईनर्वा पंचायत
७ बस्ने बर्ष २० को नयाज आलमलाई शनिवार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका
प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी गस्ती टोलीले बिशेष सुचनाको
आधारमा निजहरुलाई चेकजाँच गर्ने क्रममा उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।