प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रतिवन्धित लागु औषध सहित हाईस नियन्त्रणमा

२०८१-०४-३०

  • A
  • A-
  • A+
Share


    बारा, जितपुरसिमरा उ.म.न.पा.१ पथलैया चौक स्थितमाबाट प्रतिवन्धित लागु औषध गाँजा ६२ किलो सहित हाईस गाडी मंलवार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी पथलैया बाराबाट खटिएको चेकिङ्ग प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा हेटौडा बाट विरगंज तर्फ जादै गरेको ना १ ज ८४५८ हाईस गाडीलाई रोक्न खोज्दा नरोकी फरार भएकोमा खोजतलास गर्ने क्रममा हुलाश नजिक हाईस रोकी राखेको अवस्थामा प्रतिवन्धित लागु औषध गाँजा र हाईस गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०५-२३

१.     महोत्तरी, सोनमा गाउँपालिका ३ खखना स्थितबाट लागू औषध EXIPLON-8 कफ सिरफ १५ बोतल (१००ml को) सहित जिल्ला महोत्तरी बर्दिबास नगरपालिका ८ बस्ने बर्ष २५ को संतोष कुमार महतो, बर्दिबास नगरपालिका ७ बस्ने वर्ष १९ को श्रवण कुमार महत्तो र बर्ष १७ को निरज कुमार साहलाई शनिवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी रघुनाथपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको प्रदेश २-०२-००२ प. ३५४१ नम्बरको डिस्कभर मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा निजहरुलाई उक्त लागू औषध सहित  नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । २.     सप्तरी, शम्भुनाथ नगरपालिका वडा नं. २ कनकपट्टी स्थितबाट लागू औषध नाईट्रोभेट ट्याब्लेट १५ पिस, डाईजोपाम ५ पिस, प्रोमेटाजाम हाइटो क्लोराईड ५ पिस र आई पिपिएल बुफेनो ४ पिस सहित जिल्ला सप्तरी शम्भुनाथ नगरपालिका २ कनकपट्टी बस्ने रामदेव सरदारको श्रीमती वर्ष ४८ की रामपरी देवी सरदार र निजको छोरा वर्ष २१ को राम सेवक सरदारलाई शनिवार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय रुपनीबाट खटिएको प्रहरी टोलीले लागू औषध लुकाई छिपाई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा खानतलासी गर्ने क्रममा निजहरुलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।३.     सिरहा, कर्जन्हा नगरपालिका वडा नं. ११ स्कुल टोल स्थितबाट लागू औषध गाँजा २९० किलोग्राम सहित जिल्ला सिरहा कर्जन्हा नगरपालिका वडा नं. ११ बस्ने बर्ष ३७ को प्रदिप मुखियालाई आईतबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी कर्जन्हा र इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले लागू औषध गाँजा लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा सोही स्थान बस्ने बर्ष ३० की शोभा कुमारी साहको घर पछाडी खानतलासी गर्दा बेवारिसे अवस्थामा प्लाष्टिकको १९ वटा पोकामा उक्त परिमाणको लागू औषध गाँजा बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०५-२१

