लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०५-२६
- A
- A-
- A+
१. महोत्तरी,
मटियानी नगरपालिका वडा नं. ९ बौहर्वा चौक स्थितबाट लागू औषध NORPHIN ५०० एम्पुल सहित सोही
स्थान बस्ने वर्ष १९ को अलाउदिन राईनलाई मंलवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको
छ । प्रहरी चौकी पर्सापतैलीबाट खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा अलाउदिन
राईनले बोकेको झोला शंका लागि चेकजाँच गर्दा उक्त लागू औषध सहित निजलाई
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
२. सिरहा,
लहान नगरपालिका १९ कटहा स्थितबाट लागू औषध WIXDIN २० पिस, NITRAVET-
५ पत्तामा १५० पिस, DIZOPAM- ३६ पिस, PHENARGON-३८ पिस, BIUPRONORPHIN- ३७ पिस र लेबल नभएको १ पिस
सहित जिल्ला सिरहा सुखिपुर न.पा. १ शिवनगर बस्ने बर्ष २५ को बिवेक चौधरी र जिल्ला
सप्तरी सुरुङगा न.पा. ४ कदमाहा बस्ने बर्ष २८ को सुरज चौधरीलाई मंगलवार राती
प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी
टोलीले चेक जाँच गर्ने क्रममा छरापट्टीबाट कटहा तर्फ आउँदै गरेको ज १२ प ६८८९ नम्बरको
160 CC को FZ
मोटरसाइकललाई चेक जाँच गर्दा उक्त लागु औषध सहित निजहरुलाई नियन्त्रणमा
लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।