लागू औषध सहित मानिस नियन्त्रण
२०८१-०४-२८
- A
- A-
- A+
१. धनुषा,
नगराईन नगरपालिका २ राघोपुर स्थितबाट लागू औषध exiplon new सिरप ४ बोतल, स्पास्मो प्रोक्सिन ट्याब्लेट ८
पिस सहित जिल्ला धनुषा बटेश्वर गाउँपालिका
९ बस्ने वर्ष २२ को मधु महतोलाई आईतवार बेलुका प्रहरीले नियन्त्रमा लिएको छ । इलाका
प्रहरी कार्यालय लग्माबाट खटिएको प्रहरी टोलिले गोप्य
सुचनाको आधारमा निजलाई चेकजाँच गर्ने क्रममा लागू
औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
२. सिरहा, सिरहा नगरपालिका १६ बसपार्क स्थितबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने
पदार्थ १ मिलि ग्राम सहित देश भारत मधुवनी जिल्ला खाजिरी ग्राम पन्चायत ५ बस्ने बर्ष
२१ को ओम प्रकाश सिंह र जिल्ला सिरहा बरियारपट्टी गाउँपालिका १ बस्ने बर्ष २० को
कपिल कुमार यादवलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय
माडरबाट खटिएको प्रहरी टोलिलाई शंकर
होटलमा लागू औषध कारोबार भईरहेको भन्ने बिशेष सुचनाको आधारमा चेक जाँच गर्ने क्रममा
निजलाई सोही होटलबाट लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले
थप अनुसन्धान गरिरहेको छ ।