१.     रौतहट, गौर नगरपालिका ८ बसपार्क स्थितबाट लागू औषध Cocas Dx 100 ml को १० बोतल, Cocas Dx 60 ml को १ बोतल र Nitravet 10 लेखिएको ५ पत्तामा ७५ पिस ट्याब्लेट सहित गरुडा नगरपालिका ४ बस्ने वर्ष २० को संजय कुमार उपाध्यायलाई बिहीवार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी गस्ती टोलीले चेक जाँच गर्ने क्रममा निजलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । २.     सर्लाही, पर्सा गाउँपालिका ३ स्थितबाट लागू औषध ONEREX -100 ml को बोतल थान- २०१ सहित जिल्ला सर्लाही हरिवन नगरपालिका ९ बस्ने बर्ष २४ को धर्मेन्द्र राउतलाई बिहिवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी नारायणपुर सर्लाहीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको प्र.१-०१-०२ ०५४ प ४८३४ नम्बरको मोटरसाइकललाई चेक जाँच गर्ने क्रममा निजलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  ३.     सर्लाही, बागमती नगरपालिका -१२ स्थितबाट लागू औषध डाईजेपाम ११४ एम्पुल, फेनारगन ११४ एम्पुल र नोर्फिन १०२ एम्पुल गरी जम्मा ३३० एम्पुल सहित बागमती न.पा.-१२ बथाने टोल बस्ने वर्ष ५५ को ओमप्रकाश बर्णवाललाई बिहीवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कर्मैया र इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको संयुक्त टोलीले बिशेष सुचनाको आधारमा ओमप्रकाश बर्णवाल र निजको छोराहरु बिबेक बर्णवाल र बिकाश बर्णवाल समेतले लागू औषध ओसार-पसार तथा बिक्री बितरण गरिरहेको भन्ने खबर प्राप्त हुना साथ निजको घर खानतलासी गर्दा उक्त परिमाणको लागू औषध बरामद गरि निज ओमप्रकाश बर्णवाललाई लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

कार र नगद सहित मानिस नियन्त्रणमा
२०८१-०५-१९

पर्सा, बिरगंज महानगरपालिका वडा नं.१६ स्थित भानु प्लाजा होटलमा लागू औषध खरिद बिक्री कार्य भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा आज दिउँसो जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले उक्त होटलको कोठा नं.१०४ बाट भारत राजस्थान ढुगंरपुर पाली बस्ने वर्ष ३६ को बाबुलाल र सोही स्थान बस्ने वर्ष २८ को श्रवण बिसनोईलाई भा.रू.५००/- दरका नोट ६०० थान (रू.३,००,०००/-), भा.रू.२००/- दरका नोट ५९५ थान (रू.१,१९,०००/-), भा. रू.१००/- दरका नोट १०० थान (रू.१०,०००/-), नेपाली रू.१,०००/- दरका नोट- ३९० थान (रु.३,९०,०००/-) गरी जम्मा भा.रू.४,२९,०००/- (चार लाख उनन्तीस हजार) र नेपाली रु.३,९०,०००/- (तीन लाख नब्बे हजार) र मोबाईल थान-२ वटा सहित निजहरुको DL 3 CB U 8035 नम्बरको भारतीय Shift Car नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको छ ।

प्रतिबन्धित लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०५-१७

१.      पर्सा, बिरगंज महानगरपालिका १६ गण्डक चोक पोष्ट स्थितबाट प्रतिबन्धित लागू औषध (TROHMA-50) नामक ९२० क्यापसुल सहित जिल्ला मकवानपुर हेटौंडा उ.म.न.पा. वडा नं.१२ बस्ने बर्ष २५ को चन्द्र बहादुर थोक्करलाई आईतवार राती प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी गण्डकबाट खटिएको टोलीले चेक जाँच गर्ने क्रममा बिरगंजबाट हेटौंडा चल्ने प्र.२-०३-००१ ज ००८६ नम्बरको विंङ्गरको सिट मुनि चिउराको बोरामा लुकाई छिपाई लैजाँदै गरेको उक्त लागू औषध सहित निजलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।   २.     सप्तरी, डाक्नेश्‍वरी नगरपालिका ३ तरही स्थितबाट लागू औषध Promethazine Injection-५ एम्पुल, Phenargan Injection-५ एम्पुल र Diazepam Injection-५ एम्पुल गरी जम्मा १५ एम्पुल सहित जिल्ला सप्तरी शम्भुनाथ नगरपालिका ३ कचन्दाहा बस्ने बर्ष २४ को मिथुन कुमार पासवान र  बर्ष २५ को प्रविन पासवानलाई आईतवार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी तरहीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ पैदल आँउदै गरेको अवस्थामा चेकजाँच गर्दा निजहरुलाई प्रहरीले उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